• ८ मंसिर २०८१, शनिबार

नेपाली विद्यार्थीलाई युएईमा इन्टर्नसिपको अवसर

blog

काठमाडौं, फागुन ३० गते । मिल्टन इन्टरनेसनल कलेजले उक्त कलेजका विद्यार्थीलाई युनाइटेड अरब इमिरेट्सको दुबईका विभिन्न सङ्घ संस्थामा सशुल्क इन्टर्नसिनको अवसर उपलब्ध गराउने भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित मिल्टन इन्टरनेसनल कलेजले बिसिए र बिबिएमका विद्यार्थीका लागि हालै दुबईमा आयोजना गरेको कार्यक्रममा त्यस्तो सहमतिको प्रतिबद्धता आएको जनाएको छ।

कलेजका कार्यकारी अधिकृत हेमराज भट्टले पढाइका लागि विदेशमा नै जानु नपर्ने भन्ने तर नेपाली पाठ्यक्रममा नै आधारित भएर विदेशी सङ्घ संस्थामा सहकार्यको पहल गरिएको बताउनुभयो । 

कलेजका प्राचार्य डा. विद्या अधिकारीले युएईको दुबईमा विज्ञान/प्रविधि र व्यवस्थापनको अवस्था र नेपालीले कसरी ती ठाउँहरूमा आफ्नो दक्षता अनुसारको रोजगारी र कार्य गर्न सक्दा रहेछन् भन्ने अनुभव विद्यार्थीले लिने बताउनुभयो । कार्यक्रममा शिक्षक र विद्यार्थीसहित ३० जना सहभागी रहेको उक्त कलेजद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।