श्रम स्वीकृति लिने पाँच लाख नाघे
चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पाँच लाख नाघेको छ । कोरोनाविरुद्धको खोपमा पहुँच बढेको र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो ।
बजेट खर्चमा आएन सुधार
चालू आर्थिक वर्षको दस महिना पूरा हुँदासम्म बजेट खर्चमा खासै सुधार देखिएको छैन । चालू आर्थिक वर्षको दुई महिना मात्रै बाँकी रहेको अवस्थामा बजेट भने करिब ४५ प्रतिशत बाँकी छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाखसम्म कुल विनियोजनको ५५.६६ प्रतिशत मात्र बजेट खर्च भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको खर्चभन्दा थोरै कम हो । गत आर्थिक वर्षको वैशाखको अन्त्यसम्मको बजेट खर्च ५६ प्रतिशत थियो ।
आत्मनिर्भर अर्थतन्त्र प्राथमिकतामा
आगामी आर्थिक वर्षको बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने भएको छ । बजेट अधिवेशन सुरु भएको पहिलो दिन मङ्गलबार अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसद्को दुवै सदनमा छुट्टाछुट्टै पेस गर्नुहुँदै आगामी बजेटलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित गरिने जानकारी दिनुभएको हो ।
मर्जरमा जाने कम्पनीलाई स्वीकृति
बीमा समितिले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर) स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनीलाई मङ्गलबार स्वीकृति दिइएको हो ।
गौतमबुद्ध विमानस्थलमा रावा बैङ्क
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैङ्किङ कारोबार राष्ट्रिय वाणिज्य बैङ्कमार्फत हुने भएको छ ।बैङ्कले सो विमानस्थलमा सम्पूर्ण बैङ्किङ कारोबार गर्न यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैङ्किङ सेवासुविधा प्रवाह गर्न बैङ्कले सोमबारदेखि पाँचवटा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।
नेप्से परिसूचक उच्च अङ्कले घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ ।
सुनको मूल्य प्रतितोला ९६ हजार सात सय
सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार पाँच सयमा कारोबार भएको थियो ।
बढेर आयो पेट्रोल र डिजलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले सोमबार (मे १६)मा पठाएको नयाँ मूल्यअनुसार डिजल र पेट्रोलको मूल्य बढेर आएको हो । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर आठ रुपियाँ र डिजल तीन रुपियाँ ८६ पैसा मूल्य बढेर आएको छ । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरमा २२ रुपियाँ ९४ पैसा र डिजलमा ३५ रुपियाँ ३३ पैसा घाटा हुनेछ । नयाँ मूल्यअनुसार पेट्रोलको खरिद मूल्य १९२ रुपियाँ ९४ पैसा र डिजेल/मट्टीतेलको खरिद मूल्य १८८ रुपियाँ ३३ पैसा पुुगेको छ । नयाँ मूल्य बढेर आए पनि स्थानीय बजारमा भने मूल्य बढाएको छैन । पेट्रोलको बजार मूल्य भने १७० र डिजल÷मट्टीतेल १५३ रुपियाँ छ ।
अरुण–४ निर्माण गर्ने सहमति
नेपाल र भारतका दुई सरकारी निकायबीच अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सो सहमति भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित समारोहमा नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक नन्दलाल शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
न्यु बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन : लगानी गर्न प्राधिकरणलाई स्वीकृति
नेपाल विद्युत् प्राधिकरणले न्यु बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउने कम्पनीमा स्वामित्व स्थापित गर्ने अनुमति पाएको छ । यो प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा लगानी गर्न भारत सरकारले प्राधिकरणलाई स्वीकृति दिएको हो ।
मासिक नौ अर्ब घाटामा निगम
दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले पेट्रोलियम पदार्थको खपत मासिक ८ देखि १० प्रतिशत कम हुने अनुमान गरिएको छ । जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुन थालेको छ । निगमका प्रवक्ता विनितमणि उपा
आपूर्ति बढेसँगै तरकारीको मूल्य घट्यो
निर्वाचनका कारण आपूर्ति कम भएपछि काठमाडौँ उपत्यकामा बढेको तरकारीको मूल्य घट्न थालेको छ । शनिबारदेखि तरकारीको आपूर्ति बढेका कारण मूल्य घट्न थालेको व्यापारीले बताएका छन् । स्थानीय तहको निर्वाचनले गर्दा बिहीबारदेखि उपत्यकामा असाध्यै कम तरकारी आएको थियो
लाप्चाको आकर्षण बढ्दै
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले सात जना विदेशीसहित दस जना पर्यटक लाप्चातर्फ लागेका छन् । लिमी उपत्यकाको अवलोकन र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न ती पर्यटक सिमकोटबाट त्यसतर्फ लागेका हुन् । रिचा टुर एन्ड ट्राभलका पथप्रदर्शक असीम तामाङले सिमकोटबाट पैदल मार्ग हुँदै लिमी र लाप्चाबाट मानसरोवर कैलाश
एक वर्षमा बीमाको पहुँच ५० प्रतिशत जनतामा पुग्छ
मालचलानी कम्पनीका रूपमा संस्थागत अवधारणाबाट जन्म भएको बीमा व्यवसायले ७५ वर्षको इतिहास पार गरिसकेको छ । यो अवधिमा बीमा क्षेत्रले अपेक्षित गति लिन नसके पनि पछिल्लो समय बीमा क्षेत्रका उपलब्धि सकारात्मक छन् ।
भान्टाको मूल्य र माग बढ्दा किसान खुसी
सर्लाहीका किसानले यो वर्ष भान्टा खेतीबाट राम्रो कमाइ गरिरहेका छन् । मूल्य र बजार दुवै पाएकाले भान्टा खेती गरेका किसानलाई यो पटक राम्रो आम्दानी भइरहेको हो । किसानका अनुसार बजारमा अहिले भान्टाको माग बढेको छ ।
भारतद्वारा गहुँ निर्यातमा प्रतिबन्ध
भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । भारत सरकारको उद्योग वाणिज्य मन्त्रालयअन्तर्गतको वाणिज्य विभागले शुक्रबार सूचना जारी गर्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो । रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि भारत सरकारले यो प्रतिबन्ध लगाएको हो । मुलुकभित्र बढ्दो खाद्य सुरक्षा चुनौती र महँगी वृद्धिलाई ध्यानमा राख्दै भारतले गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
बङ्गुरपालनमा रमाउँदै युवा
बाजुराको बूढीगङ्गा नगरपालिकाका तिलक जोशी बङ्गुरपालन व्यवसायमा रमाउनुभएको छ । बङ्गुरलाई दाना पानी खुवाउने र खोर सफा गर्ने उहाँको दैनिकी बनेको छ । उहाँको यो दिनचर्या चलेको झन्डै तीन वर्ष भयो । तीन वर्षअघि स्नातकोत्तर पढाइ सकेर घर फर्केपछि उहाँ यो पेसामा लाग्नुभएको हो ।
बाह्र करोडको कृषिजन्य वस्तु निकासी
चालू आर्थिक वर्षको आठ महिनामा सल्यान जिल्लाबाट १२ करोड रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतले यस अवधिमा कपुरकोट कृषि उपज केन्द्रबाट १२ करोड सात लाख २६ हजार ५५ रुपियाँको कृषिजन्य वस्तु जिल्लाबाहिर गएको जानकारी दिनुभयो ।
चोभार सुक्खा बन्दरगाहमा भित्रिन थाले सामान
काठमाडौँको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह (ड्राइपोर्ट)मा सामान भित्रिन थालेका छन् । एक महिनाअघि उद्घाटन गरिएको यो सुक्खा बन्दरगाहमा हालसम्म १० ट्रक सामान आइपुगेका हुन् । भारतबाट वीरगञ्ज हुँदै सामान बोकेर आएका ती ट्रक सिधै चोभारमा आएका हुन् ।
साबुन र डिटर्जेन्ट पाउडरको आयात प्रतिबन्ध लगाउन माग
स्वदेशमा आत्मनिर्भर भइसकेको लुगा धुने साबुन, डिटर्जेन्ट पाउडरलगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाउन उद्योगीले माग गरेका छन् । सरकारले सवारीसाधन, मोबाइल फोन, टेलिभिजनजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा नेपालमै उत्पादन हुने वस्तुको आयात नरोकेको उद्योगीले गुनासो गरेका हुन् ।
मताधिकार त्यागेर विदेशतिर
म्याग्दी स्थायी घर भएका विमल मगर बिहीबार दिउँसो साउदी अरब जान काठमाडौँको कलङ्कीबाट साझा बस चढेर विमानस्थल जाँदै हुनुहुन्थ्यो । दुई महिनाअघि घर बिदामा आउनुभएका मगर बिदा अवधि सकिएपछि पुनः साउदी अरब लाग्नुभएको हो ।
बढ्यो आन्तरिक उडान
पर्यटकीय सिजन र निर्वाचनका कारण अहिले आन्तरिकतर्फको उडान कोरोना महामारीपूर्वकै अवस्थामा पुगको छ । आन्तरिक र बाह्य पर्यटकको बाक्लो आउजाउसँगै निर्वाचनको चहलपहलले आन्तरिक उडानको अकुपेन्सी ९० प्रतिशत नाघेको छ ।
अन्तर्वार्ता रोक्न निर्देशन
वैदेशिक रोजगारीमा जान चाहनेका लागि वैशाख ३० र ३१ गतेका लागि तय गरिएका अन्तर्वार्ता कार्यक्रम रद्द गर्न वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ । विभागले बिहीबार सूचना जारी गर्दै वैशाख ३० गते स्थानीय तहको निर्वाचन र ३१ गते शनिबार परेकाले ती दिनमा गर्ने भनिएका अन्तर्वार्ता स्थगन गर्न वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निर्देशन दिएको हो ।
गाभिँदै बीमा कम्पनी
बीमा कम्पनीबीच पनि गाभ्ने र गाभिने (मर्जर) प्रक्रिया सुरु भएको छ । नियमक निकाय बीमा समितिले बीमा कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि मर्जरमा जान थालेका हुन् । बिहीबार तीनवटा जीवन बीमा कम्पनीले गाभिनेसम्बन्धी सम्झौता गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सले एकआपसमा गाभिने÷गाभ्ने सम्झौता गरेका हुन् ।