एमाले कालीकोटबाट शाही सिफारिस
नेकपा एमाले कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
‘निर्वाचन व्यवस्थापन राष्ट्रप्रतिको दायित्व’
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन व्यवस्थापन प्राविधिक कार्य मात्र नभई राष्ट्रप्रतिको दायित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धता भएकाले सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।
एक लाख ३९ हजार निर्वाचन प्रहरीको भर्ना खुला
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी)को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन सूचित गरेको हो ।
पूर्वमन्त्री विश्वकर्मा एकल सिफारिस
आगामी फागुक २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कालीकोट जिल्लाबाट नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को एकल उम्मेदवार सिफारिस हुनुभएको छ ।
राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभा निर्वाचन : मधेशबाट चार सिटका लागि ११ जनाको उम्मेदवारी दर्ता
मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार जनकपुरधाममा शान्तिपुर्णरुपमा मनोयन पत्र दर्ता कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय सभा निर्वाचन : ४४ जनाको उम्मेदवारी
२०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा ४४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेस उम्मेदवार थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको छ।
गण्डकीमा गठबन्धन, नेकपा र जनमोर्चाबाट उम्मेदवारी
नेपाली कांग्रेस र एमालेले गठबन्धन गरी एकल उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी दिएका छन्।
यी हुन् प्रमुख दलका राष्ट्रिय सभा उम्मेदवार
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ।
कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा सदस्य उम्मेदवार
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।
३६ हजार चार जना मतदाता थपिए
सुनसरीमा अगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पाँच लाख ८० हजार ९४५ मतदाता मतदान गर्ने भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
उपल्लो मुस्ताङको १६ मतदान स्थलको निरीक्षण
मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र सुरक्षाका लागि अनुगमनलाई तीव्रता दिइएको छ ।
ताप्लेजुङका २८ मतदान स्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यका लागि तोकिएका ताप्लेजुङका २८ वटा मतदान स्थल अतिसंवेदनशील सूचीमा रहेका छन् ।
गण्डकीमा राष्ट्रिय सभा चुनाव : २२९ मतदाता, ६३५७ मतभार
थिल्लो सदन राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम बुधबार देशका सातै प्रदेशमा उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकी प्रदेशबाट दुई सदस्यका लागि निर्वाचन हुँदै छ ।
राष्ट्रियसभा सदस्यको उम्मेद्वारी मनोनयन आज
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ ।
‘सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताउनुभएको छ।
शान्ति सुरक्षलाई भरपर्दो र बलियो बनाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ।
बर्दियामा तीन लाख २३ हजार मतदाता
बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्।
निर्वाचन आचारसंहितामा दण्डात्मक व्यवस्था
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले चुनावी आचारसंहितालाई सुधारात्मकसँगै दण्डात्मक विषय पनि समेटेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकमा कार्यवाहक प्रमुख भण्डारीले विगतमा आचारसंहितालाई बढी नैतिकतासँग जोडिए पनि अहिले कानुन अनुसारका दण्डात्मक व्यवस्थालाई पनि समेटिएको बताउनुभएको हो ।
प्रविधिको दुरुपयोग रोक्न आयोगले सबै संयन्त्र प्रयोग गर्ने
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिको दुरुपयोग रोक्न सबै निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।
कार्यालय प्रमुखहरुलाई निर्वाचन लक्षित निर्देशन : जिल्ला नछाड्नु, गाडी दुरुस्त राख्नु
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सर्लाहीमा कार्यालय प्रमुखहरूलाई जिल्ला नछाड्न र छाड्नुपर्दा अनिवार्यरूपमा प्रमुख जिल्ला अधिकारी ( सिडिओ) सँग अनुमति लिन निर्देशन दिइएको छ ।
बाजुराबाट ११ जनाको नाम सिफारिस
नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट ११ जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ ।
एमालेबाट बागलुङ–१ मा तीन र २ मा एक जना सिफारिस
नेकपा (एमाले) बागलुङले बागलुङ क्षेत्र नं. १ मा तीन जना र क्षेत्र नं. २ मा एक जनाको नाम सिफारिस गरेको छ ।