थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय
थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ ।
थाई सेनाको हवाई आक्रमणमा १२ जनाको मृत्यु
थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा प्रभाव पर्नुका साथै १२ जा नागरिकको मृत्यु भएको कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।
घरेलु तथा साना उद्योगमा ४९ करोड ६४ लाख लगानी
दाङमा चालु आर्थिक वर्षको चार महिनामा घरेलु तथा साना उद्योग व्यवसायमा ४९ करोड बढी लगानी गरिएको छ ।
‘अन्तर-जिल्ला मतदानका लागि पहल होस्’
निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।
पाँच मतदान केन्द्र थप, २० अति संवेदनशील
ओखलढुङ्गामा पाँच वटा नयाँ मतदान केन्द्र थपिएका छन् ।
एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै
चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीको लागि अभूतपूर्व सहयोग पुर्याइरहेको छ ।
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की
युक्रेनले पश्चिमा सहयोगीबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारसँगको प्रमुख बैठक अघि व्यक्त गर्नु भएको छ ।
एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
बैतडीमा चितुवा पासोमा फसेको अवस्थामा भेटियो
बैतडी जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडी क्षेत्रमा जंगली जनावरका लागि थापिएको पासोमा चितुवा फसेको अवस्थामा फेला परेको छ ।
प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन
गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद् विघटन भएपछि संसद्का अधिकांश नियमित कामकाज ठप्प छन् ।
एमाले महाधिवेशनको चहलपहल (फोटो फिचर)
नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चहलपहल बढेको छ । उम्मेद्वारहरुले आज ३ः३० बजेसम्म फाराम दर्ता गराउने समय निर्धारण गरिएको छ ।
कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान
नेपाल कुष्ठरोग निवारण सङ्घको ५३ औँ केन्द्रीय सभाको अवसरमा कुष्ठरोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको छ ।
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता साढे ३ बजेसम्म
नेकपा (एमाले) को जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम भर्ने क्रम जारी छ । आज दिउँसो ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय गरिएको छ ।
नेपाली शान्ति सैनिकको अदलीबदली
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् ।
भिमाद नगरपालिकाद्वारा किसानलाई दूधमा प्रति लिटर १० रुपियाँ अनुदान
तनहुँको भिमाद नगरपालिकाले कृषिलाई प्राथमिकतामा राख्दै स्थानीय किसानलाई प्रोत्साहन गर्ने उद्देश्यसहित दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण
सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ ।
शिक्षकलाई आधारभूत प्राथमिक उपचार तालिम
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम दिइएको छ।
स्रोत नखुलेको चार लाखभन्दा बढी रकमसहित एक जना पक्राउ
प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु. एक लाखसहित एक जनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा बालुवा-माटो उत्खनन एवं ढुवानी गर्ने १३ सवारीसाधन नियन्त्रणमा
जेनजी आन्दोलनपछि जिल्लामा नयाँ प्रहरी प्रमुख आएसँगै प्रहरीले बाँकेमा विभिन्न आपराधिक र गैरकानुनी कार्य रोक्न कडाई बढाउँदै लगेको छ।
फोहोर सङ्कलन केन्द्र निर्माण सम्पन्न
मनाङको नासोँ गाउँपालिका–५ थोंचेमा नकुहिने फोहोर व्यवस्थापनका लागि फोहोर सङ्कलन केन्द्र निर्माण कार्य सम्पन्न भएको छ ।
मर्स्याङ्दीबेंसी जलविद्युत् आयोजनाको सम्पर्क कार्यालयमा तालाबन्दी
मर्स्याङ्दी बचाउ अभियानले सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दीबेंसी जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ ।
सप्तरीमा १६औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु
सप्तरीको सप्तकोशी नगरपालिकामा १६ औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ ।