तरकारीमा विषादी परीक्षण : भान्छामा पुगेपछि आउँछ रिपोर्ट
फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।
आठ इन्टरनेट कम्पनी कारबाहीमा
नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।
नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज (आइतबार) भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ३५ अङ्कमा कायम भएको हो ।
कभर्ड हल निर्माण सुरु
दुुई वर्षदेखि रोकिएको हुम्ला कभर्ड हलको निर्माण कार्य पुन: अगाडि बढ्ने भएको छ ।
भेरी-बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले आर्थिक वर्ष २०७१/२०७२ बाट निर्माण सुरु गरेकोमा हालसम्म ६० प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व
रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न ६४ औँ वार्षिक साधारणसभा तथा अधिवेशनको मतपरिणाम आज (आइतबार) आएको हो । सङ्घको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ ।
नेपालगञ्ज आर्थिक विकास रणनीतिको मस्यौदा तयार
नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज आर्थिक विकास रणनीति’को मस्यौदा तयार गरी छलफलमा ल्याएको छ । व्यापार, खाद्य प्रशोधन, प्राविधिक र व्यावसायिक शिक्षा, पर्यटन, कृषिलगायतका छवटा आर्थिक क्षेत्र पहिचान गरेर मस्यौदा तयार गरिएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालका अनुसार सो रणनीति २०८० देखि २१०० सालसम्म कार्यान्वयनमा ल्याउने गरी बनाइएको छ । २१०० सम्ममा स्थानीय उत्पादनले ३५ प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य सो रणनीतिमा उल्लेख छ । यस्तै उपमहानगरलाई हरित र सफा नगरका रूपमा विकास गर्ने लक्ष्य पनि रहेको छ ।
रोकियो कालापहाड जान
भगवतीमाई गाउँपालिका–२, रुमका रामबहादुर रावत वर्षमा दुई पटक कालापहाड जाने गर्नुहुन्थ्यो । बर्खे बाली लगाएर गएपछि उहाँ हिउँदे बाली लगाउन आउनुहुन्थ्यो र हिउँदे बाली लगाएपछि बर्खे बाली लगाउन आउनुहुन्थ्यो । गाउँपालिकाले सञ्चालन गरेको श्रम रोजगार बैङ्कमा जोडिएपछि रावत विगत तीन वर्षदेखि कालापहाड जानु परेको छैन ।
क्रिस्टलको गहना बनाउने पुनर्ताजगी तालिम सम्पन्न
महिलाहरूलाई सिप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरिएको क्रिस्टलको गहना बनाउने १० दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
मैनहिया–सम्पत्तिया प्रसारण लाइन तयार
रुपन्देहीको मैनहियादेखि भारतको सम्पत्तियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । यो प्रसारण लाइनका लागि आवश्यक पर्ने सबस्टेसनसमेत सियारी गाउँपालिकाको मैनहियामा तयार भएको छ । यहाँ निर्माण भएको सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यु नौतनवा) सबस्टेसन जोड्ने गरी प्रसारण लाइन बनाइएको हो ।
सखर बनाउने चटारो
पाँचथरको हिलिहाङ गाउँपालिका–७ का भीमप्रसाद पोखरेल उज्यालो हुनासाथ उखु काटेर पेल्न थाल्नुहुन्छ । पुस १५ गतेदेखि सखर बनाउन थाल्नुभएका उहाँको फागुन महिनाभरि यसरी नै चल्छ । पाँचथरकै फिदिम नगरपालिका–४ का बुद्धि खपाङ्गीले हेवा खोलानजिकै बेँसीको खेत भाडामा लिएर उखु रोप्नुभएको छ । फिदिम–४ र हिलिहाङ–७ मा ग्यावराको बीचमा बगेको हेवा खोला आसपास तीन सय रोपनीभन्दा धेरै क्षेत्रमा गेँवरा (गेमरा) जातका उखु खेती भएको छ ।
पन्ध्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क
आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल आइतबार बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको ट्रेजरी बिल, १८२ दिन अवधिको सात अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।
एलपी ग्यासको खपत घट्यो
काठमाडौँ शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ । “पाँच/छ महिनादेखि नियमित रूपमा इन्डक्सन बालेकी छु, यसको प्रयोग गर्दा छिटोछरितो र सजिलो हुँदा ग्यासको प्रयोग कम हुने गरेको छ,” उहाँले भन्नुभयो ।
१७ बुँदे माग राख्दै तनहुँका किसान आन्दोलित
आफ्नो उत्पादन बिक्री नहुने तथा घाटा खाएर बेच्नुपरेको भन्दै तनहुँका कृषकले आन्दोलनको घोषणा गरेका छन्।
पाकिस्तानी रुपियाँ फेरि बलियो बन्दै
अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपियाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तर बैङ्कमा २७८.४६ रुपियाँमा कारोबार भइरहेको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ ।
सेवासुविधा सहज र सुलभ बनाउन प्रतिबद्ध छौँ
दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित र नियमन गर्ने अख्तियारी पाएको नेपाल दूरसञ्चार प्राधिकरण अहिले आफ्नो स्थापनाको रजत महोत्सव मनाउँदै छ । प्राधिकरणको साढे दुई दशकको यात्रा तथा वर्तमान र भावी चुनौतीलगायतका विषयमा गोरखापत्रका विश्वास रेग्मी र गोपालचन्द्र सुवेदीले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग गरेको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
सवा करोड लगानीमा मह प्रशोधन उद्योग सञ्चालन
झापाको शिवसताक्षी नगरपालिकाका मौरीपालक महिलाको पहलमा झापामा पहिलो पटक मह प्रशोधन उद्योग स्थापना भएको छ । सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको एक करोड २५ लाख रुपियाँ लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको हो ।
वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन वेबसाइटमा राख्नुपर्ने
वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ ।
निर्यातको सम्भावना बढ्यो
उत्तरी छिमेकी मुलुक चीनमा चिया निर्यातको सम्भावना बढेको छ । चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि निर्यातको सम्भावना उच्च देखिएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चिया गुणस्तरमा उत्कृष्ट देखिएपछि चीनसँगै अन्तर्राष्ट्रिय बजारमा थप बजार विस्तार गर्ने सम्भावना बढेको सम्बद्ध निकाय र व्यवसायीको छ ।
किसानलाई राहत दिन दूधको मूल्यमा वृद्धि
सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकल दूधको मूल्य बढाउने निर्णय गरेको हो ।
कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत : डेपुटी गभर्नर मिश्र
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताउनुभएको छ ।
मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आइपीओ बाँडफाँट गरेको हो ।
पर्यटकीय स्थलमा फोरजी सेवा विस्तार
नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ ।