• १३ साउन २०८१, आइतबार

छ वटा प्रदेशको बजेट घट्यो कर्णालीको बढ्यो

blog

गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेमगर बजेट प्रस्तुत गर्नुहुँदै ।

काठमाडौँ असार २ गते । सात वटै प्रदेशका अर्थमन्त्रीले आआफ्नो प्रदेश सभामा शुक्रबार आर्थिक २०८०/८१ का लागि दुुई खर्ब ७७ अर्ब  ६१ करोड ९६६ लाख रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । छ प्रदेशमा बजेट घटेर आए पनि कर्णाली प्रदेशमा भने बजेट सामान्य बढेको छ ।

कोशी प्रदेशले बिहीबार नै अध्यादेशमार्फत ३४ अर्ब २४ करोड ३५ लाख बजेट सार्वजनिक गरेको थियो । कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रहेको छ । 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सबैभन्दा धेरै ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपियाँको बजेट ल्याएको छ । यस प्रदेशले कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ ४२.५८ प्रतिशत, पुँजीगततर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ०.८ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च बेहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्ब २६ करोड ९४ लाख, सङ्घीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत र अन्य प्राप्तिबाट १४ अर्ब ४५ करोड ४७ लाख बेहोरिने अनुमान गरिएको छ । 

मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । कुुल विनियोजनमध्ये चालुुतर्फ १८ अर्ब २१ करोड ७६ लाख र पुँजीगततर्फ २५ अर्ब  ६९ करोड ७० लाख रहेको छ । 

यस्तै लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सभाको शुव्रmबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाख रुपियाँको बजेट पेस गर्नुभएको हो । कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात् ३३.८७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार अर्थात् ५७.४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरण अन्तर्गत तीन अर्ब ५८ करोड ९७ लाख अर्थात् ८.८७ प्रतिशत विनियोजन गरिएको छ । बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट छ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य राखिएको छ ।

 यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोेड ७२ लाख रुपियाँको बजेट ल्याएको छ । चालु खर्चतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत छुट्याइएको छ । पुँजीगततर्फ २० अर्ब १९ करोड चार लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत बजेट विनियोजन गरेको छ । यस्तै कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख बजेट ल्याएको छ ।  

कुल बजेटमध्ये चालुतर्फ नौ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत चार अर्ब ८० करोड चार लाख विनियोजन गरिएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आवमा सात अर्ब ४१ करोड छ लाख पाँच हजार खर्च नभई बचत हुने अनुमान छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ । चालुतर्फ नौ अर्ब ५९ करोड रुपियाँ र पुँजीगततर्फ १७ अर्ब दुई करोड रुपियाँ बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले २०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्ष २०७९/८० को बजेटभन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट सात अर्ब ४८ करोड पाँच लाख ६५ हजार कमी हो ।