नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
स्वास्थ्यमा समस्या आएपछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उहाँका समर्थकले बताएका छन् ।
एनभिए लिग : न्यु डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा शनिबार भएको फाइनल पुलिसले न्युडायमन्ड स्पोर्ट्स एकेडेमीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
फिल्डबुक अभावले रोकियो लालपुर्जा वितरण
वर्षौंदेखि भूमिहीन रहेका तनहुँका सुकुम्बासी सबै प्रक्रिया पूरा गरेर पनि अन्तिम समयमा लालपुर्जा पाउनबाट वञ्चित भएका छन् ।
मकै गोड्दै किसान
तनहुँको व्यास नगरपालिका–१ स्थित चारकुनेका किसान शनिबार मकै गोड्दै । किसानलाई यति वेला मकै गोड्ने चटारो छ ।
मध्यपूर्वमा अमेरिकी सैन्य साइटमा इरानको व्यापक आक्रमण
अमेरिका र इरानबिच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ ।
बैतडीमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने तयारी तीव्र
बैतडीमा सरकारी तथा सार्वजनिक जग्गामा वर्षौंदेखि हुँदै आएको अतिक्रमण हटाउने तयारी सुरु गरिएको छ ।
सामाजिक सञ्जालमा साइबर सुरक्षा नियम कडाइको असर
अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक सञ्जाल सेवा (फेसबुक, इन्स्टाग्राम लगायत) बन्द गर्न सक्ने चेतावनी दिएको छ । यो विवाद बालबालिकाको मानसिक स्वास्थ्य र सुरक्षासम्बन्धी मुद्दामा भएको कानुनी लडाइँसँग सम्बन्धित छ ।
रुस र इरानबिच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीबिच टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम तथा मध्यपूर्वको समग्र सुरक्षा अवस्थाबारे विचार आदान प्रदान गर्नुभएको छ ।
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो ।
गुल्मीमा १२ सयभन्दा बढीको मतदाता नामावली सङ्कलन
गुल्मीमा गत चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिएको छ।
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा सरकारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ कार्यकारी आदेश जारी गर्नुभएको छ, जसले पहिलेदेखि लागु रहेका प्रतिबन्धलाई अझ विस्तार र कडाइका साथ लागु गर्ने संकेत दिएको छ ।
व्यास नगरपालिकामा हप्ताको छ दिन नै विद्यालय सञ्चालन हुने
तनहुँको व्यास नगरपालिकाले सङ्घीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि आफ्नो क्षेत्रभित्रका विद्यालय आइतबार पनि सञ्चालन गर्न आग्रह गरेको छ ।
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट सैनिक फिर्ता
अमेरिकी रक्षा मन्त्रालयले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक फिर्ता गर्ने योजना बनाएको छ, जसले अमेरिका-युरोप सम्बन्धमा नयाँ तनावको सङ्केत गरेको छ ।
रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही वैशाख १७ गते रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका-जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी ज्यान गुमाउनु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
असहाय बालबालिकालाई सहयोग सामग्री वितरण
२५७०औँ बुद्ध जयन्तीको अवसरमा कपिलवस्तुस्थित एक बालगृहमा आश्रित बालबालिकालाई सहयोग सामग्री वितरण तथा भोजन कार्यक्रम आयोजना गरिएको छ ।
पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ
स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ ।
गुल्मीको पर्यटन झल्काउने २० उत्कृष्ट फोटो प्रदर्शनीमा
पाँचौँ गुल्मी महोत्सवमा जिल्लाको पहिचान झल्काउने धार्मिक तथा पर्यटकीय क्षेत्रका २० उत्कृष्ट फोटो प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा राखिएका फोटोहरू दर्शकले रुचिका साथ अवलोकन गर्नुका साथै खिचेर समेत हेर्ने गरेका छन् ।
उदयपुरमा खयर तस्करीको आरोप, अख्तियारले अनुसन्धान गर्दै
उदयपुर जिल्लाको सामुदायिक र निजी वन क्षेत्रबाट व्यापक रुपमा खयरको अवैध कटान, ओसारपसार र बिक्री–वितरण संगठित रूपमा भइरहेको आरोप सार्वजनिक भएको छ ।
जुम्लामा घरेलु–यौनजन्य हिंसा बढ्दै : मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोग, जुम्लाले जिल्लामा घरेलु तथा यौनजन्य हिंसा डरलाग्दो रूपमा बढ्दै गएको जनाएको छ ।
स्वर्गद्वारीमा १३० वर्षदेखि निरन्तर अखण्ड यज्ञ
स्वर्गद्वारीमा सुरु गरिएको अखण्ड यज्ञ १३० वर्षदेखि निरन्तर प्रज्वलित रहँदै आएको छ । बाल तपस्वी नारायण गौतमले वि.सं १९५२ साल वैशाख शुक्ल पूर्णिमाका दिन वेदमन्त्रद्वारा यज्ञ स्थापना गर्नुभएको हो ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सल्यानका तीन गाउँमा विद्युत् सेवा विस्तार
सल्यानमा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म चार हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ ।
अतिक्रमित जग्गा सात दिनभित्र खाली गर्न निर्देशन
सरकारले देशभर सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियान तीव्र पारेसँगै बाँकेको नरैनापुर गाउँपालिकाले पनि अतिक्रमणविरुद्ध कडा कदम अघि बढाएको छ ।