मर्स्याङ्दीबेंसी जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा तालाबन्दी
मर्स्याङ्दी बचाउ अभियानले सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दीबेंसी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ ।
सप्तरीमा १६औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु
सप्तरीको सप्तकोशी नगरपालिकामा १६ औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ ।
पासोमा चितुवा
बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो ।
एमालेमा मन र मत मिलाउने प्रयास
“अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन मिलाउनुस् मन....’’, दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो ।
कङ्गोबाट यस वर्ष झण्डै पाँच लाख मानिस विस्थापित
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्र, दक्षिण किभु प्रान्तमा दुई सातादेखिको तीव्र लडाइँका कारण पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
मोरक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु
मोरक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।
सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिको लोकप्रियतामा वृद्धिः अध्ययन
स्लोभेनियामा करिब एक तिहाइ नागरिकले सामाजिक सञ्जालमा सक्रिय प्रचारात्मक प्रभावशाली व्यक्तिलाई नियमितरूपमा पछ्याउने गरेको पाइएको छ ।
एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ ।
सरकारले राजनीतिक दलसँग घनिष्ठ संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ठ संवाद गर्नुपर्ने बताउनुभएको छ ।
सहिद चोकस्थित कल्भर्टको पुन: निर्माण
गुल्मीको सदरमुकाम तम्घासको निकै व्यस्त देखिने सहिद चोकस्थित कल्भर्टको पुन: निर्माण गर्न थालिएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमबार र हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो ।
बालमन्दिर माविका विद्यार्थीलाई न्यानो पोशाक वितरण
गोरखा नगरपालिका–६ स्थित बालमन्दिर माविका २१० जना विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ ।
कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
सूर्योदय नगरपालिकाका दुई वडा ‘पोषणमैत्री’ घोषणा
इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पुरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो ।
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।
जङ्गली हात्ती गाउँ पसेर उपद्रो मच्चाउँदा...
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् ।
कञ्चनपुर कारागारबाट कैदी भगाउने तीन जना पक्राउ
कञ्चनपुर कारागारबाट कैदी भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् ।
कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान
सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै आएकाले सप्तरीका किसानहरू मारमा परेका हुन् ।
भारतीय तरकारीको भरमा लहान
लहान बजारमा स्थानीय तरकारी उत्पादन नभएका कारण भारतीय तरकारीको भरमा चलेको छ । भारतीय बजारबाट आउने तरकारीको सीमा क्षेत्रमा रहेको ठाडी बजारमा जाँच नहुँदा विषदीयुक्त तरकारी खान उपभोक्ताहरुलाई बाध्यता रहेका छन् ।
हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित
सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ ।
हिमाली पालिका पाँच महिनादेखि अन्धकार
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विगत पाँच महिनादेखि अन्धकार बन्दै गएको छ । २०७८ साल फागुनमा कवाडी लघुजलविद्युत परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा बत्ती बालेको थियो ।
बदाम उत्पादन गर्ने किसानलाई १२ लाख प्रोत्साहन रकम प्रदान
बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो ।