यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
नाली अतिक्रमण गरी बनाएका अस्थायी संरचना हटाइयो
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सडकको नालीमाथि अनाधिकृत रूपमा निर्माण गरिएका अस्थायी पुल र स्ल्याबहरू अधिकांश स्थानमा हटाइएका छन् । नगरपालिकाले यही वैशाख १५ गते सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र त्यस्ता संरचना हटाउन आग्रह गरेपछि स्थानीयवासी आफैँले ती संरचना हटाएका हुन् ।
कोहलपुर गोल्डकपः आयोजक रेसिङ साहारा विजयी
बाँकेको कोहलपुर २ स्थित तेह्र बिघा खेल मैदानमा आजदेखि सुरु भएको ‘कोहलपुर गोल्डकप’को चौथो संस्करणको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब टविजयी भएको छ ।
उभौलीको अवसरमा पालिका स्तरीय साकेला नृत्य प्रतियोगिता
उभौली पर्वको अवसर पारेर पाँचथरको फिदिम नगरपालिकामा आयोजना गरिएको पालिका स्तरीय आमन्त्रित साकेला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा
जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताउनुभएको छ।
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् ।
पाकिस्तानमा बुद्ध जयन्तीः साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड
बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीङ्का, म्यान्मा र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार विविध कार्यक्रम आयोजना गरेको छ ।
प्रहरी कार्यालय सल्यानको परिसरमा फेला परेका ८६ बम सेनाद्वारा निष्क्रिय
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका ८६ वटा बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
डिलाशैनी गाउँपालिकाको लोडरमा नक्कली नम्बर प्लेट, प्रयोगमा रोक
बैतडीको डिलाशैनी गाउँपालिकाले प्रयोग गर्दै आएको लोडरमा राखिएको नम्बर प्लेट दर्ता नभएको खुलेपछि उक्त मेसिनको प्रयोग तत्कालका लागि रोकिएको छ ।
धरानमा साकेला उँभौलीको अवसरमा शिली प्रदर्शनी
धरान उपमहानगरपालिकामा किराँत समुदायको महान् चाड साकेला उँभौली २०८३ (येले संवत् ५०८६) को अवसरमा साकेला शिली प्रदर्शनी गरिएको छ ।
गुल्मी महोत्सवमा गुल्मीदरबारको ‘अर्गानिक मह’को आकर्षण
गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवमा स्थानीय कृषिजन्य उत्पादनहरूले विशेष प्राथमिकता पाएका छन्।
लुम्बिनी प्रदेशको पहाडी भूभागमा मेघगर्जनसहित राति वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
राजन र सुनमायालाई चाँगुनारायण ट्रेल रन उपाधि
नेपाल आर्मीका राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनको उपाधि जित्नुभएको छ । खुला ३६ किलोमिटर दूरीको पुरुषमा राजन र महिलामा सुनमाया पहिलो हुनुभयो ।
हाइसको ठक्करबाट एक बालिकाको मृत्यु
बर्दियामा हाइस गाडीको ठक्करबाट आठ वर्षिय बालिकाको मृत्यु भएको छ ।
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
खार्पुनाथ गाउँपालिका-४ का वडा सदस्य ६३ वर्षीय मक्क बहादुर रोकाया भरुवा बन्दुक सहित पक्राउ पर्नु भएको छ ।
कलाकार रीता खनालको “क्रोसेट एण्ड निटिङ” कला प्रदर्शनी
अरुपण आर्ट ग्यालरीमा कलाकार रीता खनालको “क्रोसेट एण्ड निटिङ” कला प्रदर्शनी सञ्चालन भइरहेको छ । प्रदर्शनीमा कलाकार रीता खनालले आफ्नो मनका भावलाई सिर्जनात्मक लयमा कुरुस र विभिन्न रङ्गका उनका धागोबाट बुन्नुभएका कलात्मक सामाग्री प्रदर्शनीमा राखिएका छन् ।
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
पाकिस्तानमा वस्तु तथा सेवाको मूल्यमा भएको वृद्धि अर्थात् मुद्रास्फीति अप्रिल महिनामा उल्लेखनीयरूपमा बढेको छ । वार्षिकरूपमा हेर्दा मुद्रास्फीति दर १०.९ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना मार्चमा रहेको ७.३ प्रतिशतको तुलनामा धेरै उच्च हो ।
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ ।
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
स्वास्थ्यमा समस्या आएपछि इरानका नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीलाई उपचारको लागि इरानको अस्पतालमा भर्ना गरिएको उहाँका समर्थकले बताएका छन् ।
एनभिए लिग : न्यु डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा शनिबार भएको फाइनल पुलिसले न्युडायमन्ड स्पोर्ट्स एकेडेमीलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
ट्राफिक कारबाहीबाट आठ लाख ५८ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा एक हजार ७२० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
फिल्डबुक अभावले रोकियो लालपुर्जा वितरण
वर्षौंदेखि भूमिहीन रहेका तनहुँका सुकुम्बासी सबै प्रक्रिया पूरा गरेर पनि अन्तिम समयमा लालपुर्जा पाउनबाट वञ्चित भएका छन् ।
मकै गोड्दै किसान
तनहुँको व्यास नगरपालिका–१ स्थित चारकुनेका किसान शनिबार मकै गोड्दै । किसानलाई यति वेला मकै गोड्ने चटारो छ ।