पर्सा २ मा रास्वपाका कानु विजयी
पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार सम्पन्न भएको छ ।
इलाम–२ मा एमाले सुहाङको अग्रता कायमै
इलाम–२ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ । नेम्वाङले अहिलेसम्ममा दश हजार ९१९ मत प्राप्त गर्नु भएको छ ।
कास्की १ मा रास्वपाका पौडेल विजयी
कास्की क्षेत्र नम्बर १ मा ठुलो मतान्तरसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खड्कराज पौडेल (गनेस) विजयी हुनुभएको छ । पौडेलले ३९ हजार आठ सय ८३ मतसहित विजय हाँसिल गर्नुभएको हो ।
बारा–४ मा रास्वपाका रहबर अन्सारी विजयी
प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी विजयी हुनुभएको छ।
कपिलवस्तु ३ मा कांग्रेसका शाहको अग्रता कायमै
कपिलवस्तु क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।
डडेल्धुरामा रास्वपाका डा. जोशी चार हजार मतले अगाडि
नेपाली कांग्रेसको किल्ला मानिने डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता कायमै रहेको छ । २०४८ सालपछि पहिलो पटक नयाँ उम्मेदवार बनाएको कांग्रेस रास्वपाका उम्मेदवार भन्दै निकैपछि पर्नु भएको छ ।
डोटीमा कांग्रेसका खड्का ७८७ मतान्तरले विजयी
डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
सुनसरी–१ मा हर्कराज राईको अग्रता कायमै
सुनसरी निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मतगणना अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ)ले अग्रता कायमै रहेको छ ।
गुल्मी २ मा रास्वपाका पन्थी विजयी
गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उपाध्यक्ष गोकर्णराज बिष्टलाई ४९६ मतान्तरले पछाडी पार्दै जित हासिल गर्नुभएको हो ।
धनकुटामा एमालेका राजेन्द्र राईको अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिनुभएको छ । श्रम संस्कृति पार्टीका सानबहादुर राईलाई तीन हजार ३३२ मतलेपछि पार्दै एमालेका राईले अग्रता लिनुभएको हो ।
बागलुङ २ मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । शर्माले १२ हजार ६४७ मत लिएर विजयी हुनुभएको छ ।
रूपन्देही-२ मा रास्वपा सुलभ खरेल विजयी
रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले भारी मतान्तरसहित विजयी बन्नुभएको छ ।
कपिलवस्तु २ मा रास्वपाका थापाको अग्रता
कपिलवस्तु क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिइएको छ ।
देश र जनतालाई सर्वोपरि राख्ने : ईश्तियाक राई
बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले देश र जनतालाई सर्वोपरि राखेर काम गर्ने जनाउनु भएको छ ।
बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी
बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनार निर्वाचित हुनुभएको छ ।
पर्सा १ मा रास्वपाका बुद्धिबहादुर पन्त विजयी
पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार बिहान सम्पन्न भएको छ ।
बागलुङ १ मा रास्वपाका खड्का निर्वाचित
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशिल खड्का निर्वाचित हुनुभएको छ ।
धादिङका दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा मतगणना जारी रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणामअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अग्रस्थानमा देखिएका छन् ।
ललितपुर–१ रास्वपाका महर्जन विजयी
ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि देखिएको छ ।
रौतहट ४ मा रास्वपाका पौडेल दोब्बर मतले अगाडि
रौतहट क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलको अग्रता बढाउँदै जानुभएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाभन्दा दोब्बर बढी मतान्तरले अगाडि रहनुभएको छ ।
दाङ–३ मा रास्वपाका सुवेदी १९ हजार मतले अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. ३ को पछिल्लो मतगणना परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सुवेदीले आफ्नो प्रतिस्पर्धीभन्दा करिब १९ हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ ।
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भारी मतान्तरसहित अगाडि बढिरहनुभएको छ ।
स्याङ्जा २ : एमालेका थापा १६ सय मतान्तरले अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा नेकपा(एमाले)का उम्मेदवार खिमबहादुर थापाले अग्रता लिइ रहनुभएको छ ।