कबिराज घिमिरे
हिले, कात्तिक २१ गते । बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा धनकुटाका बिभिन्न टिमसहित अन्य जिल्लाका १६ टोलिको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत आज र भोलि समुह चरणका खेल हुनेछन् ।
फाइलनमा पुग्ने दुई टोलीबीच आउँदो २४ गते फाइनल खेल हुने आयोजक क्लबका सल्लाहकार भक्त खड्काले जानकारी दिनुभयो । बिजेता हुने टोलिले उपाधिसहित नगद एक लाख हात पार्नेछन् ।
त्यस्तै दोस्रो हुने टोलीले ५० हजार हात पार्नेछन् । २०३६ मा भएको छिन्ताङ्ग हत्याकाण्डमा मारिएका ब्यक्तिको स्मृतिको २०६९ बाट प्रतियोगिता हुँदैआएको छ । अघिल्लो बर्षसम्म स्थानीय टोलिबीच मात्र हुने प्रतियोगिता यो बर्षबाट भने अन्तरजिल्ला स्तरीय बनाइएको आयोजकले जनाएको छ ।