• १३ असोज २०८१, आइतबार

सवा करोड लगानीमा मह प्रशोधन उद्योग सञ्चालन

blog

दमक समाचारदाता

दमक, फागुन २० गते । झापाको शिवसताक्षी नगरपालिकाका मौरीपालक महिलाको पहलमा झापामा पहिलो पटक मह प्रशोधन उद्योग स्थापना भएको छ । 

सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको एक करोड २५ लाख रुपियाँ लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको हो । 

उद्योगकी संयोजक देवीकुमारी ओली दाहालका अनुसार उद्योग स्थापना नहुँदा मह बिक्री नहुने र खेर जाने अवस्था आएको थियो । यहाँ वार्षिक १० हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन हुँदै आएको पनि दाहालले बताउनुभयो । 

यसअघि घरेलु प्रविधिबाट मह प्रशोधन गरेर बिक्री गरिँदै आएको थियो । अहिले आधुनिक मेसिनबाट मह प्रशोधन गरेकाले बजारीकरणमा पनि समस्या नहुने विश्वास किसानको छ । मह प्रशोधन उद्योगमा भेटिनुभएकी धनमाया पाठकका अनुसार पहिलेभन्दा थप गुणस्तरीय मह उत्पादन सुरु भएको छ । यस उद्योगमा अहिले सात जना महिलाले काम गर्दै आउनुभएको छ ।