बेपत्ता युवक एक सातापछि मृत फेला
एक साता पहिले बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका–२ का ३० वर्षीय गब्बु सुनार मंगलबार दिउँसो वडा नम्बर १ स्थित मलेरिया नालामा मृत फेला परेका हुन्।
सरकार र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता
सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भएको हो।
सहकारीको बचत फिर्ता माग गर्दै आमरण अनशन
नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै सहकारी पीडितले आमरण र रिले अनशन सुरु गरेका छन् ।
रानी जमरा कुलरियामा बनेको जलविद्युतको स्थानीयले शेयर पाउँछन्ः मन्त्री घिसिङ
ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित चार दशमलव ७१ मेगावाट जलविद्युत आयोजनाको शेयर स्थानीयले पाउने बताउनुभएको छ।
गाँजासहित भारतीय नागरिक पक्राउ
नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अन्तरराष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाइँदै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबारदेखि सप्ताहव्यापी रूपमा अन्तराष्ट्रिय आप्रवासन दिवस मनाउन सुरु गरेको छ ।
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
ललितपुर महानगरपालिका–८ की सुरम्य शाकयले पाँचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्स गल्र्समा मङ्गलबार स्वर्ण जित्नुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
मनोरञ्जन क्षेत्रमा ५६ प्रतिशत १८ वर्ष मुनिका बालबालिका
शुभ अवसर ग्रामले मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकबारे आर्थिक वर्ष २०८१/०८२ गरेको अध्ययनले ५६ प्रतिशत श्रमिक १८ वर्ष मुनिका बालबालिका रहेको देखिएको छ ।
पाँच फर्मलाई जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुमगनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलगत निरीक्षण गरेको थियो ।
‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी होइन, यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताउनुभएको छ ।
बकैयामा ट्याक्टर दुर्घटनाः द्रुतमार्गमा काम गर्ने तीन जनाको मृत्यु, १९ जना घाइते
मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अधेरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र १९ जना घाइते भएका छन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुखविरुद्ध दुई करोड ५० लाखको भ्रष्टाचार मुद्दा
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ ।
कुहिरोले ढाकेको अरुण उपत्यका
भोजपुरको षडानन्द नगरपालिका–१२बाट मङ्गलबार बिहान देखिएको कुहिरोले ढाकेको सङ्खुवासभाको तुम्लिङटार विमानस्थल , अरुण उपत्यका र पृष्ठभूमिमा मकालु हिमाल ।
लालबन्दीका विद्यार्थीलाई सनफ्लावर एकेडेमीको न्यानो कपडा
काठमाडौँँको तारकेश्वर–६ स्थित सनफ्लावर एकेडेमीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित नारायण जनता माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ।
मन्त्रिपरिषद् बैठकका ११ निर्णय
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
रेडपाण्डा म्याराथन : पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलालाई उपाधि
दुर्लभ वन्य जन्तु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले इलाममा आयोजित इलाम–सन्दकपुर रेडपाण्डा म्याराथनको प्रथम पुरस्कार गजेन्द्र राईले हात पार्नुभएको छ।
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को बिन्दुमा कायम भएको छ ।
पोखरा सडक महोत्सव टोली चितवनमा
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेक साइटमा गरिँदै आएको पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्न महोत्सव टोली मंगलबार चितवन आइपुगेको छ ।
नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा
नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राष्ट्रपतिको राजनीतिक विज्ञ थापाको राजीनामा
राष्ट्रपतिका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले पदबाट राजीनामा दिनुभएको छ ।
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
गत हप्ता, सीमा प्रहरी र सैनिकले अवैध प्यालेस्टिनी बासिन्दा पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेको प्रयास रोक्न देशका विभिन्न क्षेत्रमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दालाई पक्राउ गरेको जनाइएको छ ।