आशा भोसलेसँग मोहनले गाए
रन्जित गजमेरको सङ्गीतमा गायक मोहन राईले ‘यो हाम्रो माया’ बोलको गीत रेकर्ड गराउनुभएको छ ।
‘तिमीसँग बोल्न मन लाग्यो’
गीतकार डब्बु क्षत्रीको शब्द रहेको ‘तिमीसँग बोल्न मन लाग्यो...’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
छायाङ्कनमा ‘होस्टेल ३’
ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्तपछि चलचित्र ‘होस्टेल ३’ को छायाङ्कन थालिएको छ ।
संविधान दिवसको दिन दरबारमार्गमा ‘कन्सर्ट’
संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ।
जीवनको भोगाइ ‘मनको शान्ति’
गायक अमृत अधिकारीको नयाँ गीत ‘मनको शान्ति’ सार्वजनिक भएको छ ।
कीर्तिपुरमा नृत्य महोत्सव
इन्द्रेणी संस्कृति समाज (इसास) को आयोजनामा ६० औँ राष्ट्रिय बालदिवस २०८१ तथा दिवङ्गत नृत्यगुरु हरिकृष्ण दर्शनधारीको १२ औँ स्मृति दिवसमा ‘नृत्य महोत्सव’ को आयोजना गरिएको छ ।
गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित
लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ ।
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत सार्वजनिक
बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनर्निर्माण गरी सार्वजनिक गरिएको छ ।
सित्तैमा ‘छक्कापन्जा–४’ देखाइने
नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको आइएनआई सिनेमाजले आफ्नो स्थापनाको एक वर्ष पुगेको उपलक्ष्यमा शनिबार चलचित्र ‘छक्कापन्जा–४’ निःशुल्क देखाउने भएको छ । शनिबारको तिनै प्रदर्शनमा जोकोहीले चलचित्र निःशुल्क हेर्न सक्ने छन् ।
‘शाम्बाला’ मा बहुपतिको कथा
मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ को प्रदर्शन सुरु भएको छ । कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।
रावायण : निकिताको भड्किलो नृत्यको आस
बितेको वर्ष चलचित्र ‘रावायण’ विवादमा पर्दा नायक अनमोल केसी पक्राउ परेका थिए । ‘आपराधिक विश्वासघात’ सम्बन्धी कसुरमा केसीलाई पक्राउ गरिएको थियो ।
छायाङ्कनमा ‘दुःखी आत्मा’
दयाहाङ राई र आँचल शर्मा अभिनित चलचित्र ‘दुःखी आत्मा’ को छायाङ्कन भइरहेको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको सोमबारबाट राजधानीका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । निर्देशक लामाका अनुसार चलचित्र सामाजिक व्यङ्ग्य विषयवस्तुमा आधारित रहने छ । चलचित्रलाई मनोरञ्जनात्मक र सन्देशमूलक बन्ने अपेक्षा निर्माण पक्षको छ ।
प्रेमा लामगाढे बनिन् मिस विभा
मिस विभा २०२४ को ताज प्रेमा लामगाढेले हात पार्नुभयो । उमङ्ग क्रिएसनद्वारा आयोजित उक्त प्रतियोगिता बुधवार सम्पन्न भएको थियो । अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज पार्नुभएको हो ।
द्वन्द्वकालको प्रेमकथा लिएर ‘खुश्मा’
रुकुमको मगर सुमदायको कथावस्तुमा बनाइएको चलचित्र ‘खुश्मा’ असोज पहिलो हप्ताबाट प्रदर्शनमा लैजाने तयारी भएको छ । चलचित्रका निर्देशक अशोक थापामगरका अनुसार चलचित्र निर्माणमा निकै मेहनत गरिएको छ । वृत्तचित्र निर्माण गर्दै आएका थापाको यो पहिलो कथानक चलचित्र हो । चलचित्र प्रवर्धनको युनिट पोखरा आइपुगेको छ । चलचित्रमा मुख्य भूमिकामा रहेका उपसनासिंह ठकुरी र धीरज मगरले चलचित्रबाट आफूहरू निकै आशावादी रहेको बताउनुभयो । पुनमगरको उद्गमथलो रुकुमको मैकोटमा फिल्मका अधिकांश दृश्य खिचिएको छ ।
द्वन्द्वकालको प्रेमकथा असोज ३ बाट
दश वर्षे सशस्त्र विद्रोहको उद्गम थलोका रूपमा परिचित रुकुम, रोल्पा अहिले पर्यटकीय स्थानसमेत बनेका छन्। विद्रोह मौलाएका गाउँ घुम्ने एकातिर छन् भने त्यहीका कथा पुस्तक र पर्दामा पनि आइरहेका छन्।
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।
योगेश्वरको ‘कुनै दिन’
गायक योगेश्वर अमात्यको म्युजिक भिडियो ‘कुनै दिन’ सार्वजनिक भएको छ । सुव्रत आचार्यको निर्देशन रहेको भिडियोमा प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकास लामिछानेको अभिनय छ । शनिबार सार्वजनिक भिडियोको निर्माण व्यवस्थापन दीपेन्द्र गौतम ‘माइकल’ ले गर्नुभएको छ ।
‘सङ्गीत स्वराधना’ सार्वजनिक
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कला संस्कृतिलाई जोगाउन सङ्गीत क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । अध्यक्ष दाहालले अहिलेको भूमण्डलीकृत विश्वमा बलिया भनिएका राष्ट्रको जबरजस्त सांस्कृतिक हस्तक्षेप हामी सबैले भोगिरहेको चर्चा गर्दै यस्तो स्थितिमा हाम्रो मौलिक कला संस्कृति जोगाउन गीत/सङ्गीतको क्षेत्र निकै महत्वपूर्ण हुने बताउनुभयो ।
सरिताको काँठे गीत ‘नगर दोमन’
गायक नमराज ढुङ्गाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काँठे गीत ‘नगर दोमन’ सावर्जनिक भएको छ । गीतलाई नवीनबाबु विश्वकर्माले लेख्नुभएको हो । गीतमा सङ्गीत नमराजको रहेको छ । विष्णु तामाङले सङ्गीत संयोजन गर्नुभएको गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
मौलिकता धानेका तिज गीत
हिन्दु नारीहरूको महान् पर्व तिजमा चेलीबेटीका दुःखसुख समेटेर गीत गाउने, नाचगान गर्ने र रमाइलो गर्ने परम्परा पुरानै हो । तिजलाई नै लक्षित गरेर कलाकारले गीत/सङ्गीत सार्वजनिक गर्ने परम्परा पनि नौलो होइन तर पछिल्लो समय गीत/सङ्गीतका नाममा आएको विकृतिले निकट भविष्यमा तिजका वास्तविक गीत कस्ता थिए भनेर भावी पुस्ताले थाहा नपाउँलान् कि भन्ने आशङ्का समेत उत्पन्न हुन थालेको छ । पछिल्लो समय तिजका गीतको नाममा व्यापक विकृति बढे पनि थोरै सङ्ख्यामा रहेका पुराना कलाकारका कालजयी गीतले अहिले पनि उत्तिकै तिजको सान्दर्भिकता र मौलिकता झल्काएको हुन्छ ।
नेपाली भाषामा ‘राजमती’
कालजयी गीत ‘राजमती’ को नेपाली भाषामा पुनः लेखन, सङ्गीत गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सो गीतको नेपाली भर्सन सार्वजनिक गर्नुभएको हो । नेपालका पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कोलकाता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराउनुभएको थियो । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो ।
घरबाट भागेपछि गायिका
दार्चुलामा जन्मिनुभएकी देउडा गायिका दीपा रोकाया गायनमा सक्रिय रही डोटेली भाषाको प्रवर्धन गरिरहनुभएको छ । सङ्गीतप्रतिको मोहले घरसल्लाहबिना घरबाट भागेकी गायिका रोकायाले पहिलो पटक गोरख थापाको शब्दमा गीत गाउने अवसर पाउनुभयो । गायक भुवनप्रकाश बडूसँग ‘देनतरो आइगयो कुरमुरे उज्यारो भइगो’ गाउनुभएको थियो । त्यो गीत जब एफएम रेडियोमा बज्न थालेपछि मात्र परिवारले छोरी गायिका बनेको थाहा पाएका थिए ।
चलचित्र ‘कार्साङ्’को पोस्टर सार्वजनिक
चलचित्र ‘कार्साङ्’को पहिलो पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै प्रदर्शन मिति सङ्केत घोषणा गरेको हो ।
सङ्गीत साधक रविनदासको निधन
शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयाघातका कारण शनिबार राति निधन भएको छ । काठमाडौँ ठमेलस्थित निवासमा श्रेष्ठको निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ । श्रेष्ठका साथी डा. रमेश पोखरेलका अनुसार हिजो बेलुकाबाट नै श्रेष्ठले हल्का असहज महसुस गरिरहनुभएको थियो । एकछिन काम छ भनेर कोठामा छिर्नुभएका श्रेष्ठको त्यहीँ निधन भएको थियो । उहाँकी श्रीमती कोठामा जाँदा श्रेष्ठ ढलिरहनुभएको अवस्थामा पाइएको थियो ।