झापा युनाइटेड किराँत गोल्डकपको सेमिफाइनालमा
फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
घरेलु मैदानमा रियलको सहज जित
उपाधि दाबेदार टोली रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले ग्रानाडालाई २–० गोलले हरायो ।
युरो कप ड्र : स्पेन र इटाली एउटै समूहमा
सन् २०२४ को युरो कप फुटबलमा उपाधि बलियो टोली स्पेन र साबिक विजेता इटाली एउटै समूहमा परेको छ । जर्मनीमा शनिबार राति गरिएको युरो कप ड्रमा यी दुई टोली एउटै समूहमा परेका हुन् ।
इङ्लिस प्रिमियर लिग : बलियो बन्दै आर्सनल
इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता बलियो बनाउँदै लगेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–१ गोलले हरायो ।
नेपाल सुपर लिग : झापा र पोखराको रोमाञ्चक बराबरी
झापा एफसी र पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । झापाले खेलको अन्तिम मिनेटमा बराबरी गोल गर्दै हार टारेको थियो ।
नेपाल सुपर लिग : धनगढीको लगातार दोस्रो जित
साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा लगातार दोस्रो जित निकालेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।
नेपाल फिफा वरीयतामा दुई स्थान खस्कियो
नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको हो । यसअघि नेपाल एक सय ७३औँ स्थानमा थियो ।
बर्दिबास नगरपालिकाद्वारा खेलाडीलाई मासिक भत्ता
बर्दिबास नगरपालिकाले खेलकुदको विकाश तथा खेलाडीको प्रोत्साहनका लागि मासिक भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले छनौटमा परेका २२ जना उत्कृष्ट फुटबल खेलाडीलाई यसै मङ्सिर महिनादेखि भत्ता उपलब्ध गराउने भएको हो ।
काठमाडौँ र चितवन बराबरीमा
नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्स र चितवन एफसी बराबरीमा रोकिएको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा काठमाडौँ र चितवन १-१ गोलको बराबरीमा रोकिएको हो ।
काडिजलाई हराउँदै रियल शीर्षस्थानमा
काडिजलाई उसैको मैदानमा हराउँदै रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले हरायो ।
युनाइटेडको सानदार जित
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले एभर्टनलाई उसैको मैदानमा ३–० गोलले हरायो ।
नेपाल सुपर लिग : धनगढीको विजयी सुरुवात
साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा धनगढी एफसीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।
आत्मघाती गोल सहयोगमा हारबाट जोगियो बार्सिलोना
साविक विजेता बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग उसैको मैदानमा १–१ गोलको बराबरमिा रोकियो ।
ब्रेन्टफर्डलाई हराउँदै आर्सनल शीर्षस्थानमा
ब्रेन्टफर्डलाई उसैको मैदानमा हराउँदै आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई १–० गोलले हरायो ।
पोखरा थन्डर्सको विजयी सुरुवात
पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा शनिबार भएको खेलमा पोखराले एफसी चितवनलाई १–० गोलले हरायो ।
नेपाल सुपर लिगका लागि सबै टोली तयार
लिगमा सहभागी नौ वटै टोलीका प्रशिक्षक र मार्की खेलाडीले टोलीको अभ्यास र तयारी पूरा भएकोले उपाधिका लागि प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
अर्मेनियालाई हराउँदै क्रोएसिया युरो कपमा छनोट
अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले युरो कप २०२४ मा स्थान बनाएको छ । क्रोएसिया युरो कपमा छनोट हुने अन्तिम टिम समेत बनेको छ ।
तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग स्तब्ध
समर्थकबीच हानाहान र मैदानमा खेलाडीको तनावबीच सम्पन्न भएको खेलमा घरेलु टोली ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको मङुगलबार राति भएको खेलमा अर्जेन्टिनाले १० खेलाडीमा सिमित ब्राजिललाई १–० गोलले स्तब्ध बनायो ।
युक्रेनलाई रोक्दै इटाली युरो कपमा छनोट
साविक विजेता इटली युरोकप २०२४ मा छनोट भएको छ । समूह ‘सी’ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले युक्रेनलाई गोलरहित बराबरीमा रोक्दै युरो कपमा स्थान बनाएको हो ।
फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग भिड्दै
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह ‘एच’ को दोस्रो चरणको खेलमा नेपालले आज (मङ्गलबार) साँझ यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
फिफा विश्वकप छनोट : रङ्गशालामा यमनलाई स्तब्ध बनाउने योजना
फिफा विश्वकप २०२६ एएफसी छनोटको समूह ‘एच’ अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले मङ्गलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।
माइभ्याली गोल्डकप धकेलियो, इलाम गोल्डकप माघमा
इलाममा बर्सेनि हुँदै आएको माइभ्याली गोल्डकप प्रतियोगिता यो वर्ष तोकिएको तालिकाभन्दा पछाडि धकेलिएको छ । इलाममै अर्को प्रतियोगिता इलाम गोल्डकपको तालिका सार्वजनिक भएसँगै माइभ्यालीलाई पछि सारिएको हो ।
युरो कप छनोट : जिब्राल्टारको पोस्टमा फ्रान्सको १४ गोल
फ्रान्सले युरो कप छनोट २०२४ मा जिब्राल्टरविरुद्ध गोल वर्षा गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो ।
युरो कप छनोट : इङ्ल्यान्ड र इटालीको सहज जित
इङ्ल्यान्ड र साबिक विजेता इटालीले युरो कप २०२४ को छनोट खेलमा सहज जित निकालेका छन् ।