तनहुँ–२ मा रास्वपाका न्यौपाने भारी मतान्तरले विजयी
तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपाने भारी मतान्तरका साथ विजयी हुनुभएको छ ।
प्यूठानमा रास्वपाका सुशान्त वैदिक विजयी, एमाले नेता सूर्य थापा परािजत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्यूठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिक निर्वाचित हुनुभएको छ ।
मोरङ-१ मा रास्वपाका यज्ञमणि न्यौपाने विजयी
मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ ।
ताप्लेजुङमा एमालेका क्षितिज थेवे विजयी
ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बूलाई फराकिलो मतान्तरले पराजित गर्दै थेवे विजयी हुनु भएको हो ।
पाल्पा–१ मा कांग्रेसका उम्मेदवार राना विजयी
पाल्पा–१ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सन्दीप राना विजयी हुनुभएको छ । १८ हजार ३३६ मतसहित राना विजयी हुनुभएको हो ।
चितवन १ मा रास्वपाका ढकाल निर्वाचित
चितवन १ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका हरि ढकाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । उहाँको जितसगैँ चितवनमा रास्वपाले क्लिनस्विप हानेको छ ।
बालेनलाई ओलीको बधाई– तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)लाई बधाई दिनुभएको छ ।
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त वैदिक विजयी हुनुभएको छ ।
विजय नजिक रास्वपाका सिंह, कांग्रेस सभापति थापा आठ हजार मतले पछाडि
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंह विजयोन्मुख हुनुभएको छ ।
झापा–३ मा रास्वपाका प्रकाश पाठक विजयी
झापाको क्षेत्र नम्बर–३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित भारी मतले विजयी हुनुभएको छ ।
कैलाली ३ मा रास्वपाका जोशी बिजयी
प्रतिनिधिसभा कैलाली क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगतप्रसाद जोशी विजयी हुनुभएको छ । जोशीले २० हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
रुपन्देही–१ मा रास्वपा महामन्त्री सुनिल विजयी
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी हुनुभएको छ ।
दैलेख–२ मा एमालेको पोखरेल विजयी
दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
इलामको दुवै क्षेत्रमा एमालेको बढ्दै अग्रता
इलाम –२ मा जारी मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुुभएको छ । नेम्वाङले अहिलेसम्म १५ हजार ६२८ मत प्राप्त गर्नुभएको छ ।
रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी हुनु भएको छ ।
पूर्वमन्त्री आलेलाई फापेन कैलाली
पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित हुनु भएको छ । कैलाली क्षेत्र ५ मा उहाँ पराजित हुँदै तेस्रो स्थानमा खुम्चिनु भएको हो ।
एमाले अध्यक्ष ओलीलाई भारी मतले हराउँदै झापा–५ मा रास्वपाका बालेन्द्र शाह विजयी
अन्तिम मत परिणामअनुसार बालेन्द्र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराउँदै रास्वपाका वरिष्ठ नेता शाह विजयी हुनु भएको हो ।
डडेल्धुरामा रास्वपाका डा. जोशी विजयी
डडेल्धुरा जिल्लाले ३४ वर्षपछि संसदमा नयाँ अनुहार पाएको छ । २०४८ साल यता भएका सात वटै निर्वाचनमा नेपाली कांग्रेसबाट पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भइ निर्वाचित हुँदै आउनुभएको थियो ।
सर्लाही–२ मा रास्वपाका रबिन विजयी
सर्लाही क्षेत्र नं.–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रबिन महतो निर्वाचित हुनुभएको छ ।
कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक विजयी
कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका अभिषेक प्रताप शाह विजयी हुनुभएको छ । शाह २३ हजार ५३५ मत ल्याएर विजयी हुनुभएको हो ।
मतदाता भेटघाट अभियानमा पूर्व सञ्चारमन्त्री गुरुङ
प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेकै बेला नेकपा (एमाले) दोलखाका उम्मेदवार एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मतदातालाई धन्यवाद दिने अभियान सुरु गर्नुभएको छ ।
मुगुमा मत गणना सुरु
मुगुमा शनिबार दिउँसोदेखि मत गणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत मीनबहादुर कुँवरले बिहीबार निर्वाचनको मत गणना शनिबार ४:०० बजेबाट सुरु भएको जानकारी दिनुभयो ।
दलहरू रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ
नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले विगतमा पार्टीको तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षाअनुसार रूपान्तरण भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सिन्धुली–१ बाट रास्वपाका कार्की विजयी
प्रतिनिधिसभा सदस्य निर्बाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनेन्द्रबहादुर कार्की १६ हजार ६५९ मत प्राप्त गरी विजयी बन्नु भएको छ ।