किसानलाई अनुदानमा गहुँको बीउ
मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ ।
जिप्रकामा अब ‘स्वयंसेवक कार्यालय व्यवस्थापन’ को अवधारणा
पश्चिम नवलपरासी जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सुविधा र सुशासन प्रवर्धनका लागि अब ‘स्वयंसेवक कार्यालय व्यवस्थापन’ को अवधारणा लागू गर्ने तयारी गरेको छ ।
धानको समर्थन मूल्य नपाएपछि किसानले अझै गरेनन दाउनी
गत वर्षको मङ्सिर दोस्रो साता किसानले प्रति क्विन्टल तीन हजार सात सय पचास रुपियाँमा बिक्री गरेको मध्यम जातको धान यो वर्ष कम उत्पादन हुँदा पनि तीन हजार २५० भन्दा बिक्री भएको छैन ।
दशगजाबाट २० लाखको अवैध कफी बरामद
सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमा क्षेत्रबाट २० लाख बराबरको कफीका दाना बरामद गरेको छ ।
निर्णायक घडीमा शङ्कर पोखरेलको सन्देश : ‘हामी जुट्यौँ, हामी जित्छौँ’
नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम घडीमा पार्टीका वैचारिक, कुशल सङ्गठक महासचिवका उम्मेदवार शङ्कर पोखरेलले उत्साह र अर्थपूर्ण सन्देश सार्वजनिक गर्नुभएको छ ।
मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण
बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् ।
गोरखापत्रकर्मी खत्री सम्मानित
गोरखापत्र दैनिकका सर्लाही समाचारदाता जनार्जन खत्री सम्मानित हुनुभएको छ । खत्री ईश्वपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त तथा शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा समारोहमा सोमबार सम्मानित हुनुभएको हो ।
बाह्रै महिना घुम्न सकिने गन्तव्यका रूपमा विकास हुँदै मनाङ
चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मनाङमा मङ्सिर महिनामा जाडो र चिसो मौसमका बाबजुद उल्लेख्य सङ्ख्यामा पर्यटकको आगमन भएको छ ।
दाङमा एम्बुलेन्स भाडादर निर्धारण
दाङमा एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो ।
छेडागाडका २ वडा बालमैत्री वडा घोषणा
जाजरकोटको छेडागाड नगरपालिकामा २ वटा वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । सरकारले बालमैत्रि वडा घोषणका लागि निर्धारण गरेका सवै सूचकहरु पूरा भएपछि विशेष सभाको आयोजना गरेर छेडागाड नगरपालिकाका वडा नं १२ र १३ लाइ बालमैत्री वडा घोषणा गरिएको हो ।
पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’
नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ ।
स्थानीयको पहलमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण
स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।
चार लेनको मादी पुल अन्तिम चरणमा
मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री
यहाँको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो ।
ईश्वरपुर १२ बालविवाहमुक्त वडा
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानलाई बालविवाहमुक्त र सतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।
प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसनमा लाभकर छुट : विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने बाटो खुला
लहान नगरपालिका–३ स्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा ‘रजिस्ट्रेसन’का लागि लाग्ने लाभकर सरकारले मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले करिब रु एक करोड ३४ लाख ९५ हजारबराबरको लाभकर छुट दिने निर्णय गरेको हो ।
कोशी प्रदेश सुरक्षित गर्भपतन सेवाः सेवा छ, जानकारी छैन
कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपयोग गर्नेको सङ्ख्या वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्याङ्कका अनुसार निः शुल्क सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या वृद्धि हुन नसकेको हो ।
एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ ।
एमाले ११ औं महाधिवेशनः गुल्मीबाट आठ जनाको उम्मेदवारी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनमा गुल्मी जिल्लाबाट आठ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिनुभएको छ। उपाध्यक्ष पदका लागि गोकर्ण बिष्टले उम्मेदवारी दर्ता गराउनुभएको हो।
मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा
यहाँको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै ओझेल परेको छ ।
बजार अनुमन : म्याद गुज्रेका सामानमाथि निगरानी
जुम्लाको तातोपानी गाउँपालिका–२ र ३ का ग्रामीण बजारमा अनुगमन गरिएको छ । तातोपानी–२ को जर्मी गाउँ रहेको बजार र वडा नम्बर ३ को लिताकोट बजारमा सोमबार अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा बजार अनुगमन
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ बजारका विभिन्न पसल तथा उद्योगहरुको अनुमगन गरको छ ।
महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत
दस करोडको कोष बनाउने उद्देश्यले सञ्चालित महायज्ञबाट मानवसेवा आश्रमलाई आठ करोडभन्दा बढी बचत भएको छ ।
उपल्लो मुस्ताङमा वन्यजन्तुबाट भएको क्षतिबापत १५ लाख राहत वितरण
उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बन्यजन्तुपीडित कृषकलाई आर्थिक सहायता प्रदान गरिएको छ ।