स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण
स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।
चार लेनको मादी पुल अन्तिम चरणमा
मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री
यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो ।
ईश्वरपुर १२ बालविवाहमुक्त वडा
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त र सतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।
प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट : विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला
लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।
कोशी प्रदेश सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन
कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपयोग गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या वृद्धि हुन नसकेको हो ।
एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ ।
एमाले ११ औं महाधिवेशनः गुल्मीबाट आठ जनाको उम्मेदवारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनमा गुल्मी जिल्लाबाट आठ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिनुभएको छ। उपाध्यक्ष पदका लागि गोकर्ण बिष्टले उम्मेदवारी दर्ता गराउनुभएको हो।
मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा
यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।
बजार अनुमन : म्याद गुज्रेका सामानमाथि निगरानी
जुम्लाको तातोपानी गाउँपालिका–२ र ३ का ग्रामीण बजारमा अनुगमन गरिएको छ । तातोपानी–२ को जर्मी गाउँ रहेको बजार र वडा नम्बर ३ को लिताकोट बजारमा सोमबार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा बजार अनुगमन
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरको छ ।
महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत
दस करोडको कोष बनाउने उद्देश्यले सञ्चालित महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत भएको छ ।
उपल्लो मुस्ताङमा वन्यजन्तुबाट भएको क्षतिबापत १५ लाख राहत वितरण
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बन्यजन्तुपीडित कृषकलाई आर्थिक सहायता प्रदान गरिएको छ ।
एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
आँधीखोला गाउँपालिका–३ को नमुना क्लब पाख्रीबोटले न्यानो कपडा वितरण गरेको छ ।
बालमैत्री नयाँगाउँ पूर्ण सरसरफाइयुक्त वडा घोषणा
गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँ बालमैत्री स्थानीय शासनयुक्त र पूर्ण सरसफाइयुक्त वडा घोषणा भएको छ । गत असारमा गुल्मीकै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो ।
मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा सुमिता चौधरी निर्वाचित
मुक्त कम्लहरी विकास मञ्चको केन्द्रीय अध्यक्षमा बाँकेकी सुमिता चौधरी निर्वाचित हुनुभएको छ । सोमबार रातिसम्म सम्पन्न मतदानमा सुमिताले २०९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
चन्द्रकोटमा सातौं राष्ट्रपति रनिङ शिल्ड हुने
गुल्मीको चन्द्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि पुस ८ र ९ गते चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालय र चक्रेश्वर इङ्गलिश बोर्डिङ्ग स्कुलमा प्रतियोगिता सञ्चालन गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माले जानकारी दिनुभयो ।
औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुनेगरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ ।
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि परेका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।
जनजाति प्रतिष्ठानको सञ्चालक परिषद् बैठक सम्पन्न
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २६ औँ सञ्चालक परिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानको अध्यक्ष सुशीला कार्कीले उदघाटन गर्नुभएको बैठक आज सम्पन्न भएको हो । बैठकले प्रतिष्ठानको महत्वपूर्ण नीति, कार्यक्रमबारे निर्णय गरेको छ।
कतार र नेपालबीचको सम्बन्ध सुमधुर
उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।
आगलागीबाट ५० बिघाभन्दा बढीको उखु जल्यो
सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।