स्तर खस्कँदो गाईजात्रा प्रहसन
हास्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । एउटा समय गाईजात्रा आउनु एक महिनाअघिदेखि नै यसको रिहर्सलमा जुट्ने गर्थे तर त्यो अहिले बोलीमा मात्र सीमित भएको छ । कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि टेलिशृङ्खला र गाईजात्राका प्रहसनमा सहभागी छैनन् । गिरीसहित केदार घिमिरे, जितु नेपाल, किरण केसी यस पटक पनि कुनै समूहसँग जोडिएका छैनन् । यस पटक कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को टिम र मनोज गजुरेलको टिमले राष्ट्रिय नाचघर र प्रज्ञा–प्रतिष्ठानमा गाईजात्रा प्रहसन देखाइरहेका छन् । गाईजात्रामा स्टेज सोहरू नभए पनि अधिकांश कलाकारका हँसाउने मसला राजनीतिक र सामाजिक विषय हुने गर्छ । युट्युब च्यानलबाटै भए पनि धेरै जसो कलाकारले देश चलाउने नेता, सांसदका गतिविधिलाई व्यङ्ग्यको तारो हान्दै दर्शकलाई पेट मिचिमिची हँसाउने काममा देखिन्छन् ।
बालन नाच ब्युँझाउँदै युवा
बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् । विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ ।
‘गाईजात्रा’मा दर्शक हँसाउदै हास्य कलाकार
हास्य-व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ । काठमाडौँ कमलादीस्थित प्रज्ञाप्रतिष्ठान र जमलस्थित नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् ।
अनुया भइन् भ्वाइस किड्स
‘भ्वाइस किड्स’ सिजन–३ को उपाधि अनुया तामाङले जित्नुभएको छ । शनिबार आयोजित कार्यक्रममा तामाङले १० लाख रुपियाँ र उपहार प्राप्त गर्नुभएको छ । तामाङ टिम प्रमोद खरेलको प्रतिस्पर्धीका रूपमा हुनुहुन्थ्यो । कोच प्रमोदको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा अन्तिम प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यस्तै कोच छेवाङ लामाको टिमबाट द्वितीका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
चलचित्र ‘नमेटिने घाउ’ शुक्रबारबाट प्रदर्शन हुँदै
तेजाब आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
केकीको ‘माइतै रमाइलो’
नायिका केकी अधिकारी अभिनित मौलिक तिज गीत ‘माइतै रमाइलो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार शीतल कादम्बिनीको शब्द रचना, गायिका माधवी अर्यालको स्वरमा रहेको गीतमा माइतीमा तिज मनाउँदा हुने रमाइलो पक्षलाई चित्रित गरिएको छ । हरि लम्सालद्वारा सङ्गीतबद्ध गीतको भिडियोलाई टुबेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । निकेश खड्का निर्देशित भिडियोमा हरि हुमागाईंको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको छ ।
‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ सार्वजनिक
गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । “हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो ।
‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’
बालगीत ‘हुक्काभित्र ट्वार्र! ट्वार्र!’ को म्युजिक भिडियो शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतमा रामबाबु सुवेदीको शब्द, वसन्त सापकोटाको सङ्गीत र म्युजिक भिडियोमा रामचन्द्र अधिकारीको अभिनय रहेको छ । गीतमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेशा विश्वकर्मा र प्रसन्न तामाङले स्वर दिनुभएको छ । पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, गायक रामेश श्रेष्ठ र बालसाहित्यकार अनन्त वाग्लेले संयुक्त रूपमा भिडियो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले बालबालिकाले यस्ता गीतबाट शिक्षा लिनुपर्ने र अभिभावक पनि सचेत हुने बताउनुभयो ।
अलमलको ‘उलझ’
चलचित्र ‘उलझ’ को कथा पुलिस अफिसर सुहाना भाटिया (जान्हवी कपुर) को हो, जसको परिवार सधैँ देशभक्तिको परम्परा पालना गर्ने आधारमा मात्र चल्ने गर्छ । यसका साथै उनीमाथि नातावादका कारण जागिर पाएको आरोप लगाइन्छ । उनी जासुस भएको र गोप्य सूचना चुहावट गरेको पनि आशङ्का गरिन्छ । अन्ततः जान्हवी यी चिजमा यति फस्छिन् कि उनी आफैँ तिनीहरूलाई सामना गर्न अघि बढ्नुपर्ने अवस्था आउँछ । त्यसैले पनि उनी निकै चिन्तित देखिन्छिन् । उनको यही कामका कारण उनी व्यक्तिगत षड्यन्त्रको सिकार बन्न पुग्छिन् । उनको भविष्य नै धरापमा पर्ने अवस्थामा हुन्छ ।
शुभेच्छाको निःशब्द छायाङ्कनतिर
नायिका तथा निर्देशक शुभेच्छा थापाको निर्देशनमा चलचित्र ‘निःशब्द’ निर्माण गरिने भएको छ । सोमबार काठमाडौँको भद्रकालीमा चलचित्रको शुभमुहूर्त गरिएको थियो । निर्देशक थापाका अनुसार तेस्रोलिङ्गीसम्बन्धी घटना, विषयवस्तुलाई कथामा समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायाङ्कन बिहीबारबाट थालिने छ । चलचित्रमा शुभेच्छा थापा, सरोज दाहाल, उमेश खड्का, समीप निरौला, गोमा केसी, रश्मि भट्ट, सुशीला निरौला, कमल बोहोरा, रमेश ढकाल, गङ्गा गुरुङ, प्रकृति रानामगरलगायत कलाकारको अभिनय रहने जनाइएको छ । चलचित्रको निर्माता उमेश खड्का हुनुहुन्छ । चलचित्रमा देव श्रेष्ठको द्वन्द्व, सौरभ दवाडीको पटकथा, विनोद बरालको छायाङ्कन, शङ्कर विश्वकर्माको नृत्य निर्देशन रहने निर्माण पक्षले जनाएको छ ।
अस्करले चलचित्र निर्माण गर्ने
चलचित्र अध्यापन गर्दै आएको अस्कर कलेजले चलचित्र तथा ‘वेभ सिरिज’ निर्माणसमेत गर्ने भएको छ । अस्कर कलेजको २० औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार सो घोषणा गरिएको हो । कलेजका प्रधानाध्यापक रामराजा दाहालले कलेजबाट दीक्षित विद्यार्थीको सहभागितामा चलचित्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठुलो चिन्ता हुन्छ । त्यसैले कलेजले विद्यार्थीलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोतसाधन उपलब्ध गराउने छ ।”
यमको ‘बाख्रा करायो’
नेपाली आधुनिक गायनमा स्थापित यम बरालले लोकलयमा आधारित गीत ‘बाख्रा करायो’ मा स्वर दिनुभएको छ । गीतमा शान्तिश्री परियारले स्वरमा साथ दिनुभएको छ । गीतमा डिपी खनालको शब्द र यम बरालकै सङ्गीत छ । म्युजिक भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना रानामगरको अभिनय छ ।
तिज गीतमा विकृतिको डङ्गुर
नेपाली गीति परम्परामा तिज गीतको बेग्लै महत्व छ । तिजका बेला माइतीमा भेला भएका महिलाले चोक, चौतारी, देउराली हुँदै घरआँगनमा नाचगान गर्दै तिज गीत गाउने परम्परा हाम्रो हो तथापि तिज गायनमा व्यावसायिक सङ्गीतको प्रवेश भएपछि तिज गीतमा समेत परिवर्तन देखा पर्न थाल्यो । रेडियो, क्यासेट प्लेयर, टेलिभिजन हुँदै अहिले युट्युब च्यानलबाट दर्शक/श्रोतासम्म तिज गीत पुग्न थालेको छ । विश्वव्यापी युट्युब सञ्जालमा तिज आउनु एक महिनाअघि नै अनेक रङ्गढङ्गका गीत ‘अपलोड’ गरिएका छन् । तिनै गीत अहिले चोक, चौतारी र घरआँगनमा घन्किन थालिसकेका छन् ।
भिड्दै छक्कापन्जा–५ र ज्वाइँसाब
हास्य टेलिशृङ्खला तितो सत्यकै समयदेखि हास्यव्यङ्ग्य गतिविधिमा सँगसँगै रहेका दीपकराज गिरी र जितु नेपाल यति बेलाचाहिँ व्यावसायिक भिडन्तको अवस्थामा आइपुगेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गर्दै आएको छक्कापन्जा चलचित्र शृङ्खलाको भाग ३ सम्म दीपक र जितु सँगसँगै थिए ।
सुनिताको ‘नबोल अरूसँग’
साउन लागेपछि लोकगायिकालाई तिज गीत ल्याउने चटारो हुन्छ । तिजमा थुप्रै गीत सार्वजनिक भए पनि केही गीतले मात्रै श्रोता/दर्शकको मन जित्न सफल हुन्छन् । तथापि लोकगायिका सुनिता दुलालले हरेक वर्ष जसो तिज गीत सार्वजनिक गर्दै आउनुभएको छ । गायिका सुनिताले मङ्गलबार ‘नबोल अरूसँग’ गीत सार्वजनिक गर्नुभएको छ । गायिका सुनितालाई लोकगायक खेम सेन्चुरीले गायनमा साथ दिनुभएको छ । सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा प्रियङ्का कार्की, अञ्जली अधिकारी, गम्भीर विष्ट, सुरेश देवललगायतको अभिनय छ । तिज गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीको सङ्गीत रहेको छ ।
रहरैरहरमा कलाकर्ममा व्यस्त रक्षा
‘झिम्के मामा’ नाटकबाट अभिनय थाल्नुभएकी रक्षा थापा छ वर्षदेखि अभिनय कर्ममै हुनुहुन्छ । कक्षा १२ को परीक्षा दिएर बसेको समयमा लहैलहैमा रङ्गमञ्चमा पाइला राख्न पुगेकी रक्षा यतिबेला चाहिँ व्यावसायिक कर्मकै रूपमा जुट्नुभएको छ । रक्षाले झिम्के मामा, कन्नन हरलता, ताप, त्रयम, अङ्कुरन, बत्तीमुनिको उज्यालो जस्ता नाटकमा अभिनय गरिसक्नुभएको छ । चलचित्र क्षेत्रमा पाइला टेकाइसकेकी रक्षाको इच्छा छ, “वर्षमा एउटा भए पनि नाटकमा अभियन गर्ने रहर पुगेको छैन ।”
गायक प्रकाशको निधन
‘मान्छे रैछे खल्ली हजुर अर्कैसँग चली, प्रिय तिम्रै सिउँदोमा सिन्दूर भर्न देऊ...’ लगायत दर्जनौँ चर्चित गीतका गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । गायक तिमिल्सिनाको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि प्रकाशको शव राखिएको थियो । जिल्ला प्रहरीपरिसर, ललितपुरका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका–१८ स्थित आफ्नै कोठामा शनिबार राति ९ बजे मृत भेटिनुभएको हो । प्रहरीपरिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गायक तिमिल्सिना बेहोस अवस्थामा रहेको सूचना पाएपछि पाटन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।
आधा दर्जन बढी तीज गीत सार्वजनिक
आइतबार काठमाडौँको राष्ट्रिय नाचघरमा यस वर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका हुन्।
न्यूयोर्कमा फिल्म 'रीत'काे विशेष शाे
फाल्गुनन्द लिङ्देन फिल्मस प्रा. लि. द्वारा निर्माण गरिएको लिम्बू भाषा संस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ ।
झरीमा पोखरा साहित्यमय
सप्ताहान्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसास्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए ।
मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि सुनीता भुजेललाई
मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि फेसन डिजाइनर सुनीता भुजेलले जित्नुभएकाे छ ।
सांस्कृतिक संस्थानमा दीक्षान्त
रामभजन कामतको लेखन र सबनम सिलवालको निर्देशन रहेको ‘शुभाशिष्’ नाटक मञ्चनसँगै सांस्कृतिक संस्थानबाट दीक्षित ३२ औँ ब्याचको बिदाइ भएको छ । सांस्कृतिक संस्थानबाट गीत/सङ्गीत, नृत्य, तबला वादन, नाटकमा प्रशिक्षण लिएकाको बिदाइ र नयाँ विद्यार्थीको स्वागत शुक्रबार गरिएको छ । शुभाशिष् नाटकमार्फत वैदेशिक रोजगारी र पढ्ने बहानामा विदेशिने नेपाली युवा स्वदेश नफर्कंदा गाउँ, समाजमा वृद्ध नागरिक मात्र बस्नु परेको वर्तमान परिवेशलाई प्रस्तुत गरिएको थियो । नाटकको सुरुवातमा आफ्ना सन्तान युरोप वा अन्य मुलुकमा पठाउन सकेकोमा गौरवसाथ छलफल गर्ने ज्येष्ठ नागरिक नै जीवनको अन्तिम घडीमा सन्तान मोहले धेरै पिरोलिएको दृश्य निक्कै कारुणिक ढङ्गले मञ्चन गरिएको थियो ।
‘नरसिंहाः अवतार’ घोषणा
दिवाकर भट्टराईको निर्देशनमा चलचित्र ‘नरसिंहाः अवतार’ को बिहीबार घोषणा गरिएको छ । निर्देशक भट्टराईका अनुसार नरसिंहाको अर्थ– भगवान् विष्णुको उग्र अवतार हो । नरसिंह रूप यो दस अवतारमध्ये चौथो अवतार हो । नरसिंह नामका अनुसार यस अवतारमा भगवान्को आधा पुरुषको र आधा शरीर सिंहको धारण गरिएको थियो । सो चलचित्रमा कलाकारका रूपमा राजेश हमाललाई मात्र हालसम्म अनुबन्ध गरिएको छ ।
बजारमा ‘बजाउँदै चुरा’
प्रदीपकुमार रसाइलीको निर्देशनमा तिज गीतको भिडियो ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सो गीतमा गीता अधिकारी र सारिका घिमिरेको स्वर रहेको छ । गीतमा योगेश काजी शाहको सङ्गीत, सोमिक गौतमको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारको अभिनय रहेको छ ।