चिनियाँ पर्यटकका लागि नेपाल खुला
चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि समावेश गरेको छ । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूची सार्वजनिक गरेको हो ।
आधा दर्जन सुक्खा बन्दरगाह निर्माण हुँदै
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि मुलुकभरि थप आधा दर्जन नयाँ सुक्खा बन्दरगाह (कन्टेनर फ्रेट स्टेसन) निर्माण अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहजीकरण गर्ने उद्देश्यसहित मुलुकभरि आधा दर्जन सुक्खा बन्दरगाह निर्माण अगाडि बढाइएको जानकारी दिनुभयो ।
नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोध्नुभयो, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किनुभयो।
काठमाडौं सुनचाँदी व्यवसायी सङरूघको तालिम भवनको उद्घाटन
काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको तालिम भवनको शनिबार समुद्घाटन भएको छ । जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका १७ वडा, कुसुमबियालाछि स्थिति भवनको उद्घाटन गर्नुभयो ।
नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी
चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रु २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ ।
विवरण नबुझाउने करदाता कारबाहीमा
स्थायी लेखा नम्बर लिएका करदाताले समयमै आय विवरण पेस नगरेका सेवाग्राहीलाई अविलम्ब विवरण बुझाउन अनुरोध गरेको छ ।
कोहलपुर-सुर्खेत विद्युत प्रसारण लाइन विस्तार
कोहलपुर-सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ । आर्थिक वर्ष २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सब-स्टेशनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ ।
स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड
अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीमा शुक्रबार आयोजित दोस्रो अर्थशास्त्री सम्मेलनका वक्ताले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रबाट मुलुकले खाजेको समृद्धि प्राप्त नहुने बताउनुभएको हो । कार्यक्रममा नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबै गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो । अर्थतन्त्र र विकासका सम्बन्धमा वडाध्यक्षदेखि प्रधानमन्त्री सबैलाई विशेष किसिमको तालिम नै आवश्यक परेको उहाँको भनाइ थियो । अर्थतन्त्रमा संरचनात्मक समस्या नै भएकाले त्यसलाई बदल्न जरुरी रहेको उहाँले बताउनुभयो ।
बीस प्रतिशतले निर्यात बढाउने लक्ष्य
निर्यात व्यापारलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पु-याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तु तथा सेवाको अनुपात बढाएर २० प्रतिशत पु-याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो । जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको अनुपात बढाएर ५५ प्रतिशत पु-याउने लक्ष्य रणनीतिमा राखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०७९ तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको छ ।
चामल बोकेका कन्टेनर अलपत्र
अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगञ्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीनवटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन्। विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीनवटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन्। समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।
रैथाने बाली खरिद सुरु
हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बाली सिमकोट गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयलाई बिक्री सुरु गरेको छ । गाउँपालिकाले किसानसँग खरिद गरेका रैथाने बाली शुक्रबारदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारीले एक महिनायता किसानसँग खरिद गरेका रैथाने बालीको उत्पादन खाद्य कम्पनीलाई बिक्री सुरु गरेको बताउनुभयो । गाउँपालिकाले शाखाको गोदाममा लगेर हस्तान्तरण गरेको हो । रैथाने बालीमा चिनो र कागुनोको चामल, सिमी र फापरको दाना बिक्री गरेको हो ।
मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
पथरी–जाँते–ज्यामिरे सडक कालोपत्रे अनिश्चित
मोरङको पथरी–जाँते हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडकको वन क्षेत्रका रुख काट्ने प्रक्रिया अघि नबढ्दा सडक कालोपत्रे गर्न रोकिएको छ। कोशी प्रदेश सरकारले गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अघि बढाएको यो सडक कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते शिलान्यास गर्नुभएको थियो। शिलान्यास भएको दिन मुख्यमन्त्री राईले तीन वर्षमा सडक निर्माण गर्ने योजना भए पनि दुई वर्षमा नै योजना सम्पन्न गरी आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो। तीन वर्षभन्दा बढी बित्दा पनि १७ किलोमिटर लम्बाइको सडक जाँते बजार क्षेत्रमा तीन किलोमिटर मात्र कालोपत्रे भएको छ। लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व–पश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतसँग जोडिने यो सडक उत्तरी मोरङको व्यापार प्रवद्र्धनका लागि महत्वाकाङ्क्षी योजना रहेको थियो।
स्वस्थ र सुरक्षित सहकारी निर्माण गरिने
बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरण गर्ने सङ्कल्प गर्दै व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीईओ वर्कसप) सम्पन्न भएको छ । कोभिड–१९ पश्चात् अर्थव्यवस्थामा आएको परिवर्तन र बचत तथा ऋण सहकारी संस्था (साकोस)मा परेको प्रभावबाट संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाको समीक्षा गरी सन्तुलन कायम गर्दै स्वस्थ र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने गोष्ठीले सङ्कल्प गरेको छ ।
पाँचपोखरीमा बाह्रैमास पर्यटक
भूकम्प, बाढीपहिरो, कोरोना महामारीपछि पनि आन्तरिक पर्यटकका लागि प्रसिद्ध पाँचपोखरी धार्मिक गन्तव्य बन्दै आएको छ। समुद्री सतहबाट चार हजार १५१ मिटर उचाइमा अवस्थित पाँचपोखरीमा पाँचवटा पोखरी छन्। ती पोखरी प्राकृतिक रूपमा सुन्दर र मनमोहक छन्। प्राकृतिक रूपमै रहेका पाँचवटा पोखरीका कारण यसको नाम पाँचपोखरी तीर्थस्थल राखिएको हो।
विषादी परीक्षणबारे छलफल गरिने
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषद्मा पेस गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
आधुनिक धान खेतीप्रति किसान आकर्षित
झापाको कमल गाउँपालिकामा आधुनिक तथा प्रविधिमा आधारित धान प्रवर्द्धन कार्यक्रमप्रति आकर्षण बढेको छ।
सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात
चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु. १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।
प्रतितोला आठ सयले बढ्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. आठ सयले बढेको छ ।
सानिमा मिडिल तमोरको आइपिओ खुला
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो ।
श्री एयरलाइन्सको उडान ठप्प
श्री एयरलाइन्सको उडान आज (शुक्रवार) ठप्प भएको छ । बिहीबार काठमाडौँबाट भैरहवा उडेको भर्ने क्रममा इन्जिनमा आगो लागेपछि प्राधिकरणले तत्काल छानबिनको प्रतिवेदन नआएसम्म उडान नगर्न निर्देशन दिएको हो ।
विदेशी लगानी कम्पनीसम्बन्धी सर्त: न्यूनतम एक अर्ब लगानी गर्नुपर्ने
नेपालमा स्थापना हुने विदेशी लगानी (इन्भेस्टमेन्ट) कम्पनीले न्यूनतम एक अर्ब रुपियाँ लगानी गर्नुपर्ने भएको छ । औद्योगिक व्यवसाय ऐन, २०७६ मा उल्लिखित लगानी कम्पनी स्थापनासम्बन्धी सर्त जारी गर्दै सरकारले उक्त सीमा निर्धारण गरेको हो । हालै मात्र राजपत्रमा प्रकाशित सर्तअनुसार विदेशी लगानी कम्पनी नेपालमा उद्योगका रूपमा दर्ता गर्नुपर्ने र लगानी गरिने उद्योगको क्षेत्र तोकिनुपर्ने उल्लेख छ । त्यस्तै लगानी कम्पनीको उद्योग दर्ता गर्दा सो कम्पनीको अन्तिम हिताधिकारी खुलेको विवरण अनिवार्य संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।
वर्षा नहुँदा अलैँचीका बोट सुक्न थाले
पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन् ।
पुग्यो खानेपानी सुविधा
खानेपानीको समस्या भोगिरहेका काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, सिउरानीका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी ‘एक घर, एक धारा’ कार्यक्रमबाट खानेपानीको सुविधा पाएपछि हर्षित बनेका छन् ।