काठमाडौँ, असोज २१ गते । नेपालभाषाका गायक सत्यनारायण मानन्धरको एकल साङ्गीतिक साँझ कीर्तिपुरमा सम्पन्न भएको छ । नेपालभाषा एकेडेमी र विराट नेपालभाषा साहित्य सम्मेलन गुठी भक्तपुरद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा मानन्धरले मल्लकालीन दुई गीतसहित १४ वटा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एकेडेमीका चान्सलर मल्ल के सुन्दर, कवि प्रतिसरा सायमी, विराट गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्य, प्राज्ञद्वय वीरप्रसाद भन्सारी र अमरराज शर्माले गायक मानन्धर र उहाँको गीतका सन्दर्भमा चर्चा गर्नुभएको थियो । मालश्री धुनबाट शुभारम्भ कार्यक्रममा कलाकार सुन्दरकुमार महर्जन, लक्ष्मीप्रसाद डङ्गोल, विजय वज्राचार्य, रघु देव, सञ्जीव मैनाली, प्रदीप श्रेष्ठले वाद्यवादनमा साथ दिनुभएको थियो ।