हिंसा पीडितको आश्रय बन्दै बागलुङ नगरपालिका
हिंसा पीडितहरुको उद्दार, मनोपरामर्श र पुनस्थापनामा बागलुङ नगरपालिकाले उदाहरणीय कार्य प्रस्तुत गरेको छ ।
पाख्रीबासमा करेन्ट लागेर बालकको मृत्यु
धनकुटाको पाख्रीबास नगरपालिका-५ स्थित चौतारामा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । बुधबार बिहान करिब ९ बजे विद्युतको सपोर्ट तारमबाट करेन्ट लाग्दा बालकको मृत्यु भएको हो ।
पुसे मेलाका लागि मेरिङ्देनमा दुई दिन बिदा
मेरिङ्देन गाउँपालिकाले हरेक वर्ष पुस १ देखि ५ गतेसम्म लाग्ने पुसे मेलाका लागि दुई दिन बिदा दिएको छ ।
दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो
यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् ।
शिक्षकको स्थानीय भत्ता निकासाका लागि शिवनाथ गाउँपालिकाको पहल
शिवनाथ गाउँपालिकाले केन्द्रबाट जारी निर्देशन अनुसार स्थायी, अस्थायी र करार शिक्षक तथा प्राविधिक तर्फका सहायक शिक्षकलाई उपलब्ध गराउनुपर्ने स्थानीय भत्ता निकासा गर्न आवश्यक थप बजेट उपलब्ध गराइ दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक अनुरोध गरेको छ ।
दर्ता र नवीकरण नभएका १८१ इ-रिक्सा नियन्त्रणमा
नेपालगन्ज उपमहानगरपालिकाले दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि संयुक्त अभियान सुरु गर्दै दर्ता र नवीकरण नगरिएका इ–रिक्साको अनुगमन र नियमनमा कडाइ सुरु गरेको छ ।
व्यवसायलाई प्रवर्धन गर्न महोत्सव
लेखनाथ उद्योग वाणिज्य सङ्घले यही पुस ३ गतेदेखि १४ गतेसम्म २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरु पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरु भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् ।
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस हुम्लाद्वारा प्रत्यक्षमा तीन नाम सिफारिस
नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ । जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो ।
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु. ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा रु. ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।
एमाले महाधिवेशन : मतदान जारी (फोटो फिचर)
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्याशीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा बिहानै मतदान गर्नुभएपछि बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो ।
जनकपुरधाममा भारत-नेपाल गोलमेच छलफल सम्पन्न
भारत र नेपालबिच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ ।
किबी खेतीको आकर्षण बढ्दो
गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा पछिल्लो समय किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
खेलकुद हब बनाउन वडामा ५ ठुला योजना
नेपालगन्ज उपमहानगरपालिका –१ लाई खेलकुद हवका रूपमा विकास गर्ने लक्ष्यसहित वडा कार्यालयले पछिल्लो समय खेलकुद पूर्वाधारमा लगानी बढाउँदै लगेको छ ।
सुनचाँदीको मूल्य बढेको बढ्यै
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५९ हजार ७०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. चार हजार ५५ निर्धारण भएको छ ।
रुद्रवेणी–वामीटक्सार सडकः चार पक्की पुल निर्माण तीव्र
गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक खण्डमा निर्माणाधीन चार पक्की पुल निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ ।
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको
११ वर्षदेखि फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय बागलुङले ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेशका ८५ पालिकामा एक हजार ७८९ उजुरी दर्ता
गण्डकी प्रदेशभित्र एक वर्षमा एक हजार ७८९ वटा उजुरी न्यायिक समितिमा दर्ता भएका छन् । प्रदेशका ८५ वटा पालिकामामा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न १४ वटा उजुरीका निवेदन दर्ता भएका हुन् ।
व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी
घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाउनुभएको छ ।
मन्त्री कुलमान बर्दियामा
उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नु भएको छ । बर्दिया जिल्लाका विभिन्न स्थानको अनुगमन र पुल शिलन्यासका लागि मन्त्री घिसिङ बर्दिया पुग्नु भएको हो ।
जब्दीघाटमा पैसा तिरेर काठ पुल तर्दै स्थानीय
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवत जावत गर्न बाध्य छन् ।
अख्तियारले माग्यो विवरण, छानबिनको तयारी
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।