दीपकप्रसाद गौतम
वीरगन्ज (पर्सा), फागुन २३ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुसिल साह कानुले १८ हजार ८५० मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियालाई पछि पार्दै विजयी हुनुभएको छ ।
रास्वपाका उम्मेदवार कानुले ३० हजार ७४० मत ल्याएर प्रतिद्वन्द्वीलाई १८ हजार ८४० मतको फराकिलो मत अन्तरले विजयी हुनुभएको हो ।
निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ल्याउनु भएको ११ हजार ८९० मतभन्दा बढी मत अन्तरले पछि पार्दै रास्वपाका उम्मेदवार कानु विजयी हुनु भएको हो ।
पर्साका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार नेकपा एमालेकी उम्मेदवार रिमाकुमारी यादव ११ हजार ६ सय ५ मत प्राप्त गरी तेश्रो स्थानमा हुनुहुन्छ ।
योसँगै पर्सामा रहेका ४ निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनुभएको छ भने बाँकी क्षेत्रमा पनि रास्वपा कै उम्मेदवार अगाडि रहनुभएको छ ।