हिँयाखोला गाउँमा नेटवर्कले काम नगर्दा समस्या
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ हियाँखोला गाउँमा मोबाइल नेटवर्कविहीन छ ।
‘एक्लेसालको पहिरो’ व्यवस्थापनका लागि तीन करोड
बागलुङ नगरपालिका–१० भकूण्डेस्थित एक्लेसालमा गएको भीमकाय पहिरोको दिगो समाधान गर्न काम थालिएको छ । पहिरोले मालढुङ्गादेखि बरेङ र छिमेकी गुल्मी जिल्ला जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा जोड्ने सडक एक्लेसालमा अवरुद्व हुँदा यात्रीले सास्ती खेप्दै आएका छन् ।
ह्वीलचेयरमा बसेरी दुई अपाङ्गता भएका युवाद्वारा बन्जी जम्प
भोटेकोशी गाउँपालिका मार्मिङ र लिस्तिकोट दुई वडाको बिचमा अवस्थित द लास्ट रिसोर्टमा रहेको एक सय ६० मिटर उचाइमा रहेको बन्जी जम्पमा यसअघि सपाङ्ग मानिसहरुले मात्रै बन्जी जम्प गर्दे आएका थिए ।
बाँकेमा बढ्यो चिसो
पुस महिना सुरु भएसँगै बाँकेमा चिसो बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी पनि घाम नलागेपछि बाँकेमा चिसो बढेको हो ।
खेतको आलीमा पुरुषको शव फेला
सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना पुरुष मृत फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ फत्तेपुर घर भएका ५० वर्षीय रविराज नेपाली मृत अवस्थामा फेला पर्नु भएको हो ।
वित्तीय सचेतना अभिवृद्धि गर्न विद्यालयमा शैक्षिक हाट बजार
धनुषाको बटेश्वरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय खोरिया सीतापुरमा वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक हाटबजारको आयोजना गरिएको छ ।
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
मङ्गलबार यहाँ आयोजित नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशालामा मन्त्री खनालले वैदेशिक लगानी भित्र्याउन नेपालले आर्थिक सुधारका विविध कार्यक्रमहरू गर्दै आएकाले चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा पुँजी परिचालन गर्न आग्रह गर्नुभयो ।
क्यान्सर अस्पताललाई चिनियाँ सहयोग
यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
आयोजकले जित्यो हरिपुर गोल्डकपको उपाधी
आयोजक नवसंघर्षशील युुवा क्लब हरिपुरले टिएसपी एफसी धनुषालाई ३–१ ले पराजित गर्दै प्रथम हरिपुर गोल्डकपको उपाधी जितेको छ ।
‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा कानुनी, प्रशासनिक एवं संस्थागत सुधारलाई तदारुकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट गरेको छ ।
अर्जुनचौपारीमा बृहत् स्वास्थ्य शिविर हुने
अर्जुनचौपारी गाउँपालिकामा एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अर्जुनचौपारी गाउँपालिकाको सहकार्यमा खुमा अर्याल फाउन्डेसनले पुस ५ गते गाउँपालिकाको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागेको हो ।
कर्मचारी आत्महत्या प्रकरण प्रहरीको अनुसन्धानमा
कोशी प्रदेशकै दुग्ध उत्पादन तथा विकासको क्षेत्रमा नमुना सहकारीको रूपमा रहेको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था विवाद फसेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
किसानको समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री परियार
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
खैरो हिरोइनसहित दुई जना पक्राउ
धनकुटाको महालक्ष्मी नगरपालिका–८, स्थित चित्रेबाट खैरो हिरोइनसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ शङ्का लागि चेकजाँच गर्दा खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वमन्त्रीसहित जनप्रतिनिधि एवम् सथानीय नेता रिले अनसनमा सहभागी
सप्तरीको राजविराजस्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आह्वानमा राजविराजमा मङ्गलबार पनि पाँचौँ दिन रिले अनसनलाई निरन्तरता दिइएको छ ।
बैंक कर्मचारीमाथि अपमानजनक व्यवहार र कुटपिट : दुईजना पक्राउ
सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
लघुउद्यम, स्वास्थ्य र शिक्षामा सुधार गर्न ताराखोलावासीको माग
बागलुङको ताराखोला गाउँपालिकाका स्थानीयवासीले लघुउद्यम सञ्चालनमार्फत स्वरोजगार सिर्जना गर्न गाउँपालिकाले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
पर्यटन प्रवर्धनका लागि होमस्टे
आन्तरिक पर्यटन प्रवर्धन गर्नका लागि गुल्मीमा होमस्टे सञ्चालन गरिएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ उपल्लो भंगारीमा २०७७ सालदेखि रैथाने बालीको परिकार प्रवर्धनसँगै आन्तरिक पर्यटन प्रवर्धन गर्न होमस्टे सञ्चालनमा ल्याइएको हो ।
वडामै पुगेर स्वास्थ्य शिविरसहित कृषि, पशु र रोजगार सेवा
गुल्मीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ ।
वैदेशिक रोजगारीमा ठगी गरेका प्रतिवादी २७ वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना फरार प्रतिवादीलाई २७ वर्षपछि पक्राउ गरेको छ ।
राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्ताव गरेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
बढ्यो अमेरिकी डलरको मूल्य
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।