नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
वडा कार्यालयमा बोलाएर सामूहिक आक्रमण
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ ।
सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गरिने
मन्त्रिपरिषद बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । सिंहदरवारमा आज दिउँसो बसेको बैठकले सो निर्णय गर्दै सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
र्यापिड तथा ब्लिट्ज राष्ट्रिय बुद्धिचालको तयारी पूरा
रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ ।
मन्त्रिपरिषद बैठक जारी, महत्त्वपूर्ण निर्णय हुने विश्वास
मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
निर्माणमा सामग्रीको लागत ह्वात्तै बढ्दा व्यवसायी चिन्तित
इन्धनजन्य सामग्रीमा भएको अत्याधिक तथा अप्रत्याशित मूल्यवृद्धिका कारण पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्रीको लागत ह्वात्तै बढ्दै गएको भन्दै सल्यानमा निर्माण व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
गलकोटबाटै स्थायी लेखा नम्बर प्राप्त हुँदा स्थानीय खुसी
बागलुङको गलकोट नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर वितरणको काम सुरु भएपछि सेवाग्राहीलाई बागलुङ पुग्नु पर्ने झन्झट हटेको छ।
मध्य पृतनापति ट्रफी सुरु
हेटौँडामा सोमबारदेखि मध्य पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०८३ सुरु भएको छ ।
धनगढीको टोली अपी बेस क्याम्पको पदयात्रामा
कैलालीमा रहेको धनगढी उपमहानगरपालिकाको ३० सदस्यीय टोली दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको पदयात्रामा निस्केको छ ।
राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास
राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्नु भएको छ ।
एसियन बिच कबड्डीमा नेपाललाई कांस्य
चीनको सान्यामा जारी छैटौँ एसियन बिच गेम्स–२०२६ अन्तर्गत महिला बिच कबड्डीमा नेपालले कांस्य पदक जितेको छ ।
‘खोज र खोप’ अभियान
सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ ।
नेपाल कबड्डी लिग : ६ टिमले लिए ८४ खेलाडी
नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ का लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत ८४ खेलाडी अनुबन्ध गरेका छन् ।
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।
राष्ट्रपति पौडेल गृह जिल्ला तनहुँमा
राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो गृह जिल्ला तनहुँ आई पुग्नुभएको छ ।
बलात्कारको आरोपमा युवक पक्राउ
युवतीलाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
टी–२० च्यालेन्ज कप : नेपाल अमेरिकासँग पुन: पराजित
रुवान्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा आइतबार राति सम्पन्न खेलमा नेपाल अमेरिकासँग सात विकेटले पराजित भयो ।
नेपालगन्जमा सडक खाना महोत्सव सफल, ३५ हजारले गरे अवलोकन
पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको सडक खाना महोत्सव अत्यधिक सफल भएको आयोजकले जनाएका छन् ।
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठुला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ ।
सप्तरीमा आगलागीबाट सात लाखभन्दा बढीको क्षति
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित एक घरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति भएको छ ।
स्वर्गद्वारी नगरपालिकामा सिविआर कार्यक्रम सञ्चालन
जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना (सिविआर) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
तरकारीले पाएन मूल्य
जिल्लामा व्यावसायिक रूपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
सप्तरीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी हवलदारको मृत्यु भएको छ ।
जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० मोबाइल बरामद
कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ ।