नगरस्तरीय रनिङ शिल्डको उपाधि शिवजनलाई
कडा प्रतिस्पर्धाबिच सम्पन्न शारदा नगरपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिवजन माध्यमिक विद्यालय प्रथम भएको छ ।
वन डढेलोको प्रभाव : रेसुङ्गा गौशालाका १६० गाई सङ्कटमा
वन डढेलोका कारण घाँस जलेपछि रेसुङ्गा गौशालाका गाईहरू सङ्कटमा परेका छन् । वैशाखको पहिलो सातादेखि गौशाला क्षेत्रमा लागेको डढेलोले जमिन तथा रुखमा रहेका घाँससमेत नष्ट गरेको छ ।
तनहुँमा अतिक्रमित संरचना हटाइने
तनहुँमा सरकारी जग्गा कब्जा गरेर बनाइएका अवैध संरचनाहरू हटाइने भएको छ । गृह मन्त्रालयबाट बिहीबार मात्रै यससम्बन्धी परिपत्र प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आवश्यक तयारी अगाडि बढाएको हो ।
आँधीखोलाको तरबुजामा उपभोक्ता र प्रदेश सरकारको चासो
स्याङ्जाको भीरकोट नगरपालिकास्थित आँधीखोला किनार क्षेत्रमा उत्पादन भएको तरबुजाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले चासो व्यक्त गर्नुभएको छ ।
केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
ट्याक्टरको ठक्करबाट छोरीको मृत्यु, बाबु घाइते
सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा शुक्रबार दिउँसो ट्याक्टरको ठक्करबाट छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन् ।
प्रेस काउन्सिलमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
प्रेस काउन्सिल नेपाल कार्यालयमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना गरिएको छ । कर्मचारी तथा सेवाग्राही महिलाका लागि सहज होस् भन्ने हेतुले स्तनपान कक्ष र महिलामैत्री शौचालय निर्माण गरिएको काउन्सिल सचिवालयले जनाएको छ ।
अपाङ्गता भएकाहरुमा जलवायु परिवर्तनको असर चित्रकलामार्फत प्रदर्शनी
काठमाडौँ, वैशाख १८ गते । अपाङ्गता भएका व्यक्तिमा जलवायु परिवर्तनको असर चित्रकलामार्फत प्रदर्शनी गरिएको छ । राष्ट्रिय अदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपाल (निडवान) को आयोजनामा शुक्रबार ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा सो चित्रकला आयोजना तथा प्रदर्शनी गरिएको हो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कान्छा कुमार (केके) कर्माचार्यले जलवायु परिवर्तनको असर नागरिकको जीवन, जीव जनावर लगायत भौतिक तथा अभौतिक सबैमा पर्ने भए पनि यसको सबैभन्दा बढी असर अपाङ्गता भएका नागरिकमा पर्ने बताउनुभयो । उहाँले यस सम्बन्धमा कार्यक्रममा चित्रकला पनि कोर्नुभयो । उहाँले भन्नुभयो, “आज यो कार्यक्रम मलाई मन परेको छ किनभने यस्तो कार्यक्रम विरलै हुन्छ । मौसम परिवर्तनले मानिस, जीव, जनावर लगायत भौतिक, अभौतिक सबैलाई असर पार्छ । तर, अपाङ्गता भएकालाई बढी असर पार्छ ।”सङ्घका अध्यक्ष प्रतिमा गुरुङले चित्रकलामा १४ जना अपाङ्गता भएका कलाकारले भाग लिनुभएको जानकारी दिनुभयो । जलवायु परिवर्तनको असरबाट यौनिक तथा अल्पसङ्ख्यक समुदाय सबैभन्दा बढी पीडित भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले सीमान्तकृत समुदायमा कसरी असर पर्छ ? यो चित्रकलाको माध्यमबाट प्रस्तुत गर्नुभएको छ । यसमा भाइबहिनीहरु जोडिनुभएको छ । हामी कसरी समाजमा जलवायु परिवर्तनको विषय न्यायको दृष्टिकोणबाट सम्बोधन गर्न सक्छौं ? अपाङ्गता भएकाको फरक–फरक चुनौतीलाई कलाको माध्यमबाट प्रस्तुत गरिएको छ ।”बाढीपहिरो, खडेरी लगायत विभिन्न प्राकृतिक प्रकोपबाट सीमान्तकृत एवम् यौनिक तथा अल्पसङ्ख्यक नागरिकको जीवनयापनमा गम्भीर असर पुग्ने गरेको उहाँको भनाइ छ ।
पोखरा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिसको सानदार जित, फाइनलमा प्रवेश
देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।
बेइजिङमा मनाइयो बुद्धजयन्ती
२५७० औँ बुद्ध जयन्तीको अवसरमा बेइजिङस्थित नेपाली राजदूतावासले विशेष कार्यव्रmमको आयोजना गरेको छ ।
केबलकार विवाद कायमः दुवै पक्षले बुझाए ज्ञापनपत्र
ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गर्न सुरु भएको केबलकार विवाद कायमै रहेको छ । करिव तीन अर्व रुपियाँको लागतमा निर्माण सम्पन्न हुने केबलकार परियोजनाको काम सुरु भइसक्दा पनि निर्माण पक्ष र केबलकार विरोधी पक्षबिच विवाद कायम रहेको हो ।
सञ्चार क्षेत्रमा एल्गोरिदमको प्रभावबारे बहस
डिजिटल रूपान्तरण, राजनीतिक अर्थतन्त्र र सञ्चार क्षेत्रका चुनौतीबारे केन्द्रित एक राष्ट्रिय सेमिनार काठमाडौँमा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरीमा नेतृत्व हस्तान्तरण
सशस्त्र प्रहरी बल नेपालमा नेतृत्व हस्तान्तरण भएको छ ।
सनसनीपूर्ण खेलमा युएईमाथि नेपालको रोमाञ्चक जित
दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जित निकालेको छ ।
अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियो गोरबिच भेट
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत सर्जियो गोरबिच शुक्रबार भेटवार्ता भएको छ ।
सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका विद्यालय आइतबार पनि खुल्ने भएका छन् । सङ्घीय सरकारले हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको भए पनि सिरिजङ्घाका विद्यालय आइतबार पनि खुल्ने भएका हुन् ।
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
युक्रेनमाथि रुसले अप्रिल महिनामा लामो दूरीका आक्रमणकारी ड्रोनको अभूतपूर्व प्रयोग गर्दै नयाँ रेकर्ड कायम गरेको छ । किएभको वायु सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा आधारित एएफपीको विश्लेषणले युद्धको स्वरूप अझ आक्रामक र व्यापक बन्दै गएको सङ्केत दिएको छ ।
खामेनेई स्वस्थ रहेको दाबी
इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न आशङ्काबिच उहाँको कार्यालयका एक वरिष्ठ सहयोगीले उहाँ पूर्णरूपमा सुरक्षित र सक्रिय रहेको दाबी गरेका छन् ।
बानेश्वरमा साहित्यिक विमर्श : 'खुसीको गाउँ' उपन्यासमाथि समीक्षा
तेस्रो आँखा साहित्यिक समूहको आयोजनामा काठमाडौँको मध्य बानेश्वरमा एक विशेष समारोहका बिच 'रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार' अर्पण तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ।
बागमती किनारका विस्थापितलाई रङ्गशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श
बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रङ्गशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बासस्थान गुमाउँदा हुन सक्ने स्वास्थ्य समस्या र मनोसामाजिक तनावलाई सम्बोधन गर्न विशेषज्ञ चिकित्सकको टोली शिविरमा परिचालन गरिएको हो ।
समाजसेवी श्रेष्ठ र साहित्यकार सुवेदी पुरस्कृत
सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौँले समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदीलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानद्वारा राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले श्रेष्ठ र सुवेदीलाई पुस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको हो ।
उभौली पर्व र साकेला नाच : किराँत संस्कृति र सभ्यताको पहिचान
प्रकृतिपूजक किराँत राई समुदायले पूर्वी नेपालमा विशेष रूपमा मनाउने साकेला (उभौली) अन्तर्गत सिली नाचको शुभारम्भ गरी उदयपुरको सदरमुकाम गाईघाटमा यो पर्व भव्य रूपमा मनाउन सुरु गरिएको छ ।
शासकीय सुधारको प्रयास: हुलाकबाटै घरदैलोमा सरकारी सेवा
जिल्ला प्रशासन कार्यालय उदयपुरले हुलाक सेवामार्फत सेवाग्राहीलाई घरमै राहदानी (पासपोर्ट) पुर्याउने सेवा सञ्चालन गरेको छ । यो सेवा सुरु भएसँगै अब सर्वसाधारणले आफ्नो राहदानीको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय धाइरहनु नपर्ने भएको छ ।
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अमेरिकी नियामक निकायको नयाँ प्रस्तावले प्रविधि व्यापारमा नयाँ तनाव निम्त्याउने सङ्केत देखिएपछि चीनले कडा आपत्ति जनाएको छ । चिनियाँ प्रयोगशालालाई अमेरिकी बजारका लागि इलेक्ट्रोनिक उपकरण परीक्षणबाट रोक्ने योजनाले द्विपक्षीय व्यापार सम्बन्धमा नकारात्मक प्रभाव पार्ने भन्दै बेइजिङले प्रतिकार गर्ने चेतावनी दिएको छ ।