जङ्गली हात्ती गाउँ पसेर उपद्रो मच्चाउँदा...
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् ।
कञ्चनपुर कारागारबाट कैदी भगाउने तीन जना पक्राउ
कञ्चनपुर कारागारबाट कैदी भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् ।
कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान
सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै आएकाले सप्तरीका किसानहरू मारमा परेका हुन् ।
भारतीय तरकारीको भरमा लहान
लहान बजारमा स्थानीय तरकारी उत्पादन नभएका कारण भारतीय तरकारीको भरमा चलेको छ । भारतीय बजारबाट आउने तरकारीको सीमा क्षेत्रमा रहेको ठाडी बजारमा जाँच नहुँदा विषदीयुक्त तरकारी खान उपभोक्ताहरुलाई बाध्यता रहेका छन् ।
हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित
सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ ।
हिमाली पालिका पाँच महिनादेखि अन्धकार
बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका विगत पाँच महिनादेखि अन्धकार बन्दै गएको छ । २०७८ साल फागुनमा कवाडी लघुजलविद्युत परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा बत्ती बालेको थियो ।
बदाम उत्पादन गर्ने किसानलाई १२ लाख प्रोत्साहन रकम प्रदान
बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो ।
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
नेपाल–चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।
सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ ।
सप्तरीमा खाल्टोमा डुबेर दुई वर्षीय बालकको मृत्यु
सप्तरीको डाक्नेशरी नगरपालिकामामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ कविलासा घर भएका दिपेन चौधरीको दुई वर्षीय छोरा रियान्स चौधरीको पानीमा डुबेर मृत्यु भएको हो ।
घरबारविहीन जानकी महरालाई सहयोग प्रदान
सवारी दुर्घटना श्रीमान गुमाएपछि घरबारविहीन बन्नुभएको बैतडीको सूर्नया गाउँपालिका–४ की जानकी महरालाई प्रशासन, स्थानीय सरकार र समाजसेवी संस्थाको संयुक्त पहलमा राहत सहयोग प्रदान गरिएको छ ।
स्थानीय सरकारको प्राथमिकतामा छैन वित्तीय साक्षरता योजना
राष्ट्रिय जनगणना २०७८ अनुसार रुकुमपश्चिमको कुल साक्षरतादर ७५.७४ प्रतिशत मात्र छ । यो समग्र मुलुकको शैक्षिक अवस्थाभन्दा कम हो ।
डेढ वर्षसम्म भएन बाढीले क्षति पुर्याएको बबई पुल मर्मत
दाङको घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि मर्मत हुन सकेको छैन ।
सिड्नी गोलीकाण्ड : मृतकको सङ्ख्या १६ पुग्यो
सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । न्यू साउथ वेल्स राज्यको प्रहरीले सोमबार बिहान गोलीकाण्डपछि १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
भोजपुरमा आँखा शिविरमा करिव पाँच सयको उपचार, एक सय बढीको शल्यक्रिया
विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् ।
पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग
धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ ।
पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरणहुँदा सेवाग्राहीलाई सहज
यहाँका पालिकाबाट चालु आर्थिक वर्षको तीन महिनामा पाँच हजार ३४० राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
जाजरकोटमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ परेका छन् । बारेकोट गाउँपालिका८ लिम्सा बस्ने २९ वर्षीय राजु नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
महबाटै करोडको कारोबार गर्नुहुन्छ विनोद हमाल
परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ ।
गगन समर्थक टिमको घोषणाले कांग्रेसको सरगर्मी बढ्यो
नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रभाव स्वरूप पश्चिम नवलपरासीको राजनीतिमा ध्रुवीकरण तीव्र भएको छ । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि जिल्लाको राजनीतिक सरगर्मी तातेको हो ।
बैतडीको पाटन–९ मा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण
बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।
अग्निपीडित परिवारलाई नगरपालिकाको सहयोग
रौतहटको माधवनारायण नगरपालिकाले आइतबार आगलागीबाट पीडित एक परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराएको छ ।
सिरिजङ्गा गोल्डकप : उपाधिका लागि झापा र धरान भिड्दै
ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ ।