श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु
श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालय मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले बताउनु भएको छ ।
विजय दिवस मनाउन भारत-बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान
भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा विजय दिवस समारोहलाई विशेष बनाउँदै हरेक वर्ष एक अर्काका युद्धका दिग्गज तथा सेवारत अधिकारीलाई सहभागिताका लागि आमन्त्रण गर्ने परम्परा कायम राख्दै आएका छन् ।
एमाले महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता (फोटो फिचर)
नेकपा (एमाले) को महाधिवेशनस्थल भृकुटीमण्डपमा चुनावी चहल पहल बढिरहेको छ।
रुखबाट लडेर एकको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका वडा ७ मा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेस वेमा मङ्गलबार बाक्लो कुहिरोको बिचमा सात वटा बस एक अर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।
ट्रम्पपछि इयुको नयाँ यथार्थ
सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसा योग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाट युरोपेली सङ्घ (इयु)को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यमाथि दबाब बढ्दै गएको छ ।
ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ ।
गड्यौला मल पुर्याउनै मुस्किल
तुलसीपुर उपमहानगरपालिका वडा ३ भट्टेका किसान कृषक कर्णबहादुर वलीलाई गड्यौला मल पुर्याउनै मुस्किल परेको छ ।
कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी
नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महिला क्रिकेट टोलीको प्रशिक्षकमा पाठक
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्शल जयन्त पाठक नियुक्त हुनुभएको छ ।
अस्पतालको भवन निर्माणमा ढिलाइ
जिल्ला सदरमुकाम खलङ्गास्थित गल्फैमा रहेको जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन भवनको निर्माण कार्यमा ढिलाइ भएपछि बिरामीलाई सेवा दिन समस्या भएको छ ।
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
राजपुर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन
रौतहटको राजपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको सोमबार नगर प्रमुख डा. राजिक आलमले उद्घाटन गर्नुभयाे ।
कञ्चनपुरमा भूमि नाप जाँचको काम सुरु
भूमि समस्या समाधान आयोग जिल्ला समिति, कञ्चनपुरले भूमि नाप जाँचको काम अगाडी बढाएको छ ।
प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशन हुने खुल्यो बाटो
लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशन हुनेबाटो खुलेको छ । दुई वर्षदेखि रजिष्ट्रेशनका लागि लाग्ने एक करोडभन्दा बढीको लाभकर नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयले छुट गरेपछि रजिष्ट्रेशनको बाटो खुलेको हो ।
सप्तरीमा बसभित्रै सहचालकको मृत्यु
सप्तरीमा बसभित्रै सह चालकको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर १५ घर भएका ५५ वर्षीय विश्वनाथ प्रसाद देव प्र.१–०२–००२ ख ०६५९ नम्बरको बसमा मृत भेटनु भएको हो ।
कांग्रेस जुम्लाबाट प्रतिनिधिसभा प्रत्यक्षमा चार जनाको नाम सिफारिस
नेपाली कांग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनका लागि प्रतिनिधिसभा उम्मेदवारका लागि चार जना नेताको नाम सिफारिस गरेको छ ।
शीतल लिम्बूलाई मिसेस नेपाल आइडल २०२५
यो पटकको मिसेस नेपाल आइडल २०२५ को ताज शितल याक्सो लिम्बूले पहिरिन सफल हुनुभएको छ । सोमबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रमका निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै उहाँले ताज चुम्न सफल हुनुभएको हो ।
जनताको हकहितमा ध्यान केन्द्रित : नगर प्रमुख डा. आलम
रौतहटको राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजिक आलमले आफु यस नगरपालिकाका ५४ हजार जनताको भावना, इच्छा, आकाङ्क्षा अनुसार विकास निर्माणलाई अघि बढाएको बताउनुभएको छ ।
सामुदायिक वनद्वारा ४५ परिवारलाई काठको खाट प्रदान
चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ ।
हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ ।
काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल
महाकाव्यकार डा नवराज लम्सालको महाकाव्य ‘कल्प’केन्द्रित प्रस्तुति ‘काव्य साँझः कल्प’ सम्पन्न भएको छ ।
महिलाको जीवनशैलीमा परिवर्तन : समूह गतिविधिले निर्माण गर्यो सफलताको नयाँ मोड
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ का महिलाहरु, जो कहिल्यै चुल्होचौकाबाट बाहिर आउन सक्दैनथे, अहिले विकासदेखि आयआर्जनसम्मका काममा नेतृत्व भूमिकामा देखिन थालेका छन् ।
किसानलाई अनुदानमा गहुँको बीउ
मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ ।