शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यादवराज पुरी
रौतहट, फागनु २४ गते । रौतहट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम २९ हजार ५२८ मत ल्याई विजयी हुनु भएको छ ।
उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहलाई ११ हजार ०८६ मतान्तरले पराजित गर्नुभएको हो । पराजित साहले १८ हजार ४४२ मत प्राप्त गर्नु भएको निर्वाचन क्षेत्र नम्बर २ मुख्य निर्वाचन अधिकृत सिताराम खड्काले जानकारी दिनुभयो ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले नौ हजार ३२५ र जनता समाजवादी पार्टीका उम्मेदवार रामआशिषराय यादवले दुई हजार ९६० मत पाउनु भएको छ ।