विमानस्थलबाट स्रोत नखुलेको २७ लाख नगद बरामद
विराटनगर विमानस्थलमा स्रोत नखुलेको अवैध रकम ओसारपसार गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाएसँगै पक्राउ पर्नेको संख्या बढ्न थालेको छ ।
भारतद्वारा नेपाल–भारत मैत्रीद्वार निर्माण
बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ ।
मुस्ताङको थासाङमा थपिए पाँच नयाँ चौरी गोठ
मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचेका सुवास थकालीले ब्यवसायी रूपमा याक नाक (चौरी) पालन सुरू गर्नुभएको छ । चौरीपालनका लागि राम्रो सम्भावना देखेर थकालीले मार्फाबाट एकै पटक खरिद ९० याकचौरी खरिद गर्नुभएको हो ।
भालुको आक्रमणले २६ बाख्रा मरे
तुलसीपुर उपमहानगरपालिका वडा ३ राम्रीमा भालुको आक्रमणबाट २६ वटा खसी,बाख्रा मरेका छन् । २०८२ माघदेखि हालसम्म भालुको आक्रमणबाट राम्री एउटै गाउँका चार जना किसानका २६ वटा बाख्रा मरेका हुन् ।
ताप्लेजुङको सुपर काबेली जलविद्युत् आयोजनाको सेयर निष्कासन तयारी पूरा
ताप्लेजुङस्थित ‘सुपर काबेली खोला–ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक स्नो रिभर्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि सात लाख कित्ताभन्दा बढी सेयर निष्कासन गर्न लागेको हो ।
आवासीय बनेपछि कालिका विद्यालयमा विद्यार्थीको आकर्षण
खोटाङको रावा बेसी गाउँपालिका–१, दम्सुस्थित कालिका आधारभूत विद्यालयलाई आवासीय बनाएपछि विद्यार्थी सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन
स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।
सप्तरीमा सालको गोलिया सहित ट्याक्टर नियन्त्रणमा
सप्तरी प्रहरीले सालको काठ (गोलिया)सहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
चितवन निकुञ्जमा बाघ मृत फेला
चितवन राष्ट्रिय निकुञ्जको भिम्ले पोस्ट नजिकै एक बाघ मृत फेला परेको छ । पश्चिम चितवनको मेघौली नजिकै पर्ने निकुञ्जको कोर इलाकामा करिब दुई वर्षको भाले बाघ मृत भेटिएको हो ।
ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित
बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् ।
३१ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई तिब्र बनाएको छ । अभियान अन्तर्गत पछिल्लो ७ दिनमा विभिन्न मुद्दामा फरार रहेका ३१ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी चेक अनादर मुद्दाका १३ जना रहेका छन् । कुटपिट मुद्दाका ५ जना छन् ।
सार्वजनिक बिदामा पनि प्रशासनिक सेवा
जिल्ला प्रशासन कार्यालय लमजुङले सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रवाह गर्ने भएको छ । नेपाल सरकारको निर्णयअनुसार आर्थिक वर्ष २०८३–८४ भित्रका विभिन्न पर्व तथा दिवसका अवसरमा कार्यालयले नियमित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
तनहुँको रुम्सी गाउँ
तनहुँको व्यास नगरपलिका–१४स्थित रुम्सी गाउँ । यो गाउँ घरवासका लगि प्रसिद्ध छ । यहाँ रहेका करिव १२० घर मध्ये ८० घरमा घरवास ९होमस्टे० सञ्चालनमा रहेको छ ।
तेक्वान्दो संघ गण्डकी अध्यक्षमा गुरुङ
गण्डकी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा जगनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पोखरामा आइतबार भएको संघको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पूनः गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
थाहा नगरपालिकामा सोमबार सार्वजनिक बिदा
मकवानपुरको थाहा नगरपालिकामा यही वैशाख २१ गते सोमबार सार्वजनिक बिदा हुने भएको छ । थाहा नगरपालिकाको कार्यपालिका बैठकले बज्रवाराही (अजिमा) तीन वर्षे जात्राको अवसरमा बिदा दिने निर्णय गरेको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सूचना जारी गर्दै ऐतिहासिक वज्रवाराही तीन वर्षे जात्राका अवसरमा थाहा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनुभयो । थाहा नगरपालिकाले सांस्कृतिक पर्व मेला संरक्षणका लागि जात्रा पर्वका अवसरमा बिदा दिँदै आएको छ ।
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५५, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।
पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका–८ भ¥याङडाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
नाली अतिक्रमण गरी बनाएका अस्थायी संरचना हटाइयो
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा सडकको नालीमाथि अनाधिकृत रूपमा निर्माण गरिएका अस्थायी पुल र स्ल्याबहरू अधिकांश स्थानमा हटाइएका छन् । नगरपालिकाले यही वैशाख १५ गते सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र त्यस्ता संरचना हटाउन आग्रह गरेपछि स्थानीयवासी आफैँले ती संरचना हटाएका हुन् ।
कोहलपुर गोल्डकपः आयोजक रेसिङ साहारा विजयी
बाँकेको कोहलपुर २ स्थित तेह्र बिघा खेल मैदानमा आजदेखि सुरु भएको ‘कोहलपुर गोल्डकप’को चौथो संस्करणको उद्घाटन खेलमा आयोजक रेसिङ साहारा क्लब टविजयी भएको छ ।
उभौलीको अवसरमा पालिका स्तरीय साकेला नृत्य प्रतियोगिता
उभौली पर्वको अवसर पारेर पाँचथरको फिदिम नगरपालिकामा आयोजना गरिएको पालिका स्तरीय आमन्त्रित साकेला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा
जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताउनुभएको छ।
रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न
जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा पुनःनिर्माण भएका छन् ।
पाकिस्तानमा बुद्ध जयन्तीः साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड
बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीङ्का, म्यान्मा र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार विविध कार्यक्रम आयोजना गरेको छ ।