गोरखा सदरमुकामको मुख्य सडकको अवस्था बेहाल, जिम्मेवार निकाय मौन
गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका– ६ स्थित बाल मन्दिर विद्यालय गेटमै सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ ।
सल्यान प्रहरीद्वारा ३३ नाल अवैध भरुवा बन्दुक बरामद
सल्यान प्रहरीले ३३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
निःशुल्क मुटु परीक्षण शिविरः दुई हजार चार सय बालबालिकाको परीक्षण
सोलुखुम्बुः सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजित निःशुल्क मुटु स्वास्थ्य शिविर तथा बालबालिकाहरुको मुटु परीक्षणमा दुई हजार ४५६ जनाको मुटु परीक्षण गरिएको छ ।
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
१८ वर्ष मुनिका किशोरकिशोरी अभिभावकको अनुमति बिना होटलमा बस्न नपाइने
१८ वर्ष मुनिका किशोरकिशोरी बालबालिका अभिभावकको अनुमति बिना होटल बस्न नपाइने भएको छ ।
चिसोबाट जोगाउन उपल्लो मुस्ताङको नामासुङ गाउँमा स्वास्थ्य शिविर
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,मा अवस्थित नामासुङ गाउँकी ८३ वर्षीया घरचुङ गुरूङले हातखुट्टा सुनिने र कम्मर दुख्ने समस्याको गाउँमै उपचार गर्नुभयो ।
गुल्मीदरबारमा सातौं राष्ट्रपति रनिङ शिल्ड हुँदै
यस जिल्लाको गुल्मीदरबार गाउँपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेभएको छ । यहि पुस ७ देखि ९ गतेसम्म रुन्खा दह माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले जानकारी दिनुभयो ।
अन्नपूर्ण बेसक्याम्पमा सञ्चारको पहुँच पुर्याउन मन्त्रीसँग माग
सञ्चार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेललाई हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण बेसक्याम्पमा सञ्चारको पहुँचका लागि ज्ञापनपत्र बुझाइएको छ ।
‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’
बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो ।
मधेश प्रदेशका उपसचिव र शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनमा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा परेका छन् ।
जङ्गल गएका बालकको करेन्ट लागेर मृत्यु
दाउरा काट्न जङ्गल गएका बालकको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको छ । पाख्रिबास नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो ।
निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४४ रुपियाँ ९२ पैसा कायम भएको छ ।
वडा कार्यालयबाट सात लाख बराबरको सामग्री चोरी
कञ्चनपुरको एक वडा कार्यालयमा सात लाख रुपियाँ बराबरको चोरी भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–११ वडा कार्यालयमा प्रवेश गरी अज्ञात समूहले सात लाख बराबरको अत्यावश्यक उपकरण चोरी गरेर लगेको वडा अध्यक्ष तुलसी अर्यालले बताउनुभयो ।
एमाले महाधिवेशन : रातभर मतदान हुने
नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौँ बुधबार मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय बिहीबार बिहान ७ बजेसम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ ।
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र पाँच दिन कैद सजाय ठहर भएका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा मतदान केन्द्र तोकियो
राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।
खोलामा डुबेर एक युवाको मृत्यु
बुधबार दिउँसो २ बजे एक्लै गोरखाको सिरानचोक गाउँपालिका– ७ साठीमुरेस्थित लाङदी खोलामा ढडिया थापी माछा मार्ने क्रममा चिप्लिएर पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो।
फेवाताल अतिक्रमण चाँडै हटाउँछौँः मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश राजधानी पोखराको विकासमा सरकारले विषेश ध्यान दिएको उल्लेख गर्नुभएको छ ।
जलजलामा शैक्षिक कार्यविधि नबनाई १५ लाख भुक्तानी
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले शैक्षिक कार्यविधि नबनाई परामर्शदातालाई करिब १५ लाख भुक्तानी गरेको पाइएको छ ।
एमाले महाधिवेशनः ५ बजेसम्म ८०२ ले गरे मतदान
नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौ दिनमा मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
माघको पहिलो साता नवौँ लमजुङ महोत्सव
लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव तथा स्वर्ण जयन्तीका बारेमा जानकारी गराएको हो ।
पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । आज बिहान पालहीनन्दन गाउँपालिका –६ कबरस्थान नजिकै परालको कुन्योमा लुकाइराखेको अवस्थामा प्रहरीले भेप बरामद गरेको हो ।
राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की
संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।