एपीएफ र जावलाखेलको बराबरी
विभागीय टोलीको एपीएफ क्लब र जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेको छ ।
चर्च ब्वाइज लयमा
नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लयमा देखिएको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हरायो ।
लिगमा थ्रीस्टारको पहिलो जित
थ्रीस्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा शुक्रबार भएको खेलमा थ्रीस्टारले नवप्रवेशी खुमलटार एफसीलाई २–० गोलले हरायो ।
आर्मी र जावलाखेल विजयी (फोटो फिचर)
विभागीय टोलीको त्रिभुवन आर्मी क्लब र जावलाखेल यूथ क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।
पीएसजी बायर्नसँग स्तब्ध
स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टर फाइनलबाट बाहिरिएको छ ।
प्यालेस्टाइनको पोस्ट्मा नेपालको ६ गोल
दीपा शाहीले चार गोल गरेपछि नेपालले एएफसी यू–२० एसिया कप छनोटमा घरेलु टोली प्यालेस्टानमाथि सानदार जित निकालेको छ ।
आठराई त्रिवेणीले जित्यो उपमेयर कप उपाधि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न उपमेयर कप महिला फुटबलको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ । बुधवार भएको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
चैत ४ गतेदेखि रुपन्देहीमा तिलोत्तमा गोल्डकप, विजेताले ११ लाख पाउने
आगामी चैत ४ गतेदेखि सुरु हुने २२ औं संस्करणको तिलोत्तमा गोल्डकपमा आठ टिम खेल्ने भएका छन्।
पुलिसमाथि हिमालयन शेर्पाको कठिन जित
हिमालयन शेर्पाले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि कठिन जित निकालेको छ । दशरथ रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाले पुलिसलाई १–० गोलले हरायो ।
चर्च ब्वाइजको लगातार दोस्रो जित
चर्च ब्वाइज युनाइटेड क्बलले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३–१ गोलले हरायो ।
युनाइटेडको पोष्ट्मा लिभरपुलको सात गोल
इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो टोली म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलले गोल वर्षा गरेको छ ।
बार्सिलोनाले जित्दा रियल बराबरीमा रोकियो
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले जित्दा दोस्रो स्थानमा रहेको रियल म्याड्रिड बराबरीका रोकिएको छ ।
सातदोबाटोको विजयी सुरुवात
सातदोबाटो यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले हरायो ।
यू–२० महिला टोलीको बिदाइ
प्यालेस्टाइनमा मार्च ४ देखि १२ तारिखसम्म आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट खेल खेल्ने टोलीको बिदाइ गरिएको छ ।
एमबाप्पेको कीर्तिमानमा पीएसजीको सानदार जित
स्टार स्ट्राइकर केलियन एमबाप्पेले कीर्तिमान रचेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएस्जी) ले फ्रेन्च लिग वान फुटबलमा सानदार जित निकालेको छ ।
क्यामरुनलाई बुढासुब्बा कप फुटबलको उपाधि
२३ औं बुढासुब्बा फुटबल कपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ। धरान रङ्गशालामा शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन च्याम्पियन बनेको हो।
कुम्मायकले चुम्यो फुटबल उपाधि
पाँचथरको फिदिम नगरपालिका ५ मा आयोजित प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको उपाधी कुम्मायक गाउँ पालिकाले हात पारेको छ ।
मनाङ र शेर्पाको बराबरी
मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
एपीएफ र चर्च ब्वाइजको विजयी सुरुवात
दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० गोलले हरायो । च्यासल फुटबल मैदानमा भएको अर्को खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो ।
लोयल्टी च्याम्पियन
आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनल खेलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले हरायो ।
सङ्कटालाई यूक्यान र निलडेभिडको साथ
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल क्लब सङ्कटाले प्रायोजकको रूपमा खेलकुद सामाग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीको साथ पाएको छ ।
ए डिभिजन लिगमा नवप्रवेशी टिम खुमलटार विजयी
नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।
बूढासुब्बा गोल्डकपको उपाधिका लागि एभिनियर र केएफटिसी भिड्दै
धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम एभिनियर र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ ।
एभिनियर फुटबल क्लब क्यामरुन फाइनलमा
२३ औं बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुन फाइनल खेलमा प्रवेश गरेको छ।