प्रश्न नउठ्ने गरी विश्वविद्यालयको नेतृत्व नियुक्ति गर्नुपर्छ : महामन्त्री थापा
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिनुभएको छ ।
जहाँ विद्यार्थी दिसा पिसाब गर्न जङ्गल छिर्छन् !
जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट नजिकै भएर पनि कमलामाई नगरपालिका–४ स्थित ढाँडे र ढकालगाँउ शिखर दुर्गम गाउँको रूपमा परिचित छ ।
शिक्षा सुधारका लागि विशेष रणनीति कार्यान्वयन गर्दै डुडुवा
बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरीयतासँगै विकासका लागि रणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।
सबैले सम्झिने प्रधानाध्यापक, चालिस वर्ष एउटै विद्यालय
चालिस वर्षको लामो समय एउटै विद्यालयमा खर्चेर विद्यालयलाई एउटा आकर्षक र नमुना विद्यालय बनाएका प्रधानाध्यापक हुन विष्णुप्रसाद पनेरु । चन्द्रागिरि नगरपालिका–१३, पुरानो नैकापमा रहेको कङ्काली माध्यमिक विद्यालयको लामो इतिहास छैनभन्दा पनि हुन्छ ।विगत ४० वर्ष अगाडि चार जना विद्यार्थीसहित स्थापना भएको यस विद्यालयमा अहिले करिब नौ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०४० साल कात्तिक ७ गते यस विद्यालयको स्थापना भएको हो । जहाँ स्थापनाकालदेखि नै विद्यालयको प्रधानाध्यापकका रूपमा विष्णुप्रसाद पनेरु हुनुहुन्छ । विद्यालय अति नै राम्रो समुदायले रुचाउने बनेको छ । यस विद्यालयमा नमुना कार्यक्रम पनि सञ्चालन हुँदै आइरहेको छ । यस विद्यालयमा विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने कार्यक्रम पनि सञ्चालनमा छ ।
आर्थिक परिवर्तनको मेरुदण्ड शिक्षा : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक परिवर्तनको मेरुदण्ड नै शिक्षा हो भन्नुभएको छ ।
विश्व निकेतनको ७८ औं वार्षिकोत्सव
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयले ७८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा विद्यालयले हालै विविध कार्यक्रमको आयोजना गरेको छ।
‘बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका’
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द
स्वामीकार्तिक खापर–१ रुडीस्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताउनुभयो ।
केयूमा विद्यार्थी भर्नादर १५ प्रतिशतले बढ्यो
नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशिने क्रम बढे पनि काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) मा पछिल्लो दुई वर्षदेखि विद्यार्थी भर्नादरमा वृद्धि भएको छ ।
नेपालमै छाप्न थालियो हुलाक टिकट
नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि धनगढीमा आजबाट चैतन्य स्टिम वर्कसप सुरु भएको छ ।
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ । विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो ।
सर्लाहीका मूर्तिकार सरस्वतीको मूर्ति बनाउन व्यस्त
विद्याकीदेवी सरस्वतीको पूजा नजिकिएसँगै सर्लाहीका कालिगड (मूर्तिकार) लाई सरस्वतीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । वसन्तपञ्चमी अर्थात सरस्वती पूजाको दिनका लागि यहाँका कालिगडलाई विभिन्न किसिमका मूर्ति बनाउन भ्याइनभ्याइ भएको हो ।
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइनमा
त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् ।
नेपाललाई उच्चशिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्नुहुँदै उहाँले त्यस्तो बताउनुभएको हो ।
आत्मविश्वासी पूजा
पछिल्लो समयका बालबालिका अभिभावकसँग यति परनिर्भर हुन पुगेका छन् कि जीवन चलाउन अति आवश्यक पर्ने सानातिना जीवनोपयोगी सिप पनि जान्दैनन् । कक्षा १० मा पढ्ने आफ्ना बच्चालाई खाना खुवाइदिनुपर्ने कुरा पनि अभिभावक लाजै नमानी भनिरहेका हुन्छन् । तर ओखलढुङ्गा लिखु गाउँपालिका स्थायी घर भई हाल कालीमाटीमा बसोबास गर्ने पूजा श्रेष्ठको कथा भने बेग्लै छ । खेल्ने र रमाउने बाल्य अवस्थामै पारिवारिक जिम्मेवारीको भारी बोकेकी पूजाको उज्ज्वल भविष्यप्रतिको आत्मविश्वास गजबको छ । अहिलेसम्म दुःखको पहाड छिचोल्दै अगाडि बढिरहनुभएकी पूजाले आफ्नो अगाडिको भविष्य उज्ज्वल देख्नुहुन्छ ।
कर्मचारीद्वारा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–१ खलङ्गामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।
नयाँ संरचनाले फेरियो विद्यालयको स्वरुप, विद्यार्थीका आकर्षण बढ्दै
पछिल्लो समय गाउँगाउँमा रहेका सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार गर्दै गएका छन् । विद्यार्थीको आकर्षण बढाउन आधुनिक शिक्षा प्रणालीसँगै विद्यालयको संरचना आकर्षक बनाउन सामुदायिक विद्यालयले ध्यान दिँदै आएका हुन् ।
चिसो बढेपछि विद्यार्थीले पाए न्यानो कपडा
सिन्धुली जिल्लामा चिसोका कारण विभिन्न विद्यालयमा पढनपाठन प्रभावित हुन थालेपछि अध्यनरत विपन्न वर्ग र असाय विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा र शैक्षिक सामग्री वितरण गर्न सुरु गरिएको छ ।
प्राविधिक जनशक्ति तयार पार्न पालिकाको छात्रवृत्ति
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्न छात्रवृत्ति प्रदान गर्दै आएको छ । ‘मेरै गाउँमा, मेरै प्राविधिक’ भन्ने नाराका साथ गाउँपालिकाले प्राविधिक जनशक्ति तयार पार्ने योजनाका अनुसार गत आर्थिक वर्षमा छात्रवृत्ति कार्यक्रम सुरु गरेको थियो ।
गुणस्तरीय शिक्षा दिन विद्यार्थीलाई स्थानान्तरण
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा अवस्थित प्रगति प्राथमिक विद्यालयका विद्यार्थीलाई जनज्योति माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।
नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा
जिल्लाको एक सामुदायिक विद्यालयले विद्यार्थीको नतिजा सुधार गर्न विद्यालयमा आवास सुविधा गरेको छ । तामाकोसी गाउँपालिका–४ मालुमा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयले नजिकिँदै गरेको एसइईलाई मध्यनजर गर्दै विद्यार्थीलाई विद्यालयमा नै आवासको व्यवस्थापन गरेर पठनपाठन सुरु गरेको हो ।
गोरखापत्र र सुदूरपश्चिम विश्वविद्यालयबिच सहकार्य
गोरखापत्र संस्थान र सुदूरपश्चिम विश्वविद्यालयबिच शैक्षिक विकासका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।