शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष दहित
दाङ, फागुन २३ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दाङ निर्वाचन क्षेत्र नं. ३ को पछिल्लो मतगणना परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कमल सुवेदीले आफ्नो प्रतिस्पर्धीभन्दा करिब १९ हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ ।
पछिल्लो मतगणनाअनुसार रास्वपाका सुवेदीले २६ हजार ८७७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले ७ हजार ६४८ मतसहित पछ्याइरहनुभएको छ ।
यस्तै, नेकपा (एमाले) का उम्मेदवार घनश्याम पाण्डेयले ६ हजार ३६ मत पाउनु भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धनबहादुर मास्कीले ३ हजार ७६२ मत प्राप्त गर्नुभएको छ । हाल मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।