• १६ चैत २०८२, सोमबार

बागलुङ–१ मा जीतको नजिक रास्वपाका खड्का

blog

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ निर्वाचन क्षेत्र न.१ का उम्मेदवार सुशील खड्का । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २३ गते ।
सुरुवाती चरणबाटै मतान्तर बढाउदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई सात हजार ५९९ मतले पछाडि पार्नुभएको छ । १० हजार मत गन्न बाँकी रहँदा खड्काले भारी मतान्तरले अग्रता लिएका कारण खड्का जित नजिक पुग्नुभएको छ ।

हालसम्म गणना गरिएको जम्मा ३९ हजार ३४३ मतमा रास्वपाका खड्काले कांग्रेसका श्रीसलाई सात हजार ५९९ मतले पछाडि पार्नुभएको छ । खड्काले १६ हजार ६६६ मत प्राप्त गर्नुभएको थियो ।  

यस्तै, नेपाली कांग्रेसका श्रीसले नौ हजार ६७ मत प्राप्त गर्नुभएको छ । यस्तै, हिराबहादुर केसीले सात हजार ७४९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, राजमोका कृष्ण अधिकारीले तीन हजार ५३७ मत र राप्रपाका कल्याण विक्रम आचार्यले ३६१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।