• १३ साउन २०८१, आइतबार

घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  फागुन  १५ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजारमा कारोबार भएको उक्त सुनको मूल्य आज रु. एक लाख एक हजार आठ सय पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार तीन सय छ । उक्त सुन अघिल्लो दिन रू. एक लाख एक हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार दुई सय ५५ पुगेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस