चिया बिक्री नहुँदा किसान मर्कामा
धनकुटा पाख्रीबासका चिया कृषक गोविन्द थापाले चिया खेती सुरु गरेको करिब २५ वर्ष भएको छ । २०५५ सालबाट सुरु गरेको चिया खेती २०७० सालसम्म विस्तार गर्दै बित्यो । त्यो बेला चियामा राम्रो भविष्य देखेर सुरु गरेको चिया खेती उहाँलाई निल्नु न ओकल्नु बनेको छ । अहिले उहाँको चिया बिक्री नहुँदा समस्या भएको हो । चिया बारीभरि छ तर टिप्ने जनशक्ति छैन, नटिपे चिया बिक्दैन । त्यसैले त उहाँलाई चिया बेच्न निकै मुस्किल भएको छ । “चियाको प्लटिङ गर्ने, छाँटकाँट गर्ने कार्य बन्द हुँदा चिया झाडीमा परिणत हुँदै गएको छ,” थापा भन्नुहुन्छ ।
काठमाडौँ महानगरपालिकाको राजस्व सङ्कलनमा सुधार
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म आठ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा महानगरले ११ महिनामा आठ अर्ब २९ करोड ९४ लाख ५९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
आयातसँगै घट्यो प्याजको भाउ
मुलुकमा प्याज आयात हुन थालेसँगै भाउ ह्वात्तै घटेर त्यसको सकारात्मक प्रभाव देशकै ठुलो तरकारी बजार कालीमाटीमा देखिएको छ । तरकारी आयातमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भनेर प्याज आयात गर्न छोडेका व्यवसायीले आयात गर्न थालेसँगै मूल्य घटेको हो ।
व्यावसायिक कृषिमा आकर्षण
भोजपुरका किसानको व्यावसायिक कृषिमा आकर्षण बढेको छ । तीनै तहको सरकारबाट कृषिमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन भएपछि किसानमा यसप्रति आकर्षण बढेको हो ।
दस अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
नेपाल राष्ट्र बैङ्कले १० अर्बको छ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ । विकास ऋणपत्र २०८६ (ङ) बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैङ्कले जनाएको छ । असार ५ गते बोलकबोल हुने विकास ऋणपत्रमा बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत खरिद गर्न सक्ने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ । यो ऋणपत्र धितो राखी कर्जा लिनदिन पाइने बताइएको छ ।
प्याजको मूल्य वृद्धिबारे अध्ययन सुरु
वाणिज्य, आपूर्ति, उपभोक्ता संरक्षण विभागले बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा श्रम अध्ययन थालेको जनाएको छ । बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा अनियमित रूपमा आपूर्ति गरेर स्वाभाविकभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्नु उपभोक्ता संरक्षण ऐनविपरीत भएकाले यस विषयमा अध्ययन थालेको विभागले जनाएको हो ।
अनलाइनबाटै कम्पनी खारेजीको प्रक्रिया अघि बढाइँदै
कम्पनी रजिस्ट्रारको कार्यालयले नयाँ कम्पनी दर्ता र खारेजी निःशुल्क गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाइएको हो । कार्यालयका रजिस्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरूको विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो । आगामी साउन १ देखि नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने हुँदा ग्राहकलाई सहुलियत हुने उहाँको भनाइ छ । कम्पनी दर्ता र पुँजी वृद्धि निःशुल्क गर्दा वार्षिक २२ करोड रुपियाँ बराबरको राजस्व भने कमी हुने उहाँले बताउनुभयो । “कम्पनी दर्ता खारेज गर्न नयाँ सफ्टवेयर बनाएर केही फिचर थपिएको छ,” उहाँले भन्नुभयो, “
घोराही सिमेन्टको आइपिओ स्थगित
क्रेडिट रेटिङमा कैफियत देखिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयर निष्कासन प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ । बोर्डले निष्कासन अनुमति दिएपछि निष्कासनसमेत सुरु भएको अवस्थामा पहिलो पटक साधारण सेयर निष्कासन स्थगित गरेको हो ।
अनियमित विद्युत् आपूर्तिले उद्योगधन्दा समस्यामा
अनियमित विद्युत्का कारण दाङका सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत् आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिन छिनमै विद्युत् आउने जाने समस्याका कारण उद्योगमा समस्या परेको घोराही उपमहानगरपालिका–१८, अम्बापुरमा बिस्कुट उद्योग सञ्चालन गर्दै आउनुभएका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार विद्युत् अनियमित हुँदा उद्योगका सामान बिग्रिनुका साथै उत्पादन घटाउनुपर्ने बाध्यता छ ।
नियमन नहुँदा सहकारीमा जोखिम बढ्दै
प्रदेश र स्थानीय तहमा हस्तान्तरित सहकारी संस्थाको नियमन तथा अनुगमन हुन नसक्दा जोखिम बढ्ने देखिएको छ । मुलुक सङ्घीयतामा गएसँगै सरकारले कार्यक्षेत्रका आधारमा सहकारी संस्थालाई तीनै तहको सरकारको मातहतमा राख्दा सहकारीहरूको नियमन र अनुगमन पक्ष कमजोर भई जोखिम बढ्ने देखिएको हो । सङ्घीय सरकारले छ वर्षअघि नै सहकारीहरूको अभिलेख स्थानीय तहसम्म हस्तान्तरण गरिसकेको छ । जसका कारण ३० हजार सहकारीमध्ये २३ हजार स्थानीय सरकार मातहतमा पुगेको, छ हजार प्रदेश सरकारसँग र १२५ वटा मात्र सङ्घमा रहेका छन् ।
आन्तरिक उत्पादन प्रवर्द्धनका लागि आलु प्याजमा भ्याट : अर्थमन्त्री डा.महत
आन्तरिक उत्पादनमा मद्दत पुगोस्, नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पार्नुभएको छ ।
एभरेष्ट बैङ्कद्वारा दलदले नवलपरासीमा १२६औँ शाखा उद्घाटन
एभरेष्ट बैङ्क लिमिटेडले नवलपरासीको दलदलेमा १२६औँ शाखा सञ्चालनमा ल्याएको छ । देशका विभिन्न गाउँ तथा सहरमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आज (सोमबार) दलदलेमा बैङ्कले आफ्नो १२६ औँ शाखा उद्घाटन गरेको हो ।
समय तालिका बनाएर प्रशासनिक सेवा चुस्त बनाउन चेम्बरको सुझाव
नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई सुझाव दिएको छ ।
अर्थमन्त्री डा. महतद्वारा आन्तरिक राजश्व कार्यालय विराटनगरको निरीक्षण
अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्नुभएको छ । सोमबार बिहान निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ ।
सुनकोशी मरिन डाइभर्सन सुरुङ आठ महिनामै ५० प्रतिशत सम्पन्न
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार आठ महिनामा सुरुङको काम ५० प्रतिशत सम्पन्न भएको हो । कुल १३.३ किलोमिटर लम्बाई रहने सुरुङको ६.६५ किलोमिटर काम सम्पन्न भएको हो ।
कृषि विकासका लागि तीनै तह आवश्यक
नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राज्यमा रहेका तीन वटै तहका सरकारले कृषि क्षेत्रमा जोड दिनुपर्ने बताउनुभएको छ । स्याङ्जाको भिरकोट नगरपालिका–५, केराबारीमा सुन्तला रोपण अभियान शुभारम्भ गर्दै मन्त्री भुसालले किसानको मुख्य समस्याका रूपमा रहेका बाँदर समस्या समाधानका लागि सरकारले योजना बनाएको पनि बताउनुभयो ।
नार्कका कार्यकारी निर्देशकले तय गरे दस प्राथमिकता
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले आफ्नो कार्यकालभर काम गर्ने १० वटा प्राथमिकता तय गर्नुभएको छ । कार्यकारी निर्देशकमा हालै नियुक्त हुनुभएका डा. भट्टराईले कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई आफूले गर्ने प्राथमिकताका १० बुँदे सूची बुझाउनुभएको छ ।
रसुवा सुक्खा बन्दरगाह : पैंतालीस प्रतिशत निर्माण सम्पन्न
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को ४५ प्रतिशत काम पूरा भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको काम गरिरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ ।
विकासका लागि आयोजना बैङ्क
देशका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ सम्ममा व्यवस्थित आयोजना कार्यान्वयन गर्नका लागि आयोजना बैङ्क बनाउनुपर्ने भएको छ । अहिले कतिपय स्थानीय तहमा आयोजना बैङ्क अभावमा विकास निर्माण लथालिङ्ग हुँदै आएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सबै स्थानीय तहले आयोजना बैङ्क बनाई कार्यान्वयन गर्ने उल्लेख गरेसँगै स्थानीय तहले आयोजना बैङ्क बनाउनुपर्ने भएको हो ।
लगानी प्रतिबद्धता २६ प्रतिशतले घट्यो
प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता २६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ११ महिना (जेठ) सम्म २७४ परियोजनामार्फत ३४ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३४ अर्ब ५८ करोड ४७ लाख छ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रस्ताव आएको हो । गत वर्ष सो अवधिमा ४६ अर्ब ७६ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा २६ प्रतिशत अर्थात् १२ अर्ब ९६ करोड रुपियाँले वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ ।
बढे हवाई यात्रु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पाँच महिनामा अन्तर्राष्ट्रियतर्फ १८ लाख ४३ हजार ४९० यात्रुले हवाई सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को जनवरीदेखि मेसम्म अन्तर्राष्ट्रियतर्फ आठ लाख ४६ हजार २०७ यात्रु भित्रिएका छन् भने नौ लाख ९७ हजार २८३ यात्रु नेपालबाट बाहिरिएका छन् ।
सडकमा कसले फाल्यो गोलभेँडा किसानले कि बिचौलियाले ?
किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार बिहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् । तर सरकार भन्छ : कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिचौलियाले फालेका हुन् । उपत्यका आसपासमा टनेलमा गोलभेँडा खेती गर्ने किसानले गोलभेँडाको लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेँडा फाल्न बाध्य भएको बताइएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेँडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपियाँ तोकेको छ तर सोही गोलभेँडा काठमाडौँमा खुद्रा बजारमा ३०/३५ रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
राष्ट्रिय गौरवका आयोजना : मेलम्ची खानेपानीको उल्लेख्य प्रगति, चुरेको कम
निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनाको प्रगति सबैभन्दा बढी रहेको छ । कम प्रगति भएको आयोजनामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम रहेको देखिएको छ ।
‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’
प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।