माघको पहिलो साता नवौँ लमजुङ महोत्सव
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव तथा स्वर्ण जयन्तीका बारेमा जानकारी गराएको हो ।
पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । आज बिहान पालहीनन्दन गाउँपालिका –६ कबरस्थान नजिकै परालको कुन्योमा लुकाइराखेको अवस्थामा प्रहरीले भेप बरामद गरेको हो ।
राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की
संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
यु–१९ एसिया कप : नेपाल जितबिहिन
यसअघिनै प्रतियोगिताबाट बाहिरिएको नेपाल समूह चरणको अन्तिम खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग सात विकेटले पराजित भएको थियो ।
बाँदर आतङ्कको विकल्पमा घाँस खेती
कृषकले दुःख गरेर लगाएको अन्नबाली भित्र्याउन नपाउँदै बाँदरले नष्ट गरिदिएपछि हैरानी खेपिरहेका तनहुँका किसान अहिले पशुपालनतर्फ आकर्षित हुन थालेका छन्।
विद्यार्थीलाई कृषि पेसातर्फ आकर्षित गर्दै ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले विद्यार्थीलाई कृषि पेसातर्फ आकर्षित गरिरहेको छ । केन्द्रले ‘विद्यार्थीसँग कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै विद्यार्थीलाई आकर्षति गरेको हो ।
जसपा बाँके क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री राईको नाम सिफारिस
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ।
नौ जनालाई ‘पोखरेली नवरत्न’ सम्मान
पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा समाजका विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ।
स्थानीय तह रोज्न शिक्षकलाई समय
शिक्षक सेवा उत्तीर्ण भई ताप्लेजुङका लागि सिफारिस आएका शिक्षकलाई स्थानीय तह रोज्न समय दिइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङले जिल्लाका लागि सिफारिस भएर आएका शिक्षकलाई स्थानीय तह रोज्न अर्थात छनोट गर्न समय दिएको हो ।
जग्गा छ भवन छैन, बजेट कटौतीले कार्यक्रम प्रभावित
बागमती प्रदेश सरकार अन्तर्गत प्रदेश रहेको कृषि सेवा कार्यालय जग्गा उपलब्ध भए पनि भवन नहुँदा जस्ताको कटेराबाट सञ्चालन हुँदै आएको छ।
पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को मङ्सिर मसान्तसम्ममा रु एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग २ ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ ।
नेपालले अफगानिस्तानलाई दियो एक सय २५ रनको सामान्य लक्ष्य
यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि एक सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।
१४ वर्षपछि खोटाङ प्रहरी चौकीको आफ्नै भवन
खोटाङको दक्षिणी क्षेत्र वाप्लुखामा लामो समयदेखि जीर्ण भवनमा रहेको प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
नवलपुरमा फुटबल रङ्गशाला तयार
सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा फुटबल रङ्गशाला तयार भएको छ ।
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्टबाहकलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नु भएको छ ।
रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिबद्धता
रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको इरानको सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ ।
बोन्डी अभियुक्तलाई अस्ट्रेलियाली प्रहरीद्वारा ५९ वटा अपराधको आरोप
सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले बुधबार जनाएको छ ।
कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु : मन्त्रालय
कम्बोडियाले सीमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।
भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्कर’अवरुद्ध गर्ने आदेश जारी गर्नु भएको छ ।
घर-घरमै स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी
बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको घरघरमै स्वास्थ्य सेवासहितको सामुदायिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु
जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो ।
गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे हुँदै
नौबहिनी गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडकको स्तरोन्नती गर्न लागिएको छ ।