नवलपरासी–१ मा रास्वपाका खनाल निर्वाचित
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।अन्तिम मतपरिणाम अनुसार खनालले ४५ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
काभ्रेपलाञ्चोक–१ मा रास्वपाका चौलागाईं विजयी
प्रतिनिधि सभा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुनु भएको छ ।
उदयपुर २ मा रास्वपाका तामाङ विजयी
उदयपुरको क्षेत्र नं –२ मा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सूर्यबहादुर तामाङ विजयी हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तामाङले १४ हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
शिक्षा स्वास्थ्य,कृषिमा आमूल परिवर्तन पहिलो प्राथमिकता
रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित हुनु भएका रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरीले क्षेत्रमा आमूल परिवर्तनको लागि आफु अहोरात्र खटिने बताउनुभएको छ ।
पाँचथरबाट कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित
पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित हुनुभएको छ। उहाँले श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो।
कञ्चनपुर–१ बाट दोब्बर मतान्तरले रास्वपाका धामी विजयी
कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट दोब्बरभन्दा बढी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता जनक सिंह धामी विजयी हुनुभएको छ ।
धनकुटामा राजेन्द्र राई विजयी
धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी हुनुभएको छ । शनिबार राति सम्पन्न भएको मतगणनामा १८ हजार १३२ मतसहित राई विजयी हुनुभएको हो ।
गुल्मीमा आजबाट समानुपातिकतर्फको मतगणना हुने
गुल्मीमा आजबाट प्रतिनिधि सभा समानुपातिक तर्फको मतगणना हुने भएको छ । बिहान १० बजेबाट समानुपातिकतर्फ क्षेत्र नम्बर १ को मत जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को मत रेसुङ्गा बहुमुखी क्याम्पसमा गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ।
सिन्धुपाल्चोक–१ मा रास्वपाका भरत विजयी
सिन्धुपाल्चोक क्षेत्र नं.१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरत प्रसाद पराजुलीले २४ हजार ४१२ मत ल्याई सङ्घीय सांसदमा निर्वाचित हुनुभएको छ ।
सिरहा–४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित
सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार अजयशंकर नायकलाई २८ हजार २३८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।
सल्यानमा नेकपाका मल्ल विजयी
सल्यानबाट प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुनुभएको छ ।
प्रतिनिधि सभा मतपरिणाम : रास्वपा दुई तिहाइनजिक
प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ८१ क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने अर्थात् प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रहेका १६५ क्षेत्रमध्ये १६३ क्षेत्रको मतगणना हुँदा ९२ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको हो ।
दाङमा रास्वपाको ‘क्लिन स्विप’
दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो ।
रौतहट २ मा कांग्रेसका मो. फिरदोश आलम विजयी
रौतहट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम २९ हजार ५२८ मत ल्याई विजयी हुनु भएको छ ।
सर्लाही ४ मा अमरेश चौँथो पटक निर्वाचित
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ ।
प्रस्तावित प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री पराजित
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साढे पाँच दशक लामो राजनीतिक विरासतलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) विजयी हुनुभएको छ । रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन ऐतिहासिक नतिजा निकाल्दै संसदीय राजनीतिमा झापाबाट उदाउनुभएको छ ।
उपत्यकाका पन्ध्र वटै क्षेत्रमा रास्वपा निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका १० ललितपुरका तीन र भक्तपुरका दुई निर्वाचन क्षेत्र रास्वपाले जितेको हो ।
उदयपुर–२ मा रास्वपा विजयी
उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याउनुभयो । यसैगरी नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २१०, नेपाली कम्युनिष्ट पार्टीका सुरेशकुमार राईले ५हजार १९७ तथा श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १३९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।
धनुषा–४ मा रास्वपाका महतो विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो ।
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्नालाई तेस्रो जित
प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।
धनकुटामा एमालेका राजेन्द्रकुमार राईलाई जितको ह्याट्रिक
धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । राईले १८ हजार १३२ मत प्राप्त गरी विजयी हुनुभएको हो।
बारा १ बाट रास्वपाका गणेश धिमाल निर्वाचित
बारा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार गणेश धिमाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
सिरहा २ बाट रास्वपाका शिव शङकर यादव विजयी
सिरहा निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजानिक भएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव शङकर यादव निर्वाचित हुनु भएको छ ।
झापा-१ बाट रास्वपाकी निशा डाँगी भारी मतान्तरले विजयी
बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी ठुलो मतान्तरसहित विजयी हुनुभएको छ । शनिबार राति सम्पन्न मतगणना अनुसार डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्नुभएको छ ।