लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही
अब लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा नियामक निकाय नेपाल राष्ट्र बैङ्कले कारबाही गर्ने भएको छ । राष्ट्र बैङ्कले मङ्गलबार एक सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएमा राष्ट्र बैङ्कमा उजुरी गर्न आग्रह गरेको छ ।
बजेट कार्यान्वयन उत्साहजनक देखिएन
चालू आर्थिक वर्षको बजेटले अघि सारेका आर्थिक क्षेत्रका कार्यक्रमका ५६ प्रतिशत बुँदामा प्रगति शून्य देखिएको छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई)सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अध्ययनले बजेट वक्तव्यमा उल्लेखित आर्थिक क्षेत्रहरूसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बुँदामा सन्तोषजनक प्रगति नभएको देखिएको हो । परिसङ्घले गरेको अध्ययनमा चालू आवको सात महिनामा आर्थिक क्षेत्रसँग सम्बन्धित कार्यक्रममध्ये कार्यान्वयनमा १५.६ प्रतिशत र आंशिक कार्यान्वयन २८.१ प्रतिशत र ५६.३ प्रतिशत बुँदा शून्य प्रतिशत प्रगति देखिएको छ ।
थामिएन विदेशिने नेपालीको लस्कर
सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।
सुदूरपश्चिममा बजेट र कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक समीक्षा
सुदूरपश्चिम प्रदेशमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा सुधार गर्न आवश्यक रहेको औंल्याइएको छ।
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ ।
सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : निर्देशक घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताउनुभएको छ ।
आइपिओ निष्कासन गर्दै मोदी इनर्जी
मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
रासायनिक मलको माग अत्यधिक
आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ ।
खार्पुमा पक्की पुल निर्माण हुने
कर्णाली कोरिडोरको खार्पु सुनखाडा खण्डमा पर्ने खार्पुनाथमा कर्णाली नदी माथि पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ । सम्झौताको डेढ वर्षपछि निर्माण कम्पनी पक्षले निर्माण सामाग्री पुल निर्माण स्थलमा ल्याउने कार्य सुरु गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो ।
सिंहदरबारभित्रै गुणस्तरहीन खाद्यवस्तु
देशकै केन्द्रीय प्रशासनिक कार्यालय रहेको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको पाइएपछि तीन लाख रुपियाँ जरिवाना गरेको हो ।
तीन वस्तुले घटायो कुल निर्यात
प्रशोधित खाने तेल (पाम तेल, भटमासको तेल र सूर्यमुखी)को निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको सात महिना (साउन–माघ)मा पाम तेल र भटमासको तेलको निर्यातमा ४८ अर्ब ८० करोड रुपियाँ ह्रास आउँदा कुल निर्यातमा प्रभाव परेको हो । सात महिनाको कुल निर्यातमा भटमासको तेल, पाम तेल र सूर्यमुखी तेलको योगदान २४ दशमलव ०१ प्रतिशत रहेको छ । कुुल निर्यातमा पाम तेल १४ दशमलव ९ प्रतिशत, भटमासको तेल ८ दशमलव ९ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा शून्य दशमलव २ प्रतिशत रहेको छ ।
होटल आइकावा सञ्चालन
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको सौराहामा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसँगै पछिल्लो पटक होटल आइकावाले सेवा सुरु गरेको हो ।
बिचौलियाको भ्रममा नपर्न आग्रह
वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा दक्षिण कोरियालगायत कुनै पनि देशमा पठाउँछु भन्ने बिचौलियाको भ्रममा नपर्न आग्रह गरेको छ । पछिल्लो समय मौसमी श्रमिक रूपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनामा विश्वास नगर्न विभागले सोमबार जारी सूचनामार्फत आग्रह गरेको हो ।
हस्तकलाका सामग्रीबाट आम्दानी गर्दै महिला
सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७, सिसहनियाकी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्छादेखि गाईभैँसीको स्याहारमा बित्ने गरेको राजकुमारीको दैनिकी पछिल्लो समय गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुके, ढकिया, चटकी र गमलालगायतका सामग्री बनाउने र बिक्री गर्ने काममा बित्ने गरेको छ ।
द्रुत मार्ग नबन्दा चोभार सुक्खा बन्दरगाह सञ्चालनमा बाधा
चोभारस्थित सुक्खा बन्दरगाह पूर्ण सञ्चालनका लागि अन्य पूर्वाधारको समस्या रहेको औँल्याइएको छ । नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार बन्दरगाह क्षेत्र पूर्ण तयार भए पनि त्यहाँसम्म हुने ढुवानीको सहज व्यवस्था नहुँदा समस्या परेको हो ।
नेप्सेमा सामान्य अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज (सोमबार) नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो ।
सानिमा मिडिल तमोर हाइड्रोपावरले आइपिओ निष्कासन गर्दै
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज रु एक लाख एक हजार आठ सय पुगेको हो ।
धान रोप्नुअघि बिक्री अनुबन्ध गर्न आह्वान
चैते र असारेधान लगाउनुअघि उत्पादन खरिद गर्न मोरङको बेलबारी–९ स्थित आरजु राइस मिल प्रालिले समर्थन मूल्य तोकेर अनुबन्ध हुन आइतबार आह्वान गरेको छ । “बजार र मूल्य शृङ्खलामा काम गर्नेस्तरको सहकार्य किसान दाजुभाइसँग हामीले सुरु गरेका हौँ । उत्पादन गरेको धान हामीलाई बिक्री गर्न इच्छुक किसानलाई अनुबन्ध हुन आग्रह गर्दछौँ,” आरजु राइस मिल प्रालिका कार्यकारी निर्देशक वीरेन्द्रबहादुर बस्नेतले मिल परिसरमा आयोजित समर्थन मूल्य घोषणा कार्यक्रममा भन्नुभयो ।
न्यून आर्थिक वृद्धिदर
चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा नेपालले शून्य दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ्य उत्पादनको त्रैमासिक विवरणअनुसार समीक्षा अवधिमा न्यून मात्र आर्थिक वृद्धि भएको हो । यो २०७२ सालको भूकम्पपछिको भन्दा कम हो ।
आइरिसमा सूचीकृत हुन आग्रह
वैदेशिक रोजगारीसम्बन्धी कम्पनी (म्यानपावर कम्पनी)लाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस)मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारीमा रहेका श्रमिकले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो ।
मेलामा स्थानीय उत्पादन खरिद–बिक्री
महाशिवरात्रि (फागुन ६ गते)का अवसरमा आयोजना गरिएको दार्चुलाको गोकुलेश्वर मेलामा स्थानीय उत्पादनको राम्रो कारोबार भएको छ । दार्चुलाको सबभन्दा ठूलो गोकुलेश्वर मेला हरेक वर्ष महाशिवरात्रिदेखि एक हप्तासम्म लाग्ने गर्छ । शिवरात्रिको दिन पूजाआजामा सहभागी हुने दर्शनार्थीले पूजाआजापछि स्थानीय उत्पादन खरिद–बिक्री गरी लैजाने गरेका छन् । स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा गोकुलेश्वर मेलाले महत्वपूर्ण योगदान पु-याएको स्थानीय व्यापारी तोयराज जोशीले बताउनुभयो ।
समस्याग्रस्त सहकारी संस्थामाथि अनुसन्धान सुरु
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा अहिलेको समस्या ल्याउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या देखिएको चर्चा गर्दै उहाँले समस्या समाधानका लागि कार्यदल गठन गर्ने काम मात्र गर्ने तर कार्यदलको सुझाव कार्यान्वयन नगर्ने परिपाटीले समस्या थपिएको बताउनुभयो ।
पानी नपर्दा किसान चिन्तित
लामो समयदेखि पानी नपर्दा अन्न बाली तथा तरकारीका बोट सुक्न थालेपछि कपिलवस्तुका किसान चिन्तित भएका छन्। पानी नपर्दा हिउँदे बाली तथा तरकारीको बोटसमेत सुक्न थालेका छन्। यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको कपिलवस्तु नगरपालिका–६ का राधेश्याम यादवले गुनासो गर्नुभयो। गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पु-याउन नसकिएको उहाँको भनाइ छ।