मुलुकको रूपान्तरणमा गोरखापत्रको ठुलो योगदान
प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिकको १२५ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
प्रकाशकीय: शताब्दीपारिको यात्रा
गोरखापत्र नेपाली पत्रकारिताको मानक मात्र होइन, नेपाली समाजको विकास र राजनीतिक परिवर्तनका लागि एउटा मिर्मिरे थियो ।
पत्रकारिताको पाठशाला
गोरखापत्र १२५ औँ वर्षमा प्रवेशका अवसरमा वरिष्ठ पत्रकारहरूले गर्विलो इतिहास र वर्तमानको साक्षी यसलाई नवीनतम प्रविधिको उपयोग र समयसापेक्ष बनाउँदै स्वर्णयुगीन भविष्यतर्फ अघि बढाउन सुझाव दिनुभएको छ । व
गोरखापत्र १२५ औँ वर्षमा प्रवेश
‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दःखभाग्जनः’ भन्ने आदर्श बोकेको गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५ औँ वर्षमा प्रवेश गरेको छ ।
तीन उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिदै
गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका उत्कृष्ट सिफारिस भएका पत्रकार–कर्मचारी सम्मानित हुनु हुनेभएको छ ।
गोरखापत्रले आठ उत्कृष्ट समाचारदातालाई सम्मान गर्ने
गोरखापत्र संस्थानले उत्कृष्ट आठ जना समाचारदातालाई सम्मान गर्ने भएको छ । गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट समाचारदातालाई सम्मान गर्न लागेको हो ।।
राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्रले तीन जनालाई सम्मान गर्ने
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, गोरखापत्र संस्थान, केन्द्रीय समितिले गोरखापत्रका १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा तीन जना कर्मचारीलाई पुरस्कार प्रदान गर्ने भएको छ ।
गोरखापत्र प्रतिष्ठान शाखाले ६ जना पत्रकारलाई सम्मान गर्ने
नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले गोरखापत्रको १२५ वर्ष प्रवेश तथा संस्थानको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने पुरस्कारको टुङ्गो लगाएको छ । प्रतिष्ठान शाखाका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले सो टुङ्गो लगाएको हो ।
‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार २०८१’ महतो र उपाध्यायलाई
गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ द्वारा ‘जयपृथ्वीबहादुर सिंह उत्कृष्ट सेवा पुरस्कार २०८१’ ब्रम्हदेव महतो र राजेन्द्रप्रसाद उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ। गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ का अध्यक्ष सचु सेनका अनुसार गोरखापत्र प्रकाशनको एक सय २५ औँ वार्षिकोत्सव एवम् संस्थानको ६३ औँ वर्ष प्रवेशको अवसरमा सो पुरस्कार महतो र उपाध्यायलाई दिने निर्णय गरिएको हो।
‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ चौलागाई र राजवंशीलाई
गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ द्वारा ‘गोरखापत्र संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार’ सहायक फोटो पत्रकार शेखरनाथ चौलागाई र वरिष्ठ कम्प्युटर अपरेटर अनिल राजवंशीलाई प्रदान गर्ने निर्णय गरिएको छ।
गोरखापत्र संस्थान परिसर सरसफाइ
गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवमा गोरखापत्रको प्रधान कार्यालय धर्मपथ परिसरमा सरसफाइ गरिएको छ ।
गोरखापत्र १२५ औं वर्ष प्रवेशको अवसरमा रक्तदान
गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सव र विश्वस प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार संस्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा तस्बिर प्रदर्शनी
गोरखापत्र संस्थानले यस वर्षको राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिरहरू प्रदर्शनी गरेको छ। आज काठमाडौँमा गोरखापत्र संस्थान, आर्ट तथा फोटोग्राफी शाखाले नेपालमा फोटो पत्रकारिता र पत्रकारको सुरक्षा विषयक कार्यशाला गोष्ठीको आयोजना गरी गोरखापत्रमा प्रकाशित तथा यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर प्रदर्शनी गरिएको हो।
गोरखापत्रकर्मी शाही र थापालाई फोटो पत्रकारिता अवार्ड
शनिबार ललितपुरमा आयोजित पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्डको अवसरमा उहाँहरुलाई सम्मान प्रदान गरेको हो।गोरखापत्र अनलाइनका फोटो पत्रकार शाहीले पर्यटन तथा संस्कृति विधा र गोरखापत्र दैनिकका फोटो पत्रकार थापाले महिला समूहबाट अवार्ड जित्नुभएको हो। फोटो पत्रकारद्वयलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवार्ड र सम्मान पत्र प्रदान गर्नुभयो।
संस्थान सेवाबाट बाँसकोटा र देवकोटाको बिदाइ
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’ मा कार्यरत प्रशासन अधिकृत पुरुषोत्तम बाँसकोटा र उत्पादन विभागअन्तर्गत प्रेस शाखामा कार्यरत केशवप्रसाद सापकोटालाई बिदाइ गरिएको छ ।
बन्दीपुरको सौन्दर्यमा कविहरू रमाउँदै
पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरको सुन्दरता देखेर साहित्यकारहरू दङ्ग परेका छन् ।
डिजिटल युगमा गोरखापत्र
‘स्मार्ट गोरखापत्र’ अभियान अन्तर्गत डिजिटल प्रविधिको उपयोग गर्दै गोरखापत्र संस्थानले आफ्नो समाचार सेवा थप चुस्त, सुलभ र प्रवाहमय बनाएको छ ।
गोरखापत्र डिजिटल डे : ‘पत्रकार प्रविधिमैत्री बन्नुपर्छ’
‘‘सूचनाका अनगन्ती माध्यम छन्। सूचना प्रविधिको विकासले धेरै रूपान्तरण र परिवर्तन ल्याएको छ। अब को पत्रकार र को पाठक भन्ने नै द्विविधाको अवस्था छ । अब पत्रकार प्रविधिमैत्री बन्नुपर्छ’’, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो।
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच सहकार्य
गोरखापत्र संस्थान र नागरिक लगानी कोषबिच आपसी सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रबन्ध सम्पादक देवकोटा र थापाको बिदाइ
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘दि राइजिङ नेपाल’ का प्रबन्ध सम्पादक परमेश्वरप्रसाद देवकोटा र प्रेस मर्मत शाखाका हरिशरण थापाको बिदाइ गरिएको छ ।
गोरखापत्रको समावेशी अभ्यास प्रशंसनीय छः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पहिचानको प्रमुख आधार भाषा भएकाले गोरखापत्रले विभिन्न मातृभाषी पृष्ठ प्रकाशन गरेर प्रसंशनीय काम गरेको बताउनुभएको छ ।
गोरखापत्र अब ४५ भाषामा
गोरखापत्र दैनिकबाट समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४५ पुगेको छ । पछिल्लो पटक वाम्बुले राई भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४५ पुगेको हो ।
गोरखापत्र संस्थान सेवाबाट श्रेष्ठको बिदाइ
गोरखापत्र संस्थानको उत्पादन विभागअन्तर्गत प्रेस शाखामा कार्यरत तह ७ का वरिष्ठ प्रेस अधिकृत हरिकण्ठलाल श्रेष्ठ उमेर हदका कारण संस्थान सेवाबाट निवृत्त हुनुभएको छ ।
गोरखापत्र संस्थान सेवाबाट रञ्जितको बिदाइ
गोरखापत्र संस्थानको सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर शाखामा कार्यरत पाँचौं तहका वरिष्ठ कम्प्युटर अपरेटर नन्दगोपाल रञ्जित उमेर हदका कारण संस्थान सेवाबाट सेवा निवृत्त हुनुभएको छ ।