लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक बिहीबार बिहान ११ः३० बजे बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल ले दिनुहुने कार्यसूची रहेको छ।
ताप्लेजुङमा साबुन उद्योग सञ्चालनको तयारी
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा साबुन उद्योग सञ्चालन गर्ने तयारी गरिएको छ । स्थानीयको आयआर्जनको स्रोतका रुपमा स्थापित गर्दै आत्मनिर्भर बन्ने योजनासहित साबुन उद्योग सञ्चालनको तयारी गरिएको हो ।
गुल्मी प्रशासनबाट सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने
जिल्ला प्रशासन कार्यालय गुल्मीले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका एक सूचना जारी गर्नुहुँदै विभिन्न १३ वटा सार्वजनिक बिदामा पनि प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने बताउनुभयो।
सप्तरीमा भ्रष्टाचारविरोधी अभियन्ता जयसवाल पक्राउ
सप्तरीको रुपनी गाउँपालिका–१ का राजु भन्ने किरणकुमार जयसवाललाई भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा चिनिने व्यक्ति पक्राउ पर्नुभएको छ।
वैशाख ११ देखि कोहलपुर मेयरकप ब्याडमिन्टन प्रतियोगिता
बाँकेको कोहलपुरमा प्रथम कोहलपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ ।
अन्नपूर्ण प्रथम हिमालमा हराएका शेर्पाको जीवितै उद्धार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा हराएका गाइडको जीवितै उद्धार गरिएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ७८ पैसा र बिक्रीदर १५० रुपियाँ ३८ पैसा तोकिएको छ ।
आज हिमाली र पहाडी भूभागमा आंशिक बादल
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ ।
पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेतालाई नगदसहित सम्मान
काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका पदक विजेता २ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
गौशाला नगरपालिकाले विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने
महोत्तरी जिल्लाको गौशाला नगरपालिका अन्तर्गतका सबै विद्यालय र स्वास्थ्य संस्थाहरू पूर्ववत साताको ६ दिन नै सञ्चालन गर्ने निर्णय गरेको छ।
कम्युनिस्ट दिवस : आत्मसमीक्षा गर्दै रुपान्तरित हुने अवसर
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल) ले स्थापना दिवस आत्मसमिक्षा गर्दै रुपान्तरित हुने अवसर भएको बताउनुभएको छ । कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले स्थापना दिवसको अवसरमा नेपालको कम्युनिस्टहरुले इतिहासको खास–खास मोडमा महत्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको बताउनुभयो ।
पासाङ ल्हामुको ३३ औँ स्मृति दिवसमा दौड प्रतियोगिता हुने
प्रथम नेपाली महिला सगरमाथा आरोही एवं राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३३ औँ स्मृति दिवसका अवसरमा दौड प्रतियोगिता आयोजना हुने भएको छ ।
गण्डकीमा डढेलोका घटना न्यून
फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् ।
बक्सर चन्द्र सम्मानित
काठमाडौँ महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापामगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।
लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटको अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने गर्ने उद्देश्यले पहिलो पटक दाङको लमहीस्थित जैविक विविधता पार्कमा दुई दिने उत्सव हुने भएको हो ।
सेवा प्रवाहलाई गुनासोरहित बनाइने
बागमती प्रदेश सरकारले सेवा प्रवाहलाई गुनासोरहित बनाउने भएको छ ।
मच्छिन्द्र इलाम गोल्डकपको फाइनलमा
मच्छिन्द्र फुुटबल क्लब काठमाडौँ इलाम गोल्डकपको फाइनलको यात्रा तय गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पथरी–११ लाई ५–२ गोलले हराउँदै मच्छिन्द्रले फाइलन यात्रा तय गरेको हो ।
शिक्षा मन्त्री पोखरेलद्वारा वी.पी.प्रतिष्ठानको अनुगमन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकोे अनुगमन गर्नुभएको छ ।
वातावरण पदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा लागिपरेको ट्राफिक प्रहरीले आज मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १२ वटा सवारीसाधन आज नियन्त्रणमा लिएको छ ।
सङ्घले प्रदेश सरकारको अस्तित्व स्वीकार्नुपर्छ : मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सङ्घीय सरकारले प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर काम गर्नुपर्ने बताउनुभएको छ ।
१५औँ महाधिवेशनबाट कांग्रेस अझ बलियो : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरूसँग आग्रह गर्नुभएको छ ।
यातायात कार्यालयबाट एक बिचौलिया पक्राउ
रौतहट सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालयबाट बुधबार एक बिचौलिया पक्राउ परेको छ ।
अभ्यास सिरिजमा नेपाल ‘ए’ लाओससँग पराजित
एक दिवसीय अभ्यास सिरिजमा नेपाल ‘ए’ पाहुना टोली लाओससँग पराजित भएको छ ।