• ११ पुस २०८१, बिहिबार

‘गुन्युचोलो’ तस्बिर फिल्म मार्केटमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । लैङ्गिक अल्पसङ्कयक पारालैङ्गिक पात्रको कथामा निर्माण भएको नेपाली चलचित्र ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टले निर्देशन गर्नुभएको चलचित्र अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको हो ।

जहाँ अमेजन एमजिएम स्टुडियो, पिलर्स फन्ड, ब्लमहाउस एचबिओ, सिएए, क्रिएटिभ ल्यान्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्था पनि सहभागी हुने छन् ।

तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेको बताउनुभयो । उहाँले यस फेस्टिभललाई ओस्कार योग्य रहेको बताउँदै चलचित्र निर्माताका लागि यो महìवपूर्ण अवसर हुने बताउनुभयो । 

नाजिर हुसेनको मुख्य भूमिका रहेको चलचित्रमा उहाँले पारालैङ्गिक महिला (ट्रान्स वुमन) को भूमिका निर्वाह गर्नुभएको छ । यो भूमिका नेपाली सिनेजगत्मा एक साहसी प्रयासका रूपमा हेरिएको छ ।

चलचित्रमा हुसेनका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महìवपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त रूपमा बनेको चलचित्रमा आकाश बुढाथोकी र भिभन्से जानुबोनको लगानी रहेको छ ।