• २ असार २०८२, सोमबार

सूचना प्रविधिको विकासमा तीन तहको सरकारबिच सहकार्य जरुरी : मन्त्री गुरुङ

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा धारणा राख्नुहुँदै ।

काठमाडौँ, असार २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

मन्त्रायले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रूपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो  । 

“यो दिवस देशभर उत्सवका रूपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि थप गतिविधिहरू बढाउन आवश्यक छ”, मन्त्री गुरुङले भन्नुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क(डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । “सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले आइटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटी इन्टर्नसिपका लागि बजेट नै छुट्याएको बताउनुभयो । कार्यक्रममा सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहको सहकार्यमा यस क्षेत्रको विकास गर्न सुझाव दिनुभयो । रासस