• १५ वैशाख २०८२, सोमबार

कार्यकक्षमै मेयरमाथि हातपातको प्रयास

blog

पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी ।

अर्जुन काफ्ले 

स्याङ्जा, बैशाख १४ गते । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीमाथि कार्यकक्षमै आक्रमणको प्रयास भएको छ । निर्माण व्यवसायी समेत रहनु भएका  पुतलीबजार नगरपालिका –१ का नेपाली काँग्रेसका कार्यकर्ता अशोक भट्टको समूहले हातपात गर्ने प्रयास गरेको हो । 

भट्टले पालिकाभित्र आफूलाई निर्माणसम्बन्धी काम माग गर्दा नदिएको र पार्टीको क्रियाशील सदस्यको नविकरण नगरी दिएको भन्दै हातपात गर्ने प्रयास गरेको पीडितको गुनासो छ । 

पार्टी सदस्यता नविकरण पार्टी कार्यालयमा हो गर्ने यहाँ जनताको काम गर्ने हो भन्दा भट्टसँग गत शुक्रबार पनि कार्यकक्षमै भनाभन भएको स्थानीयको भनाइ छ । आइतबार पुनः कार्यकक्षमा भट्टले हातपात गर्ने प्रयास गरेका छन् । 

मेयरमाथि हातापातको प्रयास गर्ने भट्ट फरार रहेको बताइएको छ । मेयर रेग्मीले आफू कानुनी उपचारमा जाने बताउनुभयो । भट्टले मेयरलाई हातपातको प्रयास गर्दा नगर प्रहरीले उनलाई कार्यकक्ष बाहिर निकालेका थिए । सोपछि भट्ट फरार छन् ।