शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाबुराम शर्मा
दोलखा, फागुन २३ गते । दोलखामा अहिलेसम्म भएको मतगणना अनुसार सुरुदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेलको सात हजार ७१० मत ल्याएर सुरुवाती अग्रता कायमै रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार २२ हजार ५९६ मत गन्दा रास्वपाका खरेल फराकिलो मतले अग्रपङ्तीमा हुनुहुन्छ ।
प्राप्त नतिजा अनुसार ताराको चार हजार १६०, सूर्यको पाँच हजार ४१० र रुखको तीन हजार १९६ मत आएको छ । ८४ हजार ४८१ मत खसेकोमा अब ६१ हजार ८८५ मत गणना हुन बाँकी रहेको छ । यहाँ १४ दल १९ स्वतन्त्र उम्मेदवार रहेका छन् ।