• २३ फागुन २०८२, शनिबार

रौतहट ४ मा रास्वपाका पौडेल दोब्बर मतले अगाडि

blog

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रौतहट –४ का उम्मेदवार गणेश पौडेल । तस्बिर– प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, फागुन २३ गते ।
रौतहट क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेलको  अग्रता बढाउँदै जानुभएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाभन्दा दोब्बर बढी मतान्तरले अगाडि रहनुभएको छ ।

शनिबार बिहान ८ः३० बजेको मतपरिणाम अनुसार रास्वपा उम्मेदवार पौडेल नेपाली कांग्रेसका उम्मेदवार तिमल्सिनाभन्दा ११ हजार ५२४  मतले अगाडि हुनुहुन्छ ।

४० हजार ८८३ मतको गणना गर्दा पौडेलले १९ हजार ८८५  मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत उद्धव ढोडारिले जानकारी दिनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाले आठ हजार ३६१  मत, नेपाली कम्युनिष्ट  पार्टीका उम्मेदवार रामकुमार भट्टराइले छ हजार ४३६ मत, नेकपा एमालेका उम्मेदवार रामजी साह सोनारले एक हजार ८५९ मत पाउनु भएको छ ।
यस्तै, जनता समाजवादी पार्टी नेपालका राजकुमार दास तत्माले ६९७ मत, आम जनता पार्टीका उम्मेदवार ऋषि राज धमलाले २९६ मत, जनमत पार्टीका उम्मेदवार राम कल्याण राउतले १८१ मत पाउनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रौतहट ४ मा ७३ हजार ३९७ मत खसेको थियो ।