कालिमाटीको ३० हजार किलो गोलभेडा सडकमा फालियो
व्यवासयीले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेडा सडकमा फ्याँकेर विरोध जनाएका छन्।
बजेट प्रचारमुखी भन्दा यथार्थपरक :अर्थमन्त्री आले
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रस्तुत बजेटलाई प्रचारमुखीभन्दा यथार्थपरक बनाएर कार्यान्वयनका लागि योग्य बनाइएको बताउनुभएको छ ।
बाँझो जग्गा स्याहार्ने शिक्षकको कमाइ चार लाख
बैतडीका एक शिक्षकले बाँझो रहेको जग्गा स्याहारेर टमाटर खेती गर्दा वार्षिक चार लाख रुपियाँ आम्दानी भएको छ। शिवनाथ गाउँपालिका–३, पोखरेठीका धनवीरसिंह साउदले बाँझो रहेको करिब पाँच रोपनी जग्गामा एक सय क्विन्टलभन्दा बढी टमाटर उत्पादन गर्नुभएको छ। सो बारीमा १३ वटा पोलिहाउस निर्माण गरेर उत्पादन भएको टमाटर लिन धनगढीबाट व्यापारीहरू गाडी लिएर आएको उहाँले बताउनुभयो। स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा राहत दरबन्दीका शिक्षक साउदले शिक्षण पेसाभन्दा कृषि कर्म आम्दानीको राम्रो स्रोत भएको बताउनुभयो।
चक्लाबन्दीले बढ्दै सुन्तला खेती
स्याङ्जा जिल्लामा चक्लाबन्दी कार्यक्रम सुरु भएसँगै सुन्तला खेती गर्नेको सङ्ख्या बढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जामा सुन्तला सुपर जोन कार्यक्रम सञ्चालनमा छ। आर्थिक वर्ष २०७३/७४ बाट स्याङ्जामा सुन्तला सुपर जोन कायक्रम चल्दै आएको छ। यो कार्यक्रमले सुन्तला खेती गर्न चाहने किसानलाई सहयोग पुगेको छ। पछिल्लो समय समूहगत रूपमा सुन्तला खेती गर्नेको सङ्ख्या बढ्दो छ। पुतलीबजार, वालिङ र भिरकोटमा चक्लाबन्दी कार्यक्रममार्फत सुन्तला लगाउन किसानहरूलाई अभिप्रेरित गरेको छ। जसले किसानलाई राम्रो आम्दानीको स्रोत निरन्तर रहने देखिन्छ। जिल्लाका पुतलीबजार नगरपालिका– ११, वालिङ नगरपालिका– १३ र भिरकोट नगरपालिका–५ र ७ वडामा चक्लाबन्दीमार्फत सुन्तला खेती सुरु गराइएको छ।
एकै पटक छ वर्षको साधारण सभा सम्पन्न
पूर्ण सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनीले एकै पटक छ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साबिकको राष्ट्रिय बिमा संस्थानको तीन वर्षको र राष्ट्रिय बिमा कम्पनीको तीन वर्षको गरी छ आवको साधारण सभा एकै पटक सम्पन्न गरेको हो ।
आन्तरिक राजस्व गत वर्षकै हाराहारीमा
अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ । आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको छ ।
निःशुल्क स्यालो ट्युबवेल र अनुदानमा मोटर
हरिया तरकारी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिएको औरही नगरपालिकाले त्यहाँका किसानका लागि सिँचाइ सामग्री वितरण गरेको छ । नगरपालिकाले तीन सय थान सिँचाइ मोटर र २५० थान स्यालो ट्युबवेल वितरण गरेको हो । नगरपालिकाले शुक्रबारदेखि १, २, ७, ८ र ९ नम्बर वडाका किसानलाई २ एचपी क्षमताको मोटर तथा स्यालो ट्युबवेल वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा मोटर तथा सात हजार जडान खर्चसहित स्यालो ट्युबवेल सामग्री निःशुल्क उपलब्ध गराएको जनाएको छ । औरही नगर प्रमुख प्रदीप खड्काले मोटर र ट्युबवेल जडान भइसकेपछि ती वडाका छ सय किसान परिवारका एक हजार पाँच सय हेक्टर जग्गामा बाह्रै मास सिँचाइ सुविधा पुग्ने जनाउनुभयो ।
कतै खडेरी, कतै रोपाइँ
केही दिनदेखि हावाहुरी र आँधीले पानी परिहाल्छ कि भन्ने आशा पलाए पनि पानी पर्न सकेको छैन । विगत चार महिनादेखिको लामो खडेरीले नवलपरासीपूर्वका किसानलाई सबैभन्दा चिन्तित बनाएको छ । नवलपरासीपूर्वमा अहिलेसम्म पानी पर्न नसक्दा किसानले खेतमा लगाएको मकै, तरकारी सबै सुकेर जाँदा यो वर्ष २० करोडभन्दा बढीको बाली नोक्सानी भएको मध्यबिन्दु नगरपालिका–१, पतवरीका किसान ईश्वरी महतोले बताउनुभयो ।
प्रदेश बजेट : छुट्टै बैंक खोल्नेदेखि लगानी सम्मेलन गर्नेसम्मका योजना
सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गत बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रबार प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् ।
सेवा प्रवाह र प्रदेशको सबलीकरण प्राथमिकतामा
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट चालु आर्थिक वर्षको तुलनामा सङ्कुचन भएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा (तामाङ) ले ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्नुभएको हो। विनियोजित बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपियाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपियाँ रहेको छ।
महालेखालाई युएसएआइडीको सहयोग
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) का काउन्सेलर क्लिन्टन ह्वाइटले युएसएआइडी महालेखापरीक्षक सहयोग परियोजनाको घोषणा गर्नुभएको छ । महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिट एक्सलेन्सबिचको यो महत्वपूर्ण साझेदारी जवाफदेहिता अभिवृद्धि गर्न र पारदर्शिता प्रवर्धन गर्नप्रति लक्षित रहेको जनाइएको छ ।
छ वटा प्रदेशको बजेट घट्यो कर्णालीको बढ्यो
सात वटै प्रदेशका अर्थमन्त्रीले आआफ्नो प्रदेश सभामा शुक्रबार आर्थिक २०८०/८१ का लागि दुुई खर्ब ७७ अर्ब ६१ करोड ९६६ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । छ प्रदेशमा बजेट घटेर आए पनि कर्णाली प्रदेशमा भने बजेट सामान्य बढेको छ । कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत ३४ अर्ब २४ करोड ३५ लाख बजेट सार्वजनिक गरेको थियो । कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रहेको छ ।
बोर्ड खारेजीको विरोध : दुध सडकमा पोख्ने चेतावनी
तनहुँका दुग्ध उत्पादक कृषकले दुग्ध विकास बोर्ड खारेजीको विरोध गरेका छन् । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको नेतृत्वमा विरोध गरेका हुन् । किसानले बोर्डलाई खारेजी नगराई पुनस्र्थापित गर्न माग गरेका छन् । बोर्ड कृषक एवं दुग्ध उद्योगी, सहकारीहरूका लागि अपरिहार्य भएको हुँदा बोर्डलाई खारेजी नगराई पुनस्र्थापित गर्न अनुरोध कृषकले गरेका हुन् ।
एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व
चालु आर्थिक वर्ष २०७९/८० पूरा हुन एक महिना मात्र बाँकी रहँदा सरकारले लक्ष्यको करिब ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्त पूरा हुँदासम्म आठ खर्ब ३६ अर्ब ८५ करोड रुपियाँ मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले सुरुमा १४ खर्ब तीन अर्ब १४ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । जेठसम्म सङ्कलित राजस्व सुरु लक्ष्यको ५९.६४ प्रतिशत मात्र हुन आउँछ ।
कामदार नपाउने समस्याले खडेरीमै रोपाइँ
कैलालीका किसानले खडेरीमै रोपाइँ थालेका छन् । सबैतिर रोपाइँ सुरु भएपछि कामदार नपाइने कारणले मनसुनी पानी नपर्दै कतिपय किसानले रोपाइँ थालेका हुन् । अहिले कैलालीसहित तराईमा चर्को गर्मी छ । उखरमाउलो गर्मीको पनि परवाह नगरेर किसानले खेतमा रोपाइँ गरिरहेका छन् । बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेको उनीहरूको भनाइ छ ।
सात प्रदेशको बजेट पौने तीन खर्ब : बागमती प्रदेशको सबैभन्दा बढी
सात प्रदेशले आागामी आर्थिक वर्ष २०८०/८१ का लागि पौने तीन खर्बको बजेट ल्यएका छन् । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका छन्।
लुम्बिनी प्रदेश : ४० अर्ब ४७ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ।
कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख
कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो।
सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड ५९ लाख (पूर्णपाठसहित)
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
सुदूरपश्चिम प्रदेशको बजेट सार्वजनिक (प्रत्यक्ष प्रसारण)
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटसार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले प्रदेश सभा बैठकमा बजेट सार्वजनिक गर्नुभएको हो।
लुम्बिनी प्रदेश सरकारको बजेट (प्रत्यक्ष प्रसारण)
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएको छ । शुक्रबार लुम्बिनी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेट प्रस्तुत गर्नुभएको हो ।
राजस्व सङ्कलनमा कमी देखिएपछि बजेट आकारमा सङ्कुचन
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट बागमती प्रदेश सभामा पेस गरिएको छ । आज दिउँसो ३ बजेबाट सुरुभएको प्रदेश सभाको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले पेश गर्नुभएको हो ।
बागमती प्रदेशको बजेट (प्रत्यक्ष प्रसारण)
राममणि दाहालहेटौँडा, असार १ गते। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशको आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्नुभएको छ। प्रदेश सभाको शुक्रबारको बैठकमा बजेट पेश गर्नुभएको हो।
वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो ।