कोरला नाकामा खानेपानी अभाव, सीमापारिबाट निर्भरता
उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा व्यवसाय गर्दै आएका स्थानीयले गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री नम्डु गुरुङसमक्ष खानेपानीसमेत सीमापारिबाट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
बुटवलमा सरकारी जग्गा खाली गराउन सुरु, बस्ती हटाइँदै
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले घर–टहरा तत्काल हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ संरचना हटाउन सुरु गरेका छन् ।
गुल्मीको ग्वादीकाचौरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै
गुल्मीको मुसिकोट नगरपालिका–४, ग्वादीकाचौरमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
नवलपरासीका सबै स्थानीय तहमा भोलिबाट पठनपाठन सुरु गर्ने निर्णय
सङ्घीय सरकारको परिपत्र विपरित पश्चिम नवलपरासीका स्थानीय तहहरूले भोलि (वैशाख १४ गते)देखि विद्यालयहरूमा पठनपाठन सुरु गर्ने भएका छन् ।
नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनु आवश्यक : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
डोजर दुर्घटनामा एक जना बेपत्ता
बाजुरा र कालीकोट जिल्लाको सिमानास्थित लैफुडाँडाको भिरबाट डोजर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।
मालपोत कार्यालय ताप्लेजुङबाट साढे दुई करोड बढी राजस्व उठ्यो
मालपोत कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षभन्दा साढे ३८ लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ मा ३८ लाख ६७ हजार १३७ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।
ट्रम्प कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएको छ ।
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
काठमाडौँका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती हटाउने अभियान तीव्र बनाइएको छ । अभियानका क्रममा शनिबार काठमाडौँ महानगरपालिकाअन्तर्गत तीन स्थानका बस्ती खाली गरिएका छन् ।
मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
सुनचाँदीको मूल्य बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९९५ कायम भएको छ ।
अपराधका घटना बढ्दै, दोषी उम्कँदै
गत वर्ष फागुन १३ गते गैँडाकोट–२, शान्तिनगरमा डेरा गरी बसिरहेकी गुल्मीको मुसिकोट–९ की २४ वर्षीया बबिता सापकोटाको धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या भयो ।
जोगबुडामा झाडापखालाले बालकको मृत्यु, तीन जना अस्पतालमा
जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्र अन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ ।
बाढीले बिपी राजमार्ग अवरुद्ध, यात्रु उद्धार जारी
शनिबार दिउँसोदेखि परेको लगातार वर्षाका कारण सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी पहाडी तथा तराईका जिल्लासँग जोड्ने बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्रिवेणी–बुढीगङ्गा क्षेत्रमा नेटवर्क समस्या, स्थानीयलाई सास्ती
जिल्लाको तल्लो क्षेत्र त्रिवेणी र बुढीगङ्गाका बासिन्दाले लामो समयदेखि नेटवर्क समस्याको सामना गर्दै आएका छन् । नेटवर्क सहज बनाउन नेपाल टेलिकमले तोली र बानेगाउँको माथिल्लो डाँडामा टावर निर्माण गरे पनि स्थानीयले अझै पनि प्रभावकारी सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
चौथो बुट्टाबारी गोल्डकपको उपाधि आयोजक बुट्टाबारी युनाइटेडलाई
झापाको बिर्तामोडमा जारी चौथो बुट्टाबारी गोल्डकपको उपाधि आयोजक बुट्टाबारी युनाइटेडले जितेको छ । घरेलु मैदान र दर्शकको साथ पाएको आयोजकले धरानस्थित फेयर क्लबविरुद्ध शनिबार भएको फाइनल खेलमा २–१ गोल अन्तरको कठिन जित निकाल्दै उपाधि रक्षा गरेको हो ।
पत्रकार महासंघ मकवानपुरको साधारणसभा जेठ ९ गते
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १९ औँ साधारणसभा आगामी जेठ ९ गते हुने भएको छ । महासंघ मकवानपुरको शनिबार बसेको कार्यसमिति बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।
इन्धनको मूल्यवृद्धिका कारण देवघाटको विराट महायज्ञ स्थगित
इन्धनको मूल्यवृद्धिका कारण तनहुँको देवघाटधाममा हुने महायज्ञ नै स्थगित गरिएको छ । देवघाट गाउँपालिका–५ स्थित भर्जन कालिका मन्दिरमा यही वैशाख २१ गतेदेखि आयोजना गर्ने भनिएको ‘बृहत देवीभागवत विराट ज्ञान महायज्ञ’ स्थगित गरिएको हो ।
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित एक जना किशोरलाई पक्राउ गरिएको छ ।
पुर्चौंडी प्रशासन कार्यालयमा प्रमुख, सेवा सुचारु हुने अपेक्षा
जिल्लाको पुर्चौंडीमा रहेको इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुखको अभाव अन्त्य भएको छ । लामो समयदेखि प्रमुखविहीन अवस्थामा रहेको उक्त कार्यालयमा उत्तमबहादुर विष्टलाई प्रमुखको जिम्मेवारीसहित खटाइएपछि सेवा प्रवाह पुनः सुचारु हुने अपेक्षा गरिएको छ ।
उद्योग व्यापार महासंघ गण्डकीको अध्यक्षमा बागलुङका चोखाल चयन
नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका अर्जुन चोखाल चयन हुनुभएको छ । बागलुङ बजारमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चोखाल सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एकजना पक्राउ
सुनसरीको इटहरीमा लागुऔषध ट्याब्लेट र क्याप्सुलसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–११ बाट २९ वर्षीय मोहमद सहनेवाजलाई ठुलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।
वर्षापछि गर्मीबाट राहत, सर्लाहीमा चट्याङ र हावाहुरीको असर
सर्लाहीमा शनिबार राति पूर्व–पश्चिम राजमार्ग क्षेत्र र आसपासका स्थानहरूमा मुसलधारे वर्षा भएको छ । दुई दिनदेखि अत्यधिक गर्मीबाट प्रभावित स्थानीयले वर्षापछि मौसम शीतल भएसँगै राहत महसुस गरेका छन् ।
देशभर बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना
आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ ।