• ११ पुस २०८१, बिहिबार

‘शाम्बाला’ मा बहुपतिको कथा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ को प्रदर्शन सुरु भएको छ । कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । 

तीन जना दाजुभाइसँग विवाह गरेकी युवती आफू गर्भवती भएको थाहा पाएपछि ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान्लाई खोज्न हिँडेको कष्टकर यात्रा चलचित्रमा देख्न सकिन्छ । निर्देशक मीन भाम र अभिनाशविक्रम शाहले संयुक्त रूपमा चलचित्रको कथा लेख्नुभएको हो । चलचित्र नेपालबाट ओस्कार अवार्डका लागि समेत सिफारिस भएको छ ।  चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ । 

बलिउड निर्देशक राजकुमार हिरानी चलचित्र ‘शाम्बाला’ हेर्न अर्को साता नेपाल आउने जनाइएको छ । निर्देशक भामका अनुसार हिरानी आउने पक्कापक्की नै हो ।

निर्देशक भामले भन्नुभयो, “हिरानीले बर्लिनमै हेर्न खोज्नुभएको थियो, त्यहाँ मिलेन । त्यसैले ‘शाम्बाला’ हेर्न आउन लाग्नुभएको हो ।”