सल्यानमा दुई अस्थायी मतदानस्थल र तीन केन्द्र निर्धारण
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सल्यानमा दुई अस्थायी मतदानस्थल र तीन मतदान केन्द्र निर्धारण गरिएको छ ।
निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
यी सवारीसाधनलाई पास आवश्यक पर्दैनः आयोग
निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ ।
धिमाल संग्रहालयमा ओली, अन्य उम्मेदवार पनि घरदैलोमा
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धिमाल संग्रहालयको अवलोकन गर्नुभएको छ । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा रहनुभएका ओली दमक –९ स्थित धिमाल संग्रहालय पुग्नुभएको हो ।
विकासमा नेतृत्व गरेको भन्दै अध्यक्ष ओलीलाई अभिनन्दन
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दमक –२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ । विकास निर्माण र राष्ट्रियताका पक्षमा लिएको अडान र अगुवाइको उच्च सम्मान गर्दै उहाँलाई अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ ।
किसानलाई समयमै मल र युवालाई स्वदेशमै रोजगारी दिने कांग्रेसको सङ्कल्प
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन, रोजगारी र कृषि क्षेत्रको सुधारलाई केन्द्रमा राख्दै सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्नुभएको छ।
निर्वाचन पर्यवेक्षणमा चार हजार पर्यवेक्षक
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको अनुगमनका लागि चारवटा स्वतन्त्र निकायले चार हजार निर्वाचन पर्यवेक्षक खटाउने भएका छन् ।
सुशासन कायम गर्न कांग्रेसले कठोर निर्णय लिनैपर्छ : उपसभापति शर्मा
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसका वर्तमान सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविन गरेर सुशासनको सुरुवात गर्ने बताउनुभएको छ।
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
गत माघ दोस्रो साता परेको हिमपातपछि अवरुद्ध बनेको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५, हिल्सा सडक खण्ड र वडा-६ मा पर्ने न्यालु सडक खुलाउनका लागि काम सुरु भएको छ ।
नेपाल सेनाद्वारा सप्तरीका मतदान स्थलमा एकैसाथ गस्ती
प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल सेना अन्तर्गत राजविराजस्थित बरख गणले सप्तरीका २९६ वटै मतदान स्थलमा एकैसाथ सुरक्षा गस्ती तथा निगरानी अभ्यास तीव्र बनाएको छ।
मकवानपुरका दुई स्वतन्त्र उम्मेदवारले बैँक खाता खोलेनन्
प्रतिनिधि सभा सदस्य निर्वाचन आउन पाँच दिन बाँकी रहँदा पनि मकवानपुरका दुई स्वतन्त्र उम्मेदवारले निर्वाचन खर्चका लागि अनिवार्य छुट्टै बैँक खाता खोल्न बाँकी छ।
मौन अवधिमा विशेष निगरानी : आयुक्त राणा
निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताउनुभएको छ ।
रौतहटका ७७ उम्मेदवारले निर्वाचन बैँक खाता खोलेनन्
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटका चारवटै निर्वाचन क्षेत्रका ७७ जना उम्मेदवारले हालसम्म निर्वाचन प्रयोजनका लागि बैँक खाता खोल्न सिफारिससमेत नलिएको खुलेको छ।
चुनाव आउँदा पनि रित्तै छ धारापानी, जनताले आश्वासन पनि सुन्न पाएनन्
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ ।
मुख्य दलबिच नै प्रतिस्पर्धा
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रचारप्रसारलाई तीव्रता दिएका छन् । एउटा क्षेत्र मात्र रहेको सोलुखुम्बुमा १२ दलले उम्मेदवारी दिएका छन् । ती दलमध्ये प्रमुख दल
निर्वाचनका लागि झापामा तीन दिन सीमा नाका बन्द
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दसगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुनसरी क्षेत्र नं. २ उम्मेदवारमा अधिकांश नयाँ अनुहार
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा प्रायः नयाँ उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । समानुपातिकबाट संसद् भएकादेखि प्रदेश सभा सदस्य भएका नेता पुरानो भए पनि प्रतिनिधि सभाको
मुस्ताङका दुई मतदान केन्द्रमा सतप्रतिशत महिला कर्मचारी
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको दुई मतदान केन्द्रमा मतदान अधिकृतसहित सतप्रतिशत महिला कर्मचारी खटिाइएको छ ।
गाउँ गाउँमा सांस्कृतिक कार्यक्रम
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यहाँका गाउँसहर चुनावमय बनेका छन् । राजनीतिक दलका उम्मेदवारले गाउँकेन्द्रित कार्यक्रम गर्न थालेपछि अहिले गाउँघरमा चुनावी रौनकता छाएको छ ।
सुशासन र विकासको मागमा रुपन्देही–४ का मतदाता
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नं. ४ का मतदाताले आफ्ना प्राथमिकता र अपेक्षा स्पष्ट रूपमा व्यक्त गर्न थालेका छन्।
आरोपप्रत्यारोपबिना नै प्रतिस्पर्धामा दल
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर जिल्लामा दलहरूबिच आरोपप्रत्यारोपबिना नै चुनावी प्रतिस्पर्धा भइरहेको छ । विगतमा विभिन्न मुद्दा उठाएर राजनीतिक दलले एकअर्काको आलोचना गर्ने गरेका थिए । यस पटक भने त्यस्तो प्रचलन हटेको छ ।
ढुक्क भएर मतदान गर्न आग्रह
गृहमन्त्री ओमप्रकाश अर्यालले शान्तिसुरक्षा मजबुत रहेकाले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । स्वतन्त्रपूर्वक ढुक्क भएर मतदान गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
आयोगमा एक हजार उजुरी, उनान्सय प्रतिशत फर्स्योट
निर्वाचन आचारसंहिता उल्लङ्घन घटनाका सम्बन्धमा निर्वाचन आयोगको केन्द्र र जिल्लास्तरमा प्राप्त उजुरीमध्ये ९९ प्रतिशत उजुरी फस्र्योट भएको छ । आयोगका अनुसार आचारसंहिता लागु भएपछि जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कुल एक हजार ७६ वटा उजुरी परेको थियो । त्यसमध्ये एक हजार ६१ वटा अर्थात ९९ प्रतिशत) फस्र्योट भएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिनुभयो ।
नवचेतनाले उपलब्धि समृद्ध बनाउने समय
संविधानको प्रभावकारी कार्यान्वयन र प्राप्त उपलब्धि रक्षा, सुशासन र आर्थिक रूपान्तरणका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि छ दिन बाँकी छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नवयुवाले उठाएका मुद्दा सम्बोधनसँगै देशलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउने कार्यभार पूरा गर्न ताजा जनादेशका लागि नागरिकले मतदान गर्ने भएका हुन् ।