• २३ फागुन २०८२, शनिबार

सर्लाही–२ मा रास्वपाका रबिन विजयी

blog

विजेता रबिन महतो ।

जनार्जन खत्री

सर्लाही, फागुन २३ गते । सर्लाही क्षेत्र नं.–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रबिन महतो निर्वाचित हुनुभएको छ । 

महतो मधेशका शिर्ष नेताहरु महेन्द्र राय यादव र राजेन्द्र महतोलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा अनुमोदित हुनुभएको हो । उहाँ ४२ हजार ५१२ मत प्राप्त गर्दै बिजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

महतो नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का महेन्द्र राय यादवलाई ३३ हजार ९८९ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बन्नुभएको हो । दोस्रो हुनुभएका निवर्तमान प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले आठ हजार ५२३ मत प्राप्त गर्नुभएको छ । 

सर्लाही–२ मा तेस्रो हुनुभएका नेपाली कांग्रेसका डा. सरोज कुमारले सात हजार ३९ मत प्राप्त गर्नुभएको छ । यहाँ राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाँच हजार ९९२ मत प्राप्त गर्नुभएको छ । 

सर्लाही–२ बाट यसअघि विभिन्न मधेशवादी दलमा रही अहिले नेकपामा रहनुभएका महेन्द्र राय यादव बारम्बार निर्वाचित हुँदै आउनुभएको थियो ।