राधा लुइटेल
फिदिम,जेठ १२ गते । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्तालाई नेताको झोला मात्र बोकेर नहिड्न आग्रह गर्नुभएको छ ।
पाँचथरको फालेलुङ–२ पञ्चमुखीमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नभयो, ‘‘तपाई काँग्रेस कार्यकर्ताहरु नेताको झोला मात्रै बोकेर नहिड्नुस्, आ–आफ्ना ठाउँमा सङ्गठन निर्माण र बिस्तार गर्नुस्। तपाईहरुको यथोचित व्यवस्थापनसँगै पालिका, जिल्ला, प्रदेश र केन्द्रमा क्षमता अनुसारको जिम्मेवारी पार्टीले दिनेछ ।’’
पार्टीको कुनै गुट र नेताको पछाडी कुदेर मात्रै ओहदा वा जिम्मेवारीमा पुगिन्छ भन्ने मानसिकता त्योगेर अगाडी बढ्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।