शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा जारी मतगणनामा रास्वपा र कांग्रेसबिच कडा टक्कर भएको छ ।
३८ हजार ३०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा र नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलबिच जम्मा १४४ मतान्तर रहेको छ ।
शर्माले १० हजार २६० मत प्राप्त गर्दा कांग्रेसका पौडेलले १० हजार ११६ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नम्बर २ मा अझै ९ हजार २२३ मत गणना गर्न बाँकी छ । यसैगरी नेकपाका ज्ञामनाथ गैरेले ८ हजार ७५५ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसेले ५ हजार ६०९ मत प्राप्त गर्नुभएको छ ।