• १३ साउन २०८१, आइतबार

न्यून आर्थिक वृद्धिदर

blog

काठमाडौँ, फागुन १५ गते । चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा नेपालले शून्य दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कुल गार्हस्थ्य उत्पादनको त्रैमासिक विवरणअनुसार समीक्षा अवधिमा न्यून मात्र आर्थिक वृद्धि भएको हो । यो २०७२ सालको भूकम्पपछिको भन्दा कम हो । 

भूकम्प प्रभावित आव २०७२/७३ को पहिलो त्रैमासमा ७ दशमलव ४ प्रतिशतको नकारात्मक वृद्धि भएको थियो । त्यसपछि कोभिड–१९ प्रभावित आव २०७७/७८ को पहिलो त्रैमासमा आर्थिक वृद्धिदर शून्य दशमलव ९ प्रतिशत पुगेको थियो । आव २०७९/८० को पहिलो त्रैमासको वृद्धिदर कोभिड–१९ भन्दा पनि कम रहेको छ । 

कार्यालयका अनुसार समीक्षा अवधिमा खनिज र निर्माण क्षेत्र सबभन्दा प्रभावित भएका छन् ।