चुनावी राजनीतिले बिथोलियो
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३, बोजिनीमा बनाउन लागेको लप्सीफेदी सबस्टेसन निर्माणलाई राजनीतिक दाउपेचको मारमा पार्ने दुष्प्रयास भएको पाइएको छ । सबस्टेसन निर्माणका लागि जग्गा मुआब्जादेखि ठेक्का प्रक्रियासम्मका काम सम्पन्न भइसकेपछि अहिले सबस्टेसन नै सार्न आन्दोलन भइरहेको छ । सबस्टेसनका लागि आवश्यक पर्ने १७० रोपनी जग्गाका ५० जना जग्गाधनीको जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो ।
निःशुल्क भिसामै ठगिए युवा
सुनसरीको देवानगञ्जका २३ युवा ‘एजेन्ट’को फन्दामा परेर मलेसिया पुगेपछि ठगिएको चाल पाएका छन् । ‘फ्री भिसा, फ्री टिकट’ सुविधा भए पनि ‘एजेन्ट’ले उनीहरूबाट प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँसम्म असुलेको पाइएको छ । देवानगञ्जका गणेश यादवका अनुसार सुनसरीको इनरुवा, बबियाका विजय मेहताले २३ जनालाई मलेसियाको स्काई फम इन्डस्ट्रिज सन बो कम्पनीमा पठाएका थिए । यादवकै तीन जना भतिजासमेत मलेसिया पुगेका छन् । अहिले उनीहरू नेपाल फर्काइदिन माग गर्दै आएका छन् ।
नेप्से परिसूचक ४६.७६ अङ्कले वृद्धि
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६.७६ अङ्क बढेर २२११.३८ बिन्दुमा पुगेको हो ।
कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या
लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो । त्यसयता यहाँका किसान उखु बेच्न नपाएपछि मारमा पर्दै आएका छन् ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन हजार नौ सय पुगेको छ ।
ट्राभल एजेन्ट एशोसिएसन अफ इन्डियाको क्षेत्रीय सम्मेलन नेपालगञ्जमा
भारतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाको क्षेत्रीय च्याप्टरको भेला आगामी महिना नेपालगञ्जमा हुने भएको छ ।
इलामको सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघको पहिलो साताबाट साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो ।
प्रधानमन्त्रीबाट ग्लोबल आईएमई बैङ्कको कारोबार शुभारम्भ
ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालबाट सोमबार बिहान एक कार्यक्रमबिच कारोबारको शुभारम्भ गर्नुभएको हो ।
म्यानपावर कम्पनीको शाखा विस्तार
वैदेशिक रोजगार विभागको पुनः अनुमतिपछि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले उपत्यकाबाहिर धमाधम शाखा विस्तार गरेका छन् । विभागका सेवालाई प्रत्येक प्रदेशमा विस्तार गरिसकेको विभागले म्यानपावर कम्पनीका शाखा विस्तारका लागि पुनः अनुमति दिएसँगै ५० वटा म्यानपावर कम्पनीले विभिन्न जिल्लामा शाखा विस्तार गरेका हुन् ।
अवैध अनलाइन कारोबार रोक्न निर्देशन
अनलाइनमार्फत हुने अवैध कारोबारका वेबसाइट, एप र सञ्जालसम्मको पहुँच रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । नेपालमा मौद्रिक उपकरणको कानुनी मान्यता नपाएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङलगायतका डिजिटल कारोबार बढेकाले त्यस्ता वेबसाइट अथवा एपसम्म पहुँच पुग्न नसक्ने व्यवस्था गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
औद्योगिक मेला फागुनमा
नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङ्गारिक कृषि मेला–२०७९ फागुन पहिलो साता राजधानीमा आयोजना हुने भएको छ । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीका कारण विगत तीन वर्षदेखि स्थगित भएकामा यस पटक अगामी फागुन २ देखि ६ गतेसम्म राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।
सहकारीका समस्यामा सबैको चासो
सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न नहुने सरोकारवालाले बताएका छन् । नेपालको सहकारी अभियानको शीर्ष निकाय राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकार समितिको बैठकमा सहभागीले यस्तो बताएका हुन् । पूर्वगृहमन्त्री तथा महासङ्घका सल्लाहकार बालकृष्ण खाणले सहकारीमा देखिएको चुनौती अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकारले यो हाम्रो सरोकारको विषय होइन भनेर भन्न नसक्ने बताउनुभएको छ ।
बन्यो सबभन्दा ठूलो वाणिज्य बैङ्क
मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ । दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट हुन लागेको हो ।
आजदेखि चितवन महोत्सव
चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला सोमबारदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिनुभयो ।
विराटनगर र जनकपुरबाट श्रम स्वीकृति सुरु
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि जनकपुर र विराटनगरबाट सबै प्रकारका श्रम स्वीकृति दिन सुरु गरेको छ । यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका विराटनगर र जनकपुरका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरेको हो ।
प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा
पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ।
उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा समन्वय गर्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैङ्किङ तथा वित्तीय संस्थाहरूले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरू बनाइ लागू गर्नुपर्ने खाँचो रहेको बताउनुभएको छ ।
आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखेताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ। नगरपालिका वडा नम्बर १ ज्यामिरबोटे र वडा नं २ सुन्दरीगाउँका युवा आँखेतालको प्रवर्धनमा लागेका हुन्।
महिला सहकारीको ३४ लाख चोरी, व्यवस्थापक नियन्त्रणमा
मोरङको मिक्लाजुङ गाउँपालिका –३ टाँडीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ लाख रुपियाँ चोरी भएको छ । शुक्रबार राति सहकारीको पैसा राख्ने भल्ट कार्यालय नजिकै फेला परेपछि सहकारीको पैसा चोरी भएको थाहा भएको थियो । ब्यवस्थापकको जिम्मामा रहेको ३४ लाख रुपियाँ चोरी भएपछि सहकारीका व्यवस्थापक मेनुका नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’
कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
सुनको मूल्य बढ्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख तीन हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजारले बढेको हो ।
बालुवाको अनुमति लिएर गिट्टी प्रशोधन
कैलालीको एक क्रसर उद्योगले बालुवा प्रशोधनको मात्रै अनुमति लिए पनि गिट्टीसमेत प्रशोधन गर्ने गरेको पाइएको छ ।
मह बेचेर वर्षिक ३५ लाखको आम्दानी
घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।